Tuesday, March 18सत्यम खबर
Shadow

११५ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कृष्णसार विशेष संवाद सम्पन्न

नेपालगन्ज, २३ फागुन – ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कृष्णसार विशेष संवाद आज नेपालगन्जमा सम्पन्न भएको छ । “सबै महिला र बालिकाहरुको लागि अधिकार समानता र सशक्तिकरण” भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा रेडियो कृष्णसार एफएममा उक्त संवाद सम्पन्न भएको हो ।

यो अभियानलाई सार्थक बनाउनु सबैको साझा दायित्व हो । यहि दायित्वलाई स्मरण गर्दे मिडियाका तर्फबाट रेडियो कृष्णसार एफएम र सामाजिक क्षेत्रबाट माइती नेपालले यो कार्यक्रमको सहजिकरण गरेको हो ।

संवादमा महिला र छोरीहरुको अधिकार, भोगिरहेका समस्या, समस्या समाधानका उपाय र वेच विखनमा परिरहेका महिला र छोरीहरुको कसरी संरक्षण गर्न सकिन्छ र आगामी दिनमा वेचविखनका घटना नहुन भन्नका लागि सरोकारवालाहरुको भुमिका माथि चर्चा गरीएको कृष्णसार विशेष संवाद कार्यक्रमका प्रस्तोता सावित्री गिरीले बताउनु भयो ।

कार्यक्रममा जवाफदेहि वक्ताका रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक दिपक पातली, नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमु्ख पवित्रा कुमारी पुरी र माइती नेपाल नेपालगन्जका प्रमुख केशब कोइराला रहनु भएको थियो । कार्यक्रमका मुख्य बक्ताहरुले सामुहिक प्रतिवद्धता गर्दे महिला तथा बालिकाहरुको अधिकारका लागि योजना निर्माण, अनुगमन तथा कार्यान्वयमा निरन्तर रहने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

हाम्रो समाजमा घट्ने कतिपय घटनाहरु पीडितले आप्नो इज्जत, डर, प्रतिष्ठा र धम्कीको कारण लुकाई छिपाई राखि सार्वजनिक गर्न नसकेको माइती नेपाल नेपागन्जका प्रमुख केशब कोइरालाले बताउनु भयो ।

सार्वजनिक भएका कतिपय घटनाहरुमा वास्तविक अनुसन्धान नहुनु र दोषी पनि जमानत तथा धरौटीमा छुट्नु समस्याका रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमु्ख पवित्रा कुमारी पुरीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले महिला तथा बालिका माथि हुने हिंसा कम गर्नका लागि समन्वयात्मक रुपमा लागि पर्नुपर्ने बताउनु भयो । कार्यक्रममा महिला र बालिकाहरुले भोगिरहेका समस्या, समस्या समाधानका उपाय र वेच विखनमा परिरहेका महिला र छोरीहरुको कसरी संरक्षण गर्न सकिन्छ र आगामी दिनमा वेचविखनका घटना नहुन भन्नका लागि सरोकारवालाहरुको भुमिका माथि चर्चा गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *