
नेपालगन्ज, ९ चैत्र – प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठानले यसपटकको होली पर्वमा रङ्गारंग कार्यक्रमको आयोजनाको साथै नेपालगन्जको सबैभन्दा ठूलो महामूर्ख सम्मेलनको अध्यक्ष पनि घोषणा गर्ने भएको छ ।
आज सोमबार दिन नेपालगन्जमा स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको सभापतित्वमा बसी उक्त निर्णय गरिएको छ ।
यस भेलामा यही चैत्र १५ गते दिन दिउँसाे २ बजेदेखि रङ्गारंग कार्यक्रमको आयोजना गर्दै यस कार्यक्रममा नेपालगन्जका साहित्यकार, कविकार र स्कुलमा स–साना विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन् ।
कार्यक्रमको समापन पछि यस वर्ष नेपालगन्जको सबैभन्दा ठूलो महामूर्ख सम्मेलनको अध्यक्ष घोषणा गरिनेछ । नेपालगन्जमा महामूख सम्मेलनको आयोजना गर्ने पुरानो परम्परा छ । दशकौंपछि प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्यले यो महामूर्ख सम्मेलन गराउने परम्परा चलाउन भएको थियो । उहाँ आजीवन महामूर्ख सम्मेलनको संरक्षक रहनु भएको थियो ।
विगत दशकौ अघि पंचायतकालमा पूर्वमंत्री फत्तेसिंह थारु, वद्रीप्रसाद गुप्तालगायत दर्शनौ व्यक्तित्व महामूर्ख सम्मेलनको अध्यक्ष पद सुशोभित गरी सक्नु भएको छ । महामूर्ख सम्मेलनको अध्यक्ष पद पाए यसबाट पछि ठूलो पद प्राप्त हुने मान्यता यहाँ रहेको छ । यो उदाहरण फत्तेसिंह थारुलगायतबाट भएको थियो । यसपालीको होली पर्वमा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले महामूर्ख सम्मेलनको पनि अध्यक्ष बन्ने अनुमान रहेको छ । यस बारे प्रतिष्ठानले कसलाई महामूर्ख सम्मेलनको अध्यक्ष बनाउने कुराको भने निर्णय गरिएको छैन ।
सोमबार दिन आयोजित प्रतिष्ठानको भेला कार्यक्रममा अध्यक्ष नन्दलाल वैश्य, उपाध्यक्ष अजयकुमार गुप्ता, सचिव रुद्र सुवेदी, सहसचिव आशा ढकाल, कोषाध्यक्ष अछरी पोखरेल, गोबिन्द शर्मा, अनुपकुमार गुप्ता, लक्ष्मी गुप्ता, पवन जैसवाल, सोनाली गुप्ता, रमेशचन्द्र कुमाल, विष्णुलाल कुमाल, विजयकुमार वैश्यलगायतको उपस्थिति रहेको थियो ।
प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठान म पत्रकार झलक गैरे, शुक्रऋषि चौलागाई, शकील अहमद हलवाई “कादरी”, अधिवक्ता विश्वजीत तिवारी, पूर्णलाल चूके, हेमन्त कर्माचार्य, टीकाजंग सिंह, बलबहादुर चन्द कार्यसमिति सदस्य, सल्लाहकारलगायत पदमा छन् ।
प्रतिष्ठानले होली पर्वमा रङ्गारंग कार्यक्रमको आयोजना गर्ने निर्णय एक महिना अगावै गरेको थियो । यसको संयोजक पूर्णलाल चूकेलाई बनाईएको थियो । तर अहिले पूर्णलाल चूके जिल्लाबाट बाहिर रहेकोले यो कार्यक्रम निर्धारित समयमा गर्न प्रतिष्ठानले मञ्च व्यवस्थापन सांस्कृतिक कार्यक्रम, कार्यक्रम सञ्चालन, साहित्यकार बोलाउने जिम्मा, महामूर्ख सम्मेलनको अध्यक्षको टोपी, माला आदि बनाउन विभिन्न व्यक्तिहरुलाई छुट्टाछुट्टै जिम्मेवारी दिईएको छ ।
