Wednesday, April 29सत्यम खबर
Shadow

धार्मिक

मोहर्रम पर्वमा डुडुवाद्धारा सार्वजनिक विदा

मोहर्रम पर्वमा डुडुवाद्धारा सार्वजनिक विदा

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
डुडुवा, २२ असार – मुस्लिम धर्मालम्बीहरुको महान चाड मोहर्रम (ताजिया) पर्वमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । आज आईतबार मनाइने उक्त पर्वको अवसरमा पालिकाले सूचना निकालेर सार्वजनिक विदा दिएको हो । पालिका अन्तर्गत सामुदायिक तथा नीजि विद्यालय, मदरसा, मुस्लिम विद्यार्थी तथा मुस्लिम वर्गका कर्मचारीलाई विदा दिइएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । अध्यक्ष चौधरीले मोहरम पर्वको अवसरमा सम्पुर्ण इस्लाम धर्मालम्बीलाई शुभकामना समेत व्यक्त गर्नु भएको छ ।...
डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु. ५६ करोड बढीको बजेट सार्वजनिक

डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु. ५६ करोड बढीको बजेट सार्वजनिक

आर्थिक, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १० असार – डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । संघिय सशर्त अनुदान चालुतर्फ रु २४ करोड, २५ लाख, संघिय समपुरक अनुदानतर्फ रु १ करोड, विशेष अनुदान (प्रदेश)तर्फ रु १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ रु ७५ लाख, प्रदेश ससर्त अनुदान रु १ करोड २० लाख र आन्तरिक आयतर्फ रु ५ करोड ८७ लाख प्रस्तावित बजेट प्रस्तुत गरिएको हो । नयाँ आर्थिक वर्ष २०८२÷...
१८ नं. वडा १ करोड ३० लाख ६२ हजार बजेटसहित कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माणतर्फ केन्द्रित हुने……

१८ नं. वडा १ करोड ३० लाख ६२ हजार बजेटसहित कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माणतर्फ केन्द्रित हुने……

आर्थिक, आस्था, खेल, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को वार्षिक योजना तर्जुमा तथा वडा भेला आज शनिबार नेपालगन्जमा भब्यरुपले सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक योजना तर्जुमा तथा वडाभेलाको अध्यक्षता वडाअध्यक्ष दिपककुमार बर्माले गरेका थिए । गत आर्थिक वर्ष २०८१/०८२ को कार्य प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वडाअध्यक्ष बर्माले पाटेश्वरी आधारभूत विद्यालय, भेरी स्पोटस क्लब तथा कारकाँदो स्पोर्ट क्लबलाई खेलकुद सामाग्री वितरण, वडाबासीका लागि स्वास्थ्उय बिमा कार्यक्रम, दाह संस्कार तथा मृत्यु संस्कार, तिरुपति बालाजी मन्दिर निर्माण, शिव पार्वती मन्दिर सत्संग भवन निर्माण, कालीमाता मन्दिर निर्माण, फोहोर व्यवस्थापनका लागि ट्याक्टर खरीद, मानव धर्म सेवा समितिमा सिसिटिभि जडान, वडाको विभिन्न टोलमा पिसिसि तथा स्तरोन्नती, ...
गौरव स्मृतिद्वारा जेष्ठको अन्तिम मंगलबारका दिन बृहत प्रसाद वितरण (फोटोफिचरसहित)

गौरव स्मृतिद्वारा जेष्ठको अन्तिम मंगलबारका दिन बृहत प्रसाद वितरण (फोटोफिचरसहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ जेष्ठ – गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा जेष्ठ महिनाको ठूलो मंगलबारमा आज अन्तिम मंगलबारका दिन पनि बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाको अन्तिम ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको संरक्षक÷सञ्चालक प्रदीप शाहले बताउनु भयो । गौरव स्मृतिद्वारा जेष्ठ महिनाको ५ वटै ठूलो मंगलबारका दिन बृहत प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिनुका साथै नगरको अन्य स्थानमा समेत आर्थिक सहयोग गरिएको संरक्षक शाहले बताउनुभयो । प्रसाद वितरण कार्यक्रम नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेको विनायक मेडिकल हलको सामुन्ने सम्पन्न गरिएको छ । प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता...
मन्दिर व्यवस्थापन समितिद्वारा ७४ वर्षिय जेष्ठ नागरिक रामशरण भुजुवालाई बिस्थापित

मन्दिर व्यवस्थापन समितिद्वारा ७४ वर्षिय जेष्ठ नागरिक रामशरण भुजुवालाई बिस्थापित

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ जेष्ठ – नेपालगन्ज वडा नं. ७ स्थित रहेको श्री राम जानकी मन्दिर व्यवस्थापन समितिद्वारा ७४ वर्षिय जेष्ठ नागरिकलाई बिस्थापित गरिएको छ । राम प्यारे बर्माको नेतृत्वमा विगत ११ वर्षदेखि कार्यरत रहेको मन्दिर व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरपालिकाद्वारा ५ लाख र ७ नं. वडा कार्यालयद्वारा १ लाख गरी जम्मा ६ लाख आर्थिक सहयोग संकलन गरी मन्दिर कै जग्गामा धर्मशाला निर्माण गर्न जग हालेको थियो । सोही जग हाल्ने बेला सो स्थानमा ३ पुस्तादेखि बसोबास गर्दै आईरहेका रामशरण भुजुवालाई मन्दिर व्यवस्थापन समितिले लिखित रुपमै धर्मशाला निर्माण पछि मैनेजरको व्यवस्थापनमा हजुरलाई जिम्मेवारी दिने भनी खाली गराईएको अवस्थामा आज धर्मशाला निर्माण भईसक्दा उनलाई वर्तमान मन्दिर व्यवस्थापन समितिद्वारा बिस्थापित गरिएको छ । हाल जेष्ठ नागरिक ७४ वर्षिय भुजुवा ७ नं. वडा कार्यालयका अध्यक्ष प्रशान्त श्रेष्ठको पहलम...
एक दिवसीय योग शिविर तथा कल्पवृक्ष रोपण कार्यक्रम भव्य रूपमा सम्पन्न

एक दिवसीय योग शिविर तथा कल्पवृक्ष रोपण कार्यक्रम भव्य रूपमा सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेष्ठ — पतञ्जलि योग समिति बाँके नगर समितिको आयोजनामा तथा वडा नम्बर १९ स्थित श्री बाबा विश्वनाथ मन्दिर प्राङ्गणमा एक दिवसीय योग विज्ञान शिविर एवं वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो योग सिबिर कर्यक्रमको सञ्चालन वसन्त लामिछानेले गरेका थिए । कार्यक्रमको विशेष आकर्षणको रूपमा, हरित अभियानका अभियन्ता तथा हरित अध्यता हेमन्तराज काफ्लेले मन्दिर परिसरमा कल्पवृक्ष (बाओबाब) को बिरुवा रोपेर पर्यावरण संरक्षणको सन्देश दिएका थिए । यो कल्प वृक्षको बीउ जर्मनीमा रहेको साधना अधिकारी रानाले हेमन्तलाई दिएको र बिरुवा बनाई बलबहादुर केसि जिले उपहार दिएको उहाँले गमलामा हुर्काउनु भएको थियो र आज लगभग एक वर्ष पछि मन्दिरमा लगाईयो । शिविरमा सहभागी श्रद्धालु, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरूलाई सम्मान गर्दै धार्मिक होमन पुष्कर आचार्य गुरुले सम्पन्न गर्नु भएको थियो । हेमन्त काफ्लेले ...
गौरव स्मृतिद्वारा प्रसाद वितरण (फोटोफिचर सहित)

गौरव स्मृतिद्वारा प्रसाद वितरण (फोटोफिचर सहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेष्ठ – गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा आज दोस्रो मंगलबारका दिन पनि बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाको दोस्रो ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम गरिएको संरक्षक÷सञ्चालक प्रदीप शाहले बताउनु भयो । प्रसाद वितरण कार्यक्रम नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेको विनायक मेडिकल हलको सामुन्ने सम्पन्न गरिएको छ । प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता पवन जयसवाल, रामबिहारी खटिक, जीवन शर्मा, करण साहु, विजय कोरी, शिवम् गुप्ता, शिवम् शाह, लोकबहादुर कठायत, अजय कोरी, मुंशी हज्जाम, लगायत कार्यसमितिका पदाधिकारी, सहयोगीहरूको सहभागिता रहेको थियो ।...
गाैरव स्मृतिद्वारा “ठुलाे मंगलबार” प्रसाद वितरण

गाैरव स्मृतिद्वारा “ठुलाे मंगलबार” प्रसाद वितरण

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख - गाैरव स्मृति तथा बी याेर सेल्फ फाउण्डेशनद्वारा आज मंगलबारका दिन बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।   प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाकाे पहिलाे ठुलाे मंगलबारका दिन भक्तजनहरूमा गाैरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम गरिएकाे संरक्षक प्रदीप शाहले बताउनु भयाे । ठूलाे मंगलबारकाे महत्व : हिन्दू धर्ममा ठूलाे मंगलको ठूलो महत्व छ । यस दिन हनुमान जीको पूजा गरिन्छ। बृहत् मंगलको अवसरमा हनुमानजीको पूजा–आराधना गरी गरिबलाई खाना खुवाउँदा पुण्य प्राप्त हुन्छ । ठूलाे मंगल भगवान हनुमानको पूजा गर्नको लागि उत्तम मानिन्छ। बडा मङ्गल हरेक जेठ महिनाको मंगलबार मनाइन्छ ।   जेष्ठ महिना हिन्दू नयाँ वर्षको तेस्रो महिना हो। यस महिनामा कुल ४ प्रमुख मंगल ग्रह रहनेछन्, जसमा हनुमान जीको पूजा गर्नाले धेरै समस्याबाट बच्न सकिन्छ । अशुभ...
इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कष्णनगर, १७  बैशाख - इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टको प्रमुख आतिथ्यतामा मन्दिरकाे समुद्घाटन गरिएकाे हाे । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीकाे पहलमा वडा २ तथा नगरपालिकाकाे आर्थिक सहयाेगमा माता दुर्गा मन्दिर निर्माण सम्पन्न भई सर्वसाधारणका बीच समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कलश परिक्रमा भएपछि पुजा अर्चना गरि बुद्बबार इप्रका परिसरमा मुर्ति स्थापना गरिएकाे पुराेहित शास्त्री रेशम लाल गैरेले बताउनुभयाे । कृष्णनगर नगरपालिका वडा नं २ को सात लाख पचास हजार बजेट टेन्डर प्रक्रिया बाट मन्दिर निर्माण गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताए। कार्यक...
मानव एकता दिवसको उपलक्ष्यमा ६७ जनाद्वारा रक्तदान

मानव एकता दिवसको उपलक्ष्यमा ६७ जनाद्वारा रक्तदान

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ बैशाख – “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज, बाँके शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा आज शनिवार महिला पुरुष गरी ६७ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले ब्यानर वाचन गरी प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक सोमप्रकाश सापकोटालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । बास नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम, सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखाका प्रमुख (मुखी) शिवप्रसाद गोडियाको अध्यक्ष...