फुल्टेक्रामा दुःख, कष्ट निवारण गर्न दैनिक सुन्दरकाण्ड पाठ जारी
नेपालगन्ज, २१ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, राप्तीरोड स्थित श्री शिवपार्वती मन्दिरमा सुन्दरकाण्ड पाठ बिहान र साँझा गरी दैनिक २ पटक हुने गर्दछ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्व. बाबुराम कुर्मीका छोरी नाती समाजसेवी माधवराम वर्माका अनुसार कोभिड–१९ को महामारीमा आम मानिसहरुमा धेरै कष्ट परेको छ, त्यस दुःख कष्टलाई निवारण गर्नका लागी र भगवानले छिटै शान्ति दिऊन भनेर श्री शिवपार्वती मन्दिरमा दोस्रो लकडाउन शुरु भएको बैशाख महिनाको ९ गतेदेखि नै सुन्दरकाण्ड पाठ बिहान र साँझा गरी दैनिक २ पटक आयेजाना हुने गर्दछ ।
सन्दरकाण्ड पाठको वाचन कार्यक्रममा आउने श्रद्धालु भक्तजनहरुले सेनीटाइजर र मास्कको प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गरी बस्ने गर्दछन् ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्व. बाबुराम कुर्मीद्वारा निर्मित श्री शिवपार्वती मन्दिरमा...









