
नेपालगन्ज, २५ फागुन – सन्दर्भ महिला दिवसमा महिला नै पीडित तर सम्बन्धित विषयमा बोल्ने को ? भन्ने प्रश्न नरैनापुर पालिकाका पीडितले गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिलगायत देशभर ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहेको अवस्थामा पुनः बाँकेको नरैनापुर गाउँपालिकामा महिला बेचबिखन तथा ओसारपसारको घटनामा ३ जना अपराधीलाई पक्राउ गरिएको छ ।
घटना बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ बिसम्भरपुर बस्ने एक जना महिला (नाम परिवर्तन) लाई चिनजानको भरमा नोकरी लगाई दिन्छु भन्दै बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ हलबल डोली बस्ने वर्ष ३५ को लल्लू भन्ने मोहम्मद इसरारुल हक खा“, राप्तीसोनारी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ४६ का चिजमान भन्ने तेजु थारु तथा राप्तीसोनारी वडा नं. ६ बस्ने वर्ष २९ की कल्पना रायमाझीले औषधि खुवाई भारतको बहराईच जिल्ला नानपारामा बिक्री गर्न लगिरहेको पीडिले बताएकी छन् ।
पीडितले भगवानपुर ईलाका प्रहरी कार्यालयमा फागुन २४ गते नै जाहेरी दर्ता गराई सकेको जानकारी गराउँदै कानुन बमोजिम हदैसम्मको कार्यवाहीको माग गरेकी छन् ।
पीडितले – ‘म जाहेरवालाको छोरी वर्ष १७ की ………(नाम परिवर्तन) कक्षा १० मा अध्ययनरत छिन । मिति २०८१÷११÷२१ गते राति अं.२२ः०० बजेको समयमा अन्यायी तेजु थारु मेरो घरमा आएका थिए । निजले तिमी मेरो साथमा हिंड तिमीहरुलाई फाइदा हुने काम छ भनेको हुँदा मैले छोरीलाई साथमा लिई गएको थिएँ । निज तेजु थारुको घरमा जाँदा सो स्थानमा लल्लु भन्ने मोहम्मद इसरारुल हक खाँ र कल्पना रायमाझी पहिले देखिनै बसीरहेका थिए । जाने वित्तिकै लल्लु भन्ने मोहम्मद इसरारुल हक खाँले मेरो छोरीको उचाई लिए र कल्पना रायमाझीले छोरीको महिनावारीको बारेमा सोधेकी थिइन । निज कल्पना रायमाझीले छोरीलाई सहकारीमा काम लगाइ दिने भनि प्रलोभन दिएर छोरीको मोबाइल नम्बर लिई भोली विहान मेरो घरमा आउनु भनेकी थिइन ।’ जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितले – ‘भोलीपल्ट विहान अं.८ः०० बजेको समयमा निज कल्पना रायमाझीले छोरीलाई फोन गरेर तेजु थारुको साथमा मेरो घरमा आउनु भनेको रहेछिन् । विहान तेजु थारुको साथमा मेरो श्रीमान र छोरी निज कल्पना रायमाझीको घरमा जाँदा पहिलेदेखि बसिरहेका लल्लु भन्ने मोहम्मद इसरारुल हक खाँ र निज कल्पना रायमाझीले निज छोरीलाई कोठा भित्र लगि पुनः छोरीको नाप लिई १ ट्याबलेट औषधी खुवाई तिमीलाई भारतको बहराईच जिल्ला नानपारा बेगमपुर स्थित रहेको कुटीमा पुजा गर्न लग्छौं, तिमी र पुजारी मात्र बन्द कोठा भित्र हुन्छौ उक्त समय भित्र तिमीले जे जति रुपैया माग्छौ त्यति रुपैया पाईन्छ करोडौ रुपैया प्राप्त हुन्छ उक्त रुपैया आधा÷आधा भागवण्डा गरौंला भनि प्रलोभन देखाएका रहेछन् । सो कुरा छोरीले मलाई जानकारी गराउँदा थाहा पाएकी । सोही क्रममा मिति २०८१/११/२४ गते विहान अं.८ः०० बजेको समयमा निज छोरी घरमा देखा नपरेपछि निजलाई टोल छिमेकमा खोज्दा समेत फेला नपरेपछि नातागोतामा फोन सम्पर्क गरि खोज्ने प्रयास गरिरहेको थिएँ । सोही समयमा गाउँकै एक जना महिला मेरो घरमा आई कल्पना रायमाझी, चिजमान भन्ने तेजु थारु र लल्लु भन्ने मोहम्मद इसरारुल हक खाँले तपाईको छोरी एलिजालाई भारत तर्फ लगेको भनि सूचना दिएपछि म जाहेरवाली र गाउँका भद्रभला ब्यक्तिहरु तत्कालै निज महिलाले दिएको सूचना अनुसारको बाटोमा मोटरसाइकलबाट पिछा गर्दै गई उल्लेखित अन्यायीहरु मेरो छोरीलाई भारत तर्फ लैजाँदै गरेको अवस्थामा भारत जिल्ला बहराईच स्थित नेपाल भारत सिमा नजिकै हरेक शुक्रवार लाग्ने साप्ताहिक बजारको बाटोमा फेला परेपछि म जाहेरवाली र गाउँकै केही ब्यक्तिहरु निज अन्यायीहरुलाई नियन्त्रणमा लिन खोज्दा मेरो छोरीलाई नेपाल भारत सिमा नजिक छोडी निज अन्यायीहरु दुईवटा मोटरसाइकलमा भारत तर्फ भागी गएको ।’ जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितले ‘यसरी निज अन्यायीहरुले मेरो छोरीलाई भारतमा लगी बेचविखन गर्ने, अनैतिक कार्यमा लगाउने लगायत उद्देश्यबाट ललाई फकाई भारत तर्फ लगिरहेको अवस्थामा फेला परेकोले अन्यायीहरुलाई पक्राउ गरि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम हदै सम्मको सजाय र जरिवाना गरि पाउँ ।’ भनी भगवानपुर इलाका प्रहरी कार्यालय, बाँकेमा जाहेरी दर्ता गरिएको बताएकी छन् ।
भगवानपुर इलाका प्रहरी कार्यालय प्रमुखले दिएको जानकारी अनुसार फागुन २४ गते नै पीडितको जाहेरी दर्ता गरी सम्बन्धित अपराधीहरुलाई पक्राउ गरिएको जानकारी गराउँदै आज फागुन २५ गते जिल्ला अदालतबाट म्याद थप गराउने तयारी रहेको बताउनुभयो ।
फागुन महिनामा मात्र भगवानपुर इलाका प्रहरी कार्यालयले गरेको कार्यहरुको सराहना पालिका बासीहरुले गरेका छन् । यस अगावै समेत बलात्कार मुद्दाका अपराधीलाई तत्काल पक्राउ गर्न सफल भएको प्रहरीलाई पालिकाबासीहरुले साधुबाद भनेका छन् ।
अपराधी छुटाउन पालिकाका राजनीतिक नेतृत्व गरिरहेका दलहरुका नेताहरुले प्रहरीलाई दबाव दिईएको आरोप लगाईएको छ । दबावका वावजुद प्रहरीले जाहेरी दर्ता गरेकोमा सराहना गरिएको छ ।