Thursday, February 6सत्यम खबर
Shadow

प्रदेश ५

डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान

डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २३ माघ - बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा पारित सो सम्वन्धीको कार्यविधीले आवश्यक सबै प्रक्रिया पुरा गरि दक्ष नगर प्रहरी नियुक्ती गरेको हो । स्थानीय तह अन्तर्गत विभिन्न सार्वजनिक सम्पत्तीको सरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पुरयाउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्र्तगत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्ती गरिएको बताउनुभयो । नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, ...
साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ माघ – भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँके र महेन्द्र पुस्तकालय नेपालगज्जको संयुक्त आयोजनामा सरस्वती पूजा तथा बसन्त पञ्चमीको अवसरमा सोमवार साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र पुस्तकालय नेपालगञ्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, महेन्द्र पुस्तकालय नेपालगञ्जका उपाध्यक्ष तथा का.ब. अध्यक्ष पंकज कुमार श्रेष्ठको अध्यक्षतामा प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा श्रीपञ्चमी (सरस्वती पूजाको) अवसरमा साहित्य सिर्जना दिवस तथा रचना वाचन सम्पन्न कार्यक्रममा सहभागी साहित्यकारहरुले समाज परिर्वतन, समाज सुधार लगायतका रचना वाचन गरेका थिए । प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीले माता सरस्वतीको तस्बीरमा पुष्प अपर्ण गर्नुका साथै ब्यानर वाचन गरेर कार्यक्रमको बिविधत उद्घाटन गर्नुभएको थियो । भेरी साहित्य समाज केन्द्रीय समिति नेपाल...
नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध भव्यताका साथ सम्पन्न

नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध भव्यताका साथ सम्पन्न

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २२ माघ – नेवार समुदायको संस्कार अनुसार सोमबार विधिवत रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रम नेपालगन्जमा भव्यतापूर्वक सम्पन्न भएको छ । नेवाः पुचः बाँकेले विगतका वर्षहरुमा झैं यस वर्ष बसन्त पञ्चामीको अवसर पारेर आइतवार सोमवारका दिन पश्चिम नेपाल कै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा भव्यतापूर्वक सम्पन्न गरिएको हो । बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशी र चन्द्रबहादुर श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवार समुदायको अनिवार्य संस्कार मानिने विधिवत रुपमा आईतवार शुरु गरी सोमवार सम्पन्न गरिएको बालिकाहरुको सामूहिक ईही (बेल विवाह) मा बाँके, बर्दिया, सुर्खेत, दैलेख र काठमाण्डौका १२ जना बालिकाहरुको सहभागिता रहेको थियो । त्य...
१ कराेड १० लाख बजेटमा तिरूपति धाम निर्माण शिलान्यास

१ कराेड १० लाख बजेटमा तिरूपति धाम निर्माण शिलान्यास

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ माघ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा निर्माणाधिन रहेकाे तिरूपति बालाजी धामलाई थप १ कराेड १० लाख बजेट बिनियाेजित गरि आज शिलान्यास गरिएकाे छ । वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले दिएकाे जानकारी अनुसार संघीय सरकार शहरी विकास मन्त्रालयबाट १ कराेड तथा नेपालगन्ज उपमहानगरपालिकाबाट ५ लाख एवम् वडा नं. १८ बाट ५ लाख गरि १ कराेड १० लाख बजेट बिनियाेजित गरि धाम निर्माणका लागि आज शिलान्यास गरिएकाे बताउनुभयाे । वडा अध्यक्ष बर्माले यश कार्यमा सहयाेग, सहकार्य गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै अब छिट्टै हामीले तिरूपति बालाजी दर्शन नेपालगन्जबाटै गर्न पाउने बताउनुभयाे ।...
ईट्टा उद्योगमा छड्के, मापदण्ड अनुसार उद्योग चलाउन निर्देशन

ईट्टा उद्योगमा छड्के, मापदण्ड अनुसार उद्योग चलाउन निर्देशन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ माघ – बाँके जिल्लामा रहेको ईट्टा उद्योगीहरुले गलत तवरले काठ दाउरा आफ्नो उद्योगमा प्रयोग गरिरहेको जनगुनासो आउन थालेपछि आज शनिबार कोहलपुर सब वन डिभिजन कार्यालय तथा नेपाल ईट्टा उद्योग व्यवसायी संघले छड्के गरेको छ । नेपाल ईट्टा उद्योग व्यवसायी संघ तथा सब वन डिभिजन कार्यालयद्वारा संयुक्त रुपमा गरिएको छड्केमा उद्योगीहरुले उद्योग सञ्चालन गर्दा मापदण्ड अनुसार कार्यान्वयन गरिरहेका छन् व छैनन्, सामान्य स्वास्थ्य उपचारको व्यवस्थापन छ व छैन, कामदारहरुले प्रयोग गर्ने शौचालयको व्यवस्थापन उचित छ व छैन, उद्योगमा प्रयोग हुने काठ दाउरा गलत तवरले ल्याईएको हो व सही बाटो ल्याईएको हो, त्यसको कागजातहरु, बिल, भौचर आदि दुरुस्त छ व छैनन् लगायत विषयमा छड्के गरिएको बताईएको छ । आज छड्के गरिएको उद्योगहरुमा कतिपय ईट्टा उद्योगहरु बन्द रहेको पाईएको थियो भने कतिपय उद्योगहरुको अवस्था आर्थिक रुपमा जर्...
बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण

बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १९ माघ – बाँकेको डुडुवा गाउँपालिकाका विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा सामुहिक अभियान नेपालको सहजीकरणमा गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुका विद्यार्थीलाई बालमैत्री स्थानीय शासन बारे जानकारी गराइएको हो । अभिमुखीकरणमा बाल अधिकार, स्थानीय शासन, स्थानीय तहको सेवा सुविधा, बाल संरक्षण तथा सम्वद्र्धन, बालमैत्री बाताबरण, बाल विकास तथा सहभागिता लगायतका विषयमा तेजविक्रम शाहले सहजीकरण गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बाल अधिकारसंग जोडिएका सामान्य विषयमा जानकारी हुनुपर्ने भएकाले यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाले आफ्नो अधिकार बारे जानकारी पाएमा आफै पैरवी तथा समाज जागरणमा विशेष भुमिका निर्वाह गर्न सक्षम हुने बताउनुभयो । ...
गोपाल–नीना फाउण्डेशनद्वारा स्वास्थ्य सचेतनासंगै शैक्षिक सामाग्री र व्हिल चियर वितरण

गोपाल–नीना फाउण्डेशनद्वारा स्वास्थ्य सचेतनासंगै शैक्षिक सामाग्री र व्हिल चियर वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ माघ – गोपाल–नीना फाउण्डेशनद्वारा नेपालगन्ज–१८ स्थित पाटेश्वरी आधारभूत विद्यालयमा स्वास्थ्य सतेचना कार्यक्रमसंगै शैक्षिक सामाग्री तथा व्हिल चियर वितरण गरेको छ । शुक्रवार फाउण्डेसनले उक्त विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य तथा स्थानीय नागरिक अगुवाहरुका लागि उदीयमान रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले विद्यालयको कक्षा कोठाका लागि अत्यावश्यक सेतो पाटी (White board) र कक्षा १ देखि ३ गतेसम्मका विद्यार्थीहरुको पठन पाठनमा सहयोगी नेपाली वर्णमाला, अंग्रेजी र चित्रमय पाठ्य सामाग्रीहरु उक्त विद्यालयलाई हस्तान्तरण गर्नु भयो । दुुई दशकदेखि भुजई गाउँ क्षेत्रको सामुदायका क्रियाशील गैर सरकारी संस्था ग्रामीण आर्थिक समाजिक उत्थान केन्द्रको संयोजन र सहकार्यमा आयोजित उक्त कार्य...
उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, १७ माघ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने बार्षिकोत्सव कार्यक्रम आज समापन भएको छ । कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खां, नेपाल प्रहरीका नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका प्रवक्ता मौलाना मशहूद खां नेपाली, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पेशागत अनुशासन सबैले पाल्ना गर्नुपर्ने, यो मदरसा धेरै पुरानो मदरसा भएकाले आवश्यक सुझाव सल्लाहका आधारमा नगरपालिकाले यसलाई अगाडि लैजाने बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख कलामले मदरसालाई राज्यको मूलध...
प्रहरीकाे माैनता, बलात्कृत महिला न्यायकाे लागि कहाँ जाने ?  

प्रहरीकाे माैनता, बलात्कृत महिला न्यायकाे लागि कहाँ जाने ?  

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ माघ - बाँकेमा हुने बलात्कार घटनामा प्रहरीकाे माैनताले बलात्कृत महिला न्यायकाे लागि कहाँ जाने ? प्रश्न उठ्न थालेकाे छ । त्याे घटनाक्रमलाई हेर्ने हाे भने चाहे नेपालगन्ज हाेस व नरैनापुर गाउँपालिका जहाँ पीडितलाई जाहेरी दर्ता कै लागि प्रहरी कहाँ धाउनु पर्ने बाध्यता रहेकाे पीडितहरूकाे आराेप रहेकाे छ । नेपालगन्ज–२ घरबारी टोल नजिकै पसल गरि बस्ने एक  जना ३५ बर्षिया महिला घर भित्रै बलात्कृत भएकी छन् । बलात्कारका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा नलिंदा ज्यान असुरक्षित भएको ती महिलाले बताएकी छन् । पीडकले बारम्बार फोन मार्फत धम्की दिंदै आएको पनि महिलाले बताइन । पीडितको  जाहेरी दरखास्त  प्रहरीले लिन मानेको छैन । बरु उल्टो धम्काएर पठाउने गरेको पीडित महिलाको भनाइ रहेकाे छ । २०८१ माघ ६ गते अन्दाजी राती ८ बजे तिर ढोका थुनेर घर भित्रै बलात्कार गरेपछि पीडित महिला प्र...
१९ जना महिलासहित ४६ जनाले गरे रक्तदान

१९ जना महिलासहित ४६ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ माघ – बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा शहिद दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ आयोजत रक्तदान कार्यक्रममा १९ जना महिला र २७ जना पुरुष गरी ४६जनाले रक्तदान गरेका छन् । १३ औंं पटक ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको सहयोग÷समन्वयमा आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, स्वयंसेवी रक्तदाता लगायत १९ जना महिला र २७ जना पुरुष गरी ४६जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवालीद्वारा सञ्चालित कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, शतक रक्तदाता गोपी नाथ बैश्य, उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवाली र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सचिव श्यामलाल थारु प्रतिकले प्राविधिक होमराज गि...