Thursday, March 12सत्यम खबर
Shadow

चार दिने धार्मिक मेला सकियो

बनकट्टी, २० फागुन – चार दिनदेखि बाँकेको डुडुवामा चलेको धार्मिक मेला आज सकिएको छ । विगत बर्षझै यस बर्ष पनि डुडुवा गाउँ पालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सोमबार देखि सुरु भएको थियो । मेलामा गागर, चादर चढाउने कार्य भएका थिए ।

धार्मिक तथा सांस्कृति रुपमा यो मेला महत्वपूर्ण रहेको जानकारहरु बताउँछन् । मुस्लिम तथा हिन्दुहरु बीचको साँझा मेलाले धार्मिक तथा सामाजिक सदभाव कायम गर्न ठूलो बल पुर्याएको मेला संचालक इसराक अहमद शाहले बताउनुभयो । आस्थाको धरोहरका रुपमा रहेको यो मेलामा पुग्नेहरुले आफुले मागेको चाहना पूरा हुने विश्वास गरिन्छ ।

त्यसैकारण यहाँ बाँकेका विभिन्न ठाउँबाट मेला दर्शन गर्न दर्शालुहरु पुग्ने गरेका छन् । मेलाको पहिलो दिनमा राती जलसा कार्यक्रम भएको थियो । मेलालाई भव्य रुपमा सफल बनाउनका लागि भारतका विभिन्न स्थानबाट समेत धर्म गुरुहरु आएका थिए ।

बनकट्टीमा रहेको सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लागेको मेलामा विभिन्न धार्मिक कार्य भएका मेलाका संचालक शाहले जानकारी दिनुभयो । सांस्कृतिक, धार्मिक तथा सामाजिक सदभाव कायम राख्नका लागि यो मेलाको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *