
नेपालगन्ज, २२ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष आयुब सिद्दिकी तथा वडा नं. ११ का कावा अध्यक्ष सविता बाल्मिकी बीच विवाद उत्पान्न भई अध्यक्ष सिद्दिकीले हातपात गरेको आरोप कावा अध्यक्ष बाल्मिकीले लगाएका छन् ।
पीडित बाल्मिकीको भनाई अनुसार करीब १ महिना अगाडी मेरो छोरी गैर सनातनीको बहकावामा आई भागेको थियो । सो घटनामा वडा नं. ३ का अध्यक्ष सिद्दिकीले दुबै पक्षलाई वडा कार्यालयमा बसाई छलफल गराई छोरीलाई मेरो जिम्मामा दिएका थिए । त्यसको केही दिन मै उनले पटक–पटक फोन गरी छोरीलाई पुनः केटासँग पठाउनुस भन्दै आएको आरोप लगाउँदै यही फागुन १२ गते सोमबारका दिन दिउँसो करीब १ बजे म अफिस आउँदा पुनः मेरो छोरी सोही केटासँग वडा नं. ३ को वडा कार्यालयमा पुगेको बताउनुभयो ।
कावा अध्यक्ष बाल्मिकीले अगाडी थप्दै भन्नुभयो– ‘त्यस विषयमा हामी २–३ जना वडा नं. ३ मा पुगी अध्यक्ष सिद्दिकीलाई छोरी भेटाई दिन अनुरोध गर्दा उनले उल्टै मलाई गाली गर्दै हातपात गरेको बताउँदै जे गर्नु छ गर, तिम्रो छोरी बारे मलाई केही जानकारी नभएको बताउँछन् ।’
कावा अध्यक्ष बाल्मिकी कै साथमा रहेकी सहयोगी गीता मौर्यले समेत कावा अध्यक्ष बाल्मिकीलाई मेरो सामुन्ने गाली तथा हातपात गरेको बताउँदै दुबै जना बीच हातपात भएको, गाली गर्नुका साथै लुगा समेत च्यातेको बताउनुभयो ।
यसैगरी वडा नं. ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले घटना दुःखद भएको बताउँदै एउटा जिम्मेवारीमा बसेको जनप्रतिनिधिले कुनै पनि महिलालाई गाली तथा हातपात गर्नु गलत भएको बताउनुभयो । अध्यक्ष कश्यपले यसमा दोषी उपर कानुन बमोजिम कार्वाहीको मांग समेत गर्नुभयो ।
यस विषयमा तत्काल सत्यमखबरले वडाअध्यक्ष सिद्दिकीसँग सम्पर्क गर्दा सम्पर्क हुन नसकेको भएपनि भिडियो प्रशारण पछि वडाअध्यक्ष सिद्दिकी सम्पर्कमा आई मेरो चरित्र हत्या गरिएको बताएका छन् । अध्यक्ष सिद्दिकीले आफूले त्यसो कुनै गाली नगरेको तथा हातपात समेत नगरेको बताएका छन् । मेरो माथि झुठो, कपोकल्पित आरोप मात्र लगाईएको बताएका छन् । उनले म मेरो भनाई हजुर कै अनलाईन मार्फत असिफमा पुगी राख्ने बताएपनि सम्पर्कमा आएनन् साथै साँझ ६ः३० बजे मेल मार्फत आफ्नो भनाई राखेका छन् ।
यस घटना पछि सम्बन्धित पीडित कावा अध्यक्ष बाल्मिकी जिल्ला प्रहरी कार्यालयमा जाहेर समेत दर्ता गराउन पुगेकी छन् । तर जनप्रतिनिधि बीच आपसमा छलफलबाट समस्या समाधानको बाटो निकाल्नुस भनी हाल जिल्ला प्रहरी कार्यालय बाँकेले मुद्दा दर्ता नगरेको स्रोतले जनाएको छ । आज मंगलबार समेत छलफल गरिएपनि निकास हुन नसकेपछि भोलि पुनः छलफलको लागि जिल्ला प्रहरी कार्यालय बोलाईएको स्रोतको दाबी रहेको छ ।
उक्त विषयका बारेमा अध्यक्ष सिद्दिकीले निवेदनमार्फत आफ्नो भनाई समेत राखेका छन् । जुन विषयमा यस्तो विवाद उत्पन्न भएको सो विषय बारे केही उल्लेख गरेका छैनन् । हालसम्म कावा अध्यक्ष बाल्मिकीकी छोरीको कुनै खुलासा गरिएको छैन् ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस