
नेपालगन्ज, २४ फागुन – ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मार्च ८को अवसरमा अखिल नेपाल महिला संघ बाँकेद्धारा घरघरमा सदस्य टोलटोलमा संगठन भन्ने मूल नाराका साथ प्रशिक्षण तथा कार्यशाला सम्पन्न गर्यो ।
प्रशिक्षण कार्यक्रममा अनेमसंघ केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विना ज्ञवालीले मार्च ८ र महिला आन्दोलनको विषयमा प्रशिक्षण दिनु भयो । यसैगरी अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले मार्च ८ किन मनाउने,महिलाको हालको आवश्यकता र उपलब्धीका विषयमा प्रशिक्षण दिनु भयो ।
यसैगरी नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज शान्ति ढकालले जरा अभियान, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भारति खनालले अनेमसंघको सांगठनिक इतिहास, नेकपा एमाले पाटी अध्यक्ष निरक गुरुङले अनेमसंघ र पार्टीको सम्बन्ध, नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य विजया धितालले महिवा सशक्तिकरणका विषयमा प्रशिक्षण दिनु भयो ।
कार्यक्रममा भुमि आयोगको सदस्यमा चयन भएकोमा तलत प्रविण खान र प्रदेशमा सामजिक विज्ञमा चयन भएकोमा विम्मिरानी पन्थीलाइ सम्मान पत्र प्रदान गरीएको थियो ।
अनेमसंघ बाँके अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य द्धय सरस्वती मल्ल र सुनिता तिवारी नेकपा एमाले प्रदेश सदस्यहरु गोपाल गिरी, एकमाया विक, भगवति बराल, हिरा खराल, कृष्णा पाठक, भुमिसरा धिताल, नेकपा एमाले जिल्ला कमिटि सचिव बलराम भट्राइ, सह सचिव किशोर थापा, अनेमसंघ प्रदेश सदस्य कृष्ण चालिसे, जिल्ला सदस्य जमुना के.सी.,एमाले जिल्ला कमिटि सदस्य तथा महिला फाँट इन्चार्ज अम्बिका धिताल, जिल्ला कमिटि सदस्य निर्मला सुनार, नगर अध्यक्ष मोहित शाह, सचिव भिम कडेल, अनेमसंघ नगर अध्यक्ष रीना पौडेल, उपाध्यक्ष मैया तिवारी, सचिव रुक्मिण भरती सदस्य रीना गुरुङलगायत विभिन्न गाउँपालिका र वडावडाका महिलाहरुको भव्य सहभागीता रहेके थियो ।