Thursday, March 12सत्यम खबर
Shadow

कुमालकाे नेतृत्वमा श्रीचन्द्र मन्दिर संरक्षण समिति

नेपालगन्ज, ३ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ रामनगर बुलबुलिया रोड, शिवपुरीमा अवस्थित श्रीशिवपुरी श्रीचन्द्र मन्दिर संरक्षण समितिको आज ७० बढी समाज सेवी, वडाअध्यक्ष, समाजसेवी, सन्त महन्त तथा अन्य गुठी महन्तहरूको उपस्थिती नयाँ (तदर्थ) कार्य समित सर्ब सम्मतिले गठन गरिएकाे छ ।

श्रीशिवपुरी श्रीचन्द्र मन्दिरकाे १५ सदस्यीय तदर्थ समिति वरिष्ठ समाजसेवी बिष्णुलाल कुमालकाे नेतृत्वमा गठन गरिएकाे हाे ।

तदर्थ समितिकाे उपाध्यक्षद्वयमा प्रशान्त बिष्ट, सुदीप नर्सिंह राणा, सचिवमा रामप्रसाद कुमाल, कोषाध्यक्षमा स्वामीदयाल वैश्य, सहसचिवद्वयमा अल्पनाकुमारी गुप्ता र रामबाबू वैश्यलाई चयन गरिएकाे छ ।

त्यसैगरी सदस्यहरूमा क्रमशः अभयकुमार गुप्ता, किरणदेवी कुमाल, साबित्री शर्मा, अयोध्याप्रसाद वैश्य, केदारनाथ गुप्ता, ओंकार शाही, डिम्पल थापा र अमन गुप्तालाई चयन गरिएकाे अध्यक्ष कुमालले जानकारी गराउनु भएकाे छ ।

यसैगरी सल्लाहकारहरुमा शमीरप्रताप सिंह, बीरेन्द्रबहादुर शाह, सुरेन्द्र गुप्ता (वैश्य), बसन्तकुमार कानौजिया, सुरेशकुमार श्रेष्ठ, दुर्गाप्रसाद गुप्ता, बृजेशबहादुर सिंह, नन्दलाल वैश्य, ध्रुबकुमार वैश्य, माधवराम बर्मा र रामचन्द्र पण्डितलाई सर्वसम्मत चयन गरिएकाे थियाे ।

यसैगरी जग्गादाता एवम् दाताहरुको परिवारबाट जमुनाप्रसाद वैश्य, रमेशचन्द्र कुमाल र जगन्नाथप्रसाद वैश्यलाई संरक्षक मनोनयन गरिएको जानकारी अध्यक्ष कुमालले गराउनुभयाे ।

उक्त संस्थाका मुख्य संरक्षक महन्त बाबा श्रीहरिदास उदासीन महाराजको अध्यक्षतामा बैठक सम्पन्न गरिएकाे थियो । उक्त सभामा महन्त महेश गिरी महराज श्रीहनुमान गढी, महन्त कृष्ण गिरी, अलखियाबाबा लगायत अन्य महन्तहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *