Sunday, September 6सत्यम खबर
Shadow

प्रदेश ५

के एल दुगड ग्रुपद्वारा रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग

के एल दुगड ग्रुपद्वारा रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १६ भदौ – यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको हो । राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो । विपद्का कारण दैनिक जीवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पु¥याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेक...
युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ भदौ – नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । युनियन बाँकेको नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले पत्रकारहरुका लागि युनियनले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णय स्वरूप पत्रकारहरुलाई सहयोग पुगोस भनेर कल्याणकारी कोष निर्माण गर्ने निणर्य गरेको बताउनुभयो । ‘पत्रकारहरुलाई समस्या पर्दा कोषले केही राहत पुर्याउनेछ,’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘रिर्पोटिंगका लागि पत्रकारले जतिबेला पनि सवारी चलाइरहनुपर्ने अवस्था हुन्छ, त्यस क्रममा पत्रकारलाई दुर्घटनाको जोखिम धेरै हुन्छ, यस्तो अवस्थामा कोषले केही राहत प्रदान गर्ने हाम्रो आशा छ ।’ स्थापना गरिने कोषलाई करिब दश लाख पुर्याउने समेत अध्यक्ष खत्रीले बताउनुभयो । यस्तै शाखाले अधिवेशनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने युनियनको केन्द्...
वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसको अवसरमा रक्तदान

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसको अवसरमा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार वर्माले आफनो जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी भादौं ६ गते शनिवार जन्म दिवस मनाएका छन् । जानकी गाउँपालिका वार्ड नं.३ मानपुर स्थित होटल पौवामा आयोजित रक्तदान कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.३ का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक समेत रहेका राज कुमार वर्माले आफनो जन्मदिनको अवसरमा आफू रक्तदान गरी जन्म दिवस मनाएका छन् । रक्तदान कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, स्वयंसेवी रक्तदाता, सुरक्षकर्मी सहित ६जना महिला ४२ जना पुरुष गरी ४८ जनाले रक्तदान गरेका छन् । आयोजित रक्तदान कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.३ का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक राजकुमार वर्मा, बिजयकुमार वर्मा, राजेन्द्र सिंह, राजेन्द्र धोबी, मीरा देबी कुर्मी, पवनकुमार कुर्मी, बीरेन्द्र कुमार वर्मा, प्रमीन थारु, बिजयकुमार वर्...
प्रेस युनियनमा खत्री निर्वाचित

प्रेस युनियनमा खत्री निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – कमल खत्रीको नेतृत्वमा नेपाल प्रेस युनियन बाँकेको नयाँ कार्यसमिति निर्वाचित भएको छ । भाद्र ६ गते नेपालगन्जमा सम्पन्न जिल्ला अधिवेशन तथा १३ औं साधारणसभाले खत्रीको नेतृत्वमा अगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गरेको हो । खत्री यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै खुला उपाध्यक्षमा खडक बहादुर खत्री र महिला निशा शाह निर्वाचित हुनुभएको छ । खडक यसअघि कोषाध्यक्ष हुनुहुन्थ्यो भने शाह दोस्रो कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । समावेशी उपाध्यक्षमा मोहम्मद अरशद शेष राई निर्वाचित हुनुभएको छ । युनियन बाँकेको सचिवमा भिष्म लोध निर्वाचित हुनुभएको हो । लोध दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा सिद्धार्थ पाण्डे, सहसचिवमा अभिषेक गुप्ता, महिला सहसचिवमा साबित्री बिश्वकर्मा निर्वाचित हुनुभएको छ । युनियनको सदस्यहरुमा क्रमश ः खुल्लातर्...
खजुराका विभिन्न वडामा निःशुल्क कान उपचार शिविर सञ्चालन

खजुराका विभिन्न वडामा निःशुल्क कान उपचार शिविर सञ्चालन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ५ साउन — खजुरा गाउँपालिकाका विभिन्न वडामा निःशुल्क कान उपचार शिविर सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय तथा सम्बन्धित स्वास्थ्य संस्थाहरूको सहकार्यमा सञ्चालन हुने शिविरमा कान जाँच, निःशुल्क औषधि वितरण तथा आवश्यक उपचारका साथै श्रवण शक्ति परीक्षण गरिएको थियो । खजुरा गाउँपालिका तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको सहकार्यमा गाउँपालिका क्षेत्र भित्रका स्वास्थ्य संस्था, गाउँ–टोल तथा पायक पर्ने स्थानमा प्राथमिक कान उपचार शिविर सञ्चालन गरिएको कानजाँच टाउरिच ईन्चार्ज भिषणकुमार थारुले जनाएका छन् । कानजाँच टाउरिच ईन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार शिविरमार्फत कानसम्बन्धी समस्या भएका नागरिकको पहिचान गरी समय मै उपचार तथा आवश्यक परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताएका छन् । शिविरमा आवश्यकता अनुसार कानको श्रवण शक्ति परीक्षणसमेत गरिएको तथा बहिर...
नेपाल दशनामी समाज र दैलेखी समाजको संयुक्त आयोजनामा ३७ जनाले गरे रक्तदान

नेपाल दशनामी समाज र दैलेखी समाजको संयुक्त आयोजनामा ३७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ साउन – नेपाल दशनामी समाज बाँके र दैलेखी समाज बाँकेको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला ३१ जना पुरुष गरी ३७ जनाले श्रावण ३० गते रक्तदान गरेका छन् । नेपाल दशनामी समाज बाँके तथा दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरी, दैलेखी समाज बाँकेका सचिव गणेश बहादुर खडका, नेपाल रेडक्रस सोसाइटका पूर्व महामन्त्री मीन बहादुर मल्ल, नेपाल दशनामी समाज प्रदेश सचिव होमनाथ गिरीले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी र महेश दहितलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । रक्तदान गर्नेहरुमा दिपक थापा, हिरामणि दाहाल, पुष्कर सिजापति, सुदिक्षा बुढा, मीना थापा, देवबहादुर खडका, बल बहादुर मगर, दैलेखी समाज बाँकेका सचिव गणेश बहादुर खडका, गरिबे चमार, कमलबहादुर गिरी, ब...
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ जनाले गरे रक्तदान

लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० साउन – लायन्स इन्टरनेशल डिष्ट्रिक्ट ३२५ एन नेपाल, लायन्स क्लब अफ कोहलपुर, लायन्स क्लब अफ कोहलपुर सयपत्री, लायन्स क्लब अफ प्रोफेसनल, लायन्स क्लब अफ कोहलपुर भ्यूको संयुक्त आयोजनामा ११ महिला ४० पुरुष गरी ५१ जनाले रक्तदान गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका वार्ड नं.–११ न्यूरोड गैरे अफसेट प्रेसको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ११ महिला ४० जना पुरुष गरी ५१ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् । आयोजित रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रहरी निरीक्षक सानु श्रेष्ठ, प्रहरी सहायक निरीक्षक चोलीराम चौधरी, इन्टरनेशल डिष्ट्रिक्ट ३२५ एन नेपालका लायन्स तथा कार्यक्रम संयोजक लायन्स राजेन्द्रप्रसाद रिजाल, दिब्यान न्यौपाने, प्रशान्त थापा, प्रेमप्रसाद तिमिल्सिेना, सुरेन्दकुमार चन्द, प्रतापसिंह थारु, माधवप्रसाद पोखरेल, ओमप्रकाश सिंह ठकुरी, परिवर्तन बिक, ओमबहा...
महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउन सक्रिय नारी विकास केन्द्रबाट मनोपरामर्श सेवा दिंदै

महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउन सक्रिय नारी विकास केन्द्रबाट मनोपरामर्श सेवा दिंदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ साउन – नारी विकास केन्द्रले आफ्नो ५१ औं वार्षिक साधारण सभा विगतका क्रियाकलापहरुको समीक्षा र आगामी वर्षको कार्ययोजना पारित गर्दै यहाँ सम्पन्न भएको छ । नारी विकास केन्द्रकी अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठको अध्यक्षतामा वरिष्ठ समाजसेवी तथा केन्द्रकी सल्लाहकार सुश्री शान्ति श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभामा केन्द्रकी सहसचिव सपना राणाले २०८० साल साउनदेखि केन्द्रले सञ्चालन गरेका विभिन्न रचनात्मक गतिविधिहरु प्रस्तुत गर्नुभयो । सो सभामा केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष जागृति महिला सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल बाल संगठन बाँकेका अध्यक्ष दत्त प्रसाद आचार्य, नेपाल परिवार नियोजन संघकी रश्मी श्रेष्ठ लगायतले नारी विकास केन्द्रले गरेको क्रियाकलापहरुको प्रशंसा गरेका थिए । केन्...
महिलाले मेयर उठ्ने आँट गर्नुपर्नेः हमाल

महिलाले मेयर उठ्ने आँट गर्नुपर्नेः हमाल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २५ साउन – महिलाहरुले अगामि चुनावमा वडा सदस्य र उपमेयर मात्र होइन वडा अध्यक्ष र मेयरमा उठ्ने आँट गर्न सक्नु पर्ने अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष टुका भद्र हमालले बताउनु भयो । उहाँले अधिकारको लागि महिला संगठीत हुन जरुरी रहेको बताउदै आगामी निर्वाचनमा महिलाले उम्मेदवार बन्ने र जित्ने आँट गर्नु पर्ने र योग्य महिलालाइ पार्टीले हस्तक्षेप नगरीकन टिकट दिनुपर्ने बताउनु भयो । अनेमसंघको आठौ सम्मेलनमा अनेमसंघ केन्दिय अध्यक्ष टुका भद्र हमालले पानसमा बत्ति बालेर उद्घाटन गर्दै अनेमसंघले महिलाका हक, अधिकार, महिला हिंसा, महिलाको सम्पतिमा अधिकार, नागरिकता, ३३ प्रतिशत सहभागीता कार्यान्वय, महिला आन्दोलनका उपलब्धिलाइ संस्थागत गर्न जरुरी रहेको बताउनु भयो । उहाँले बर्तमान राजनैतिक अवस्थाको चर्चा गर्दै राजनीतिमा युवाको सक्रिय सहभागीता गराउन युवाका सवाल समेट्न जरुरी रहेको बताउनु भयो । प्...
२ महिलासहित पुरुष २२ जनाले गरे रक्तदान

२ महिलासहित पुरुष २२ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ साउन – नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेको आयोजनामा श्रावण २५ गते सोमवार २ महिला सहित पुरुष २२ जनाले रक्तदान गरेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ सुर्खेतरोड नेपालगन्जमा रहेको नेपाल प्रहरी बिशेष सुरक्षा गणले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सुरक्षाकर्मी सहित २२ जना सुरक्षार्मीहरुले उत्साहपूर्वमक रक्तदान गरेका छन् । आयोजित रक्तदान कार्यक्रममा प्रहरी नायब निरीक्षक सुनिल थापाद्वारा सञ्चालित रक्तदान कार्यक्रममा नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेका प्रमुख प्रहरी उपरीक्षक रुगमबहादुर कुवँरले रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुृभएको थियो । आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेका प्रमुख प्रहरी उपरीक्षक...