Friday, March 14सत्यम खबर
Shadow

धार्मिक

बंगलादेशमा कट्टरपन्थी इस्लामको पुनरुत्थान: चिन्ताको एक प्रमुख कारण

बंगलादेशमा कट्टरपन्थी इस्लामको पुनरुत्थान: चिन्ताको एक प्रमुख कारण

अपराध, आस्था, धार्मिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ भाद्र – कट्टरपन्थी इस्लामिक प्रभावहरूको पुनरुत्थानसँग जुधिरहेको बंगलादेशले आफ्नो सामाजिक र राजनीतिक परिदृश्यलाई पुन: आकार दिन कट्टरपन्थीहरुले धम्की दिएको छ। एक विवादास्पद इस्लामिक टेलिभिजन च्यानलको सम्भावित फिर्ता सहित हालका घटनाक्रमहरूले आफ्नो धर्मनिरपेक्ष परम्पराहरूको लागि लामो समयदेखि मनाइँदै आएको देशमा अतिवादको वृद्धिको बारेमा चिन्ताहरू पुन: जगाएको छ। भारतीय इस्लामिक विद्वान डा. जाकिर नाइकले बंगलादेशमा छिट्टै पिस टिभी बंगलाको प्रसारण पुनः सुरु गर्ने घोषणा गरेपछि देशका राजनीतिक र सुरक्षा निकायहरूमा तरंग आएको छ। सात वर्षभन्दा बढी समयदेखि मलेशियामा निर्वासनमा बस्दै आएका डा. नाइकले युट्युबको प्रश्नोत्तर सत्रमा उक्त च्यानललाई बंगलादेशी एयरवेभमा फिर्ता ल्याउने प्रयास भइरहेको बताउँदै यो खुलासा गरेका हुन्। बंगलादेशमा पीस टिभीको इतिहास विवादले भरिएको छ। सन् २०१६ को जुलाईमा ढाका...
तालिवानको नयॅा नियमः अफगानिस्तानमा महिलालाई घर बाहिर बोल्न प्रतिबन्ध, सार्वजनिक स्थानमा अनुहार देखाउन नपाइने

तालिवानको नयॅा नियमः अफगानिस्तानमा महिलालाई घर बाहिर बोल्न प्रतिबन्ध, सार्वजनिक स्थानमा अनुहार देखाउन नपाइने

आस्था, धार्मिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ भाद्र – तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ । तालिवानका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले नयाँ कानुनलाई अनुमोदन गरेका छन् । यी कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ। तालिवानको यो निर्णयको संयुक्त राष्ट्रसंघले कडा निन्दा गरेको छ । यसका साथै धेरै मानवअधिकार संगठनहरूले पनि यस विषयमा आपत्ति जनाएका छन्। अङ्ग्रेजी पत्रिका द गार्डियनका अनुसार तालिबानले यी कानुनको कारण दिँदै महिलाको आवाजले पनि पुरुषलाई विचलित पार्न सक्ने बताएको छ । यसबाट बच्न महिलाले सार्वजनिक स्थानमा बोल्नबाट जोगिनुपर्छ । तालिबानले महिलाहरूलाई घरमा ठूलो स्वरमा गीत गाउन र पढ्न पनि प्रतिबन्ध लगाएको छ। नयाँ कानुन उल्लङ्...
सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ भव्यताका साथ सम्पन्न

सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ भव्यताका साथ सम्पन्न

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व तीजका अवसरमा महिलालाई सम्मान तथा दर खुवाउने उद्देश्यले आयोजित यात्रा भव्यरुपमा सम्पन्न भएको कम्पनीले जनाएको छ । समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई भेला पारी कम्पनीले तीज यात्रा आयोजना गरेको कम्पनीका बिजनेश डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले जानकारी दिए । उनका अनुसार यात्रा भदौ ४ गते बुटवलको सिद्धार्थ कटेजबाट सुरु भएको थियो । यात्रा भदौ ५ गते भैरहवाको सिद्धार्थ भिलासा, भदौ ६ गते सिद्धार्थ होटल, टीकापुर र भदौ ८ गते सिद्धार्थ कटेज नेपालगन्जमा आयोजना भएको थियो । तीज यात्राभर गायिका मञ्जु पौडेलसहित स्थानीय कलाकारहरुले विशेष प्रस्तुति दिएका थिए । चार स्थानमा गरिएको कार्यक्रममा गरी एक हजारभन्दा बढी महिला उपस्थित थिए । “विभिन्न क्षेत...
श्रीकृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देशः समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध

श्रीकृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देशः समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
दाङ, १० भाद्र – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिदै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनलाई केन्द्र विन्दुमा राखेर समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताएका हुन । प्रदेश सरकारका कामकारवाहीलाई उत्तरदायी, पारदर्शी, सहभागितामूलक तथा मितव्ययीबनाई सुशासन प्रवद्र्धन गर्न सरकारले अभियान थालिसकेको जानकारी दिएका छन् । सुशासनकायम गर्ने विषयलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न नीतिहरु अबलम्वन गरेको छ । नागरिक तहमा आशा, भरोसा र विश्वासको वातावरण निर्माण गर्न सरकार दृढ रहेको भनाई मुख्यमन्त्री आचार्यको छ । समृद्ध प्रदेशको माध्यमबाट मुलुकको समग्र विकासको म...
श्री कृष्णा जन्माष्टमीमा विविध कार्यक्रम हुने, त्रिभुवन चोकमा प्रसिद्ध कलाकारसहित जबाबी कीर्तन

श्री कृष्णा जन्माष्टमीमा विविध कार्यक्रम हुने, त्रिभुवन चोकमा प्रसिद्ध कलाकारसहित जबाबी कीर्तन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – प्रत्येक वर्ष झै यस वर्ष पनि भगवान श्री कृष्णको श्री कृष्ण जन्माष्टमी महोत्सव–२०८१ विभिन्न स्थानहरुमा भब्ययता साथ मनाउने तयारी गरिएको छ । मोहललाल वैश्य स्मृतिमा नेपालगन्जको मुटु त्रिभुवन चौकमा वर्षौदेखि सम्पन्न हुँदै आईरहेको श्री कृष्णा जन्माष्टी यसपटक भाद्र १० गते अर्थात भोलि सोमबारका दिनदेखि शुभारम्भ गरिने आयोजक संस्थाका अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराएका छन् । अध्यक्ष वैश्यले दिएको जानकारी अनुसार ओम शान्तिको सहकार्यमा भगवान श्रीकृष्णको मनोरम, सुन्दर झाँकीसहित कार्यक्रमको शुभारम्भ गरिनुका साथै प्रसाद वितरण गरिने तथा भाद्र ११ गते भगवान श्रीकृष्णको झाँकीसहित सुन्दर लिला लगायत धार्मिक कार्यक्रम सम्पन्न गरिने बताउनुभयो । यसैगरी भाद्र १२ गते भारतका प्रसिद्ध जबाबी कीर्तनका कलाकार सचदेवा सराती कानपुर तथा प्रसिद्ध कलाकार रोशनी अन्जानाको प्रस्तृति हुने जानकारी गर...
लाठी खेल उदघाटन गर्दै जय श्रीराम शक्ति दल केन्द्र

लाठी खेल उदघाटन गर्दै जय श्रीराम शक्ति दल केन्द्र

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – जय श्री राम शक्ति दल केन्द्र लाठी समितिले प्रत्येक वर्ष दसैँ मूर्ति विसर्जनको दिन हुने सडक प्रदर्शन खेलको लागि प्रशिक्षण शनिबारबाट शुभारम्भ गरेको छ । प्रमुख अतिथि विश्व हिन्दु परिषद नेपालगन्जका अध्यक्ष नवीनकुमार कसौधन, विशिष्ट अतिथि क्लबका संरक्षक विजयकुमार वैश्य तथा खेलका मुख्य प्रशिक्षक राजकुमार आर्यद्वारा द्वीप प्रज्वलन गरी विधिपूर्वक पूजा अर्चना गरी प्रशिक्षण कार्यक्रमको समुद्घाटन गरिएको थियो । जय श्रीराम शक्ति दल केन्द्र लाठी समितिका नवनिर्वाचित अध्यक्ष सुजीतकुमार कसौधनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लबले आफ्नो कार्यसमिति विस्तार गर्दै उपाध्यक्षमा उमेशकुमार वैश्य, कोषाध्यक्षमा पवन कमल, सचिवमा विशु गुप्ता वैश्यलाई चयन गरेको छ । यसैगरी सदस्यहरु क्रमश दिव्यंश वैश्य, आकाश गुप्ता, अनुज गुप्ता, दिपु वैश्य (राजु), रितेश वैश्य, राजु गुप्ताका साथै क्लबले आय...
खजुरामा १९ औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो

खजुरामा १९ औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ८ भाद्र – विगत १८ वर्षदेखि निरन्तर तीज महोत्सवको आयोजना हुँदै आएको बाँकेको खजुरामा यस वर्ष पनि तीज महोत्सवको १९ औं सृङ्खला हुने भएको छ । यस वर्ष धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माण सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पश्चिम नेपाल कै एकमात्र विराट लक्ष्मीनारायण दिब्यधाम निर्माणको सहयोगार्थ महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा १९औ तीज महोत्सव २०८१ गर्न लागिएको समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । परापूर्वकालदेखि खजुरामा हुँदै आएको तीजको जमघटलाई विगत १८ वर्षदेखि महोत्सवकारुपमा खजुरामा आयोजना गरिँदै आएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत हुने बताए । हराउँदै गएको मौलिकतालाई जोगाउन यसवर्ष पू...
हिन्दु राष्ट्र कायम गराउन सभापति देउवालाई कांग्रेस सांसद्‌को ज्ञापनपत्र

हिन्दु राष्ट्र कायम गराउन सभापति देउवालाई कांग्रेस सांसद्‌को ज्ञापनपत्र

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ भाद्र – सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय सदस्य एवम्‌ तनहुँ-२ बाट निर्वाचित सांसद्‌ शंकर भण्डारीले हिन्दु राष्ट्र कायम गराउन ज्ञापनपत्र बुझाएका छन्‌ । भण्डारीले ‘नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र्र महाअभियान केन्द्रीय समन्वय समिति’को संयोजकका हैसियतले देउवालाई हिजो (बिहीबार) सो ज्ञापनपत्र बुझाएका हुन्‌ । ज्ञापनपत्रमा उनले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दु) राष्ट्र नेपाल कायम गराउनुपर्ने उल्लेख गरेका छन्‌ । दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्ले २०६३ जेठ ४ गते बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने नेपाली जनताको भावनालाई पूरै उपेक्षा गरी धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको भण्डारीले दाबी गरेका छन्‌ । सो घोषणा र...
गाईजात्रा महोत्सवमा सहभागीलाई लायन्स क्लबद्वारा जुस खुवाईयो (फोटोफिचरसहित)

गाईजात्रा महोत्सवमा सहभागीलाई लायन्स क्लबद्वारा जुस खुवाईयो (फोटोफिचरसहित)

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ भाद्र – नेवाः संस्कृति र परम्परा अनुसार आज मंगलवार गार्ईजात्रा साःपारु महोत्सव नेपालगन्जमा भव्य रुपले मनाईएको छ । नेवाः संस्कृति र परम्परा गाईजात्रा महोत्सव बिहान ८ बजेबाटै सुर्खेतरोड स्थित स्वस्तिक कटेज रेष्टुरेन्टमा भेला भई मनाउने तयार गरिएको भएपनि बिहान परेको अबिरल वर्षाका कारण केही ढिलो हुन पुगेको थियो । वर्ष निकास भएपछि शुरु भएको नेवाः संस्कृति र परम्परागत रुपमा मनाईने गाईजात्रा महोत्सव भुरे स्कुल घरवारी टोल हुँदै धम्बोझी चोकबाट सेतुबिक चोक, न्यूरोड हुँदै बागेश्वरी मन्दिरको पार्कमा समापन गरिएको नेवा देय दबू, बाँकेका निवर्तमान संस्थापक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । नेवाः पुचः बाँकेको आयोजना तथा नेवाः देय दबू, बाँके लगायत सबै नेवाः गुठीहरुको सहआयोजनामा सम्पन्न उक्त गाईजात्रा कार्यक्रममा समस्त नेवार तथा गैर नेवार समुदायलाई सहभागिताको ला...
बंगलादेशमा हिन्दूहरू विरुद्धको हिंसाबारे प्रस्ताव पारित गर्न भारतीस संसदलाई लेखक र बुद्धजिवीहरुको आग्रह

बंगलादेशमा हिन्दूहरू विरुद्धको हिंसाबारे प्रस्ताव पारित गर्न भारतीस संसदलाई लेखक र बुद्धजिवीहरुको आग्रह

आस्था, धार्मिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ भाद्र – लेखक, शिक्षाविद् र नागरिक समाजका प्रतिष्ठित सदस्यहरूको एक प्रमुख समूहले बंगलादेशमा हिन्दूहरू विरुद्धको हिंसाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै खुला पत्र लेखेका छन् र भारतीय संसदलाई ‘साम्प्रदायिक हिंसाको यो लहर’ को निन्दा गर्ने सर्वसम्मत प्रस्ताव पारित गर्न आग्रह गरेका छन्। हस्ताक्षरकर्ताहरू, जसमा लेखकहरू अमिश त्रिपाठी, अश्विन सांघी, अभिषेक बनर्जी, राजीव मंत्री र स्मिता बरुआ र एससी अधिवक्ता जे साई दीपक समावेश छन्, उनीहरूले बंगलादेशमा हिन्दू समुदाय विरुद्ध बढ्दो हिंसाको रिपोर्टको बारेमा गहिरो चिन्ता व्यक्त गरे। “हालैका दिनहरूमा हामीले मेहरपुरको एक इस्कॉन केन्द्रमा आगजनी, देशभरका धेरै हिन्दू मन्दिरहरूको तोडफोड, र हिन्दूहरूको लिन्चिङ मनाउने दंगाहरू देखाउने भिडियोहरूको प्रसारण सहित गहिरो चिन्ताजनक घटनाहरू अवलोकन गरेका छौं। दुर्भाग्यवश, यी हिंसाका कार्यहरू न त पृथक छन् न...