Saturday, June 27सत्यम खबर
Shadow

खेल

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिकाको कार्यपालिका बैठकमा हातमा कालो पट्टी बाँधी गएका वडा नं.५,६ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नसक्ने अध्यक्ष चौधरीले भनेका हुन । डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, तानाशाह बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु तथा वडा नं.५ का वडा अध्यक्ष झंक थापा र ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायत कार्यपालिका सदस्य शिवकुमार जयसवाल, लिला सुनार, जवन्ती महाउतले हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका हुन । बिहान भएको बिरोध प्रदर्शन पश्चात पालिकाले आयोजित गरेको दिउँसो ३ः३० बजे कार्यपालिका बैठकमा वडा अध्यक्ष द्वय थापा र मिश्रा तथा कार्यपालिका सदस्य तीन जना लगायत ५ जना बैठकमा गई जनताको माँगको बारेमा कार्यपालिक...
सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारी बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका छन् । स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउँपालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्षसम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर्वाचन पश्चात आएको परिणाम अनुसार कुनै पनि दलको बहुमत न आएपछि यस डुडुवा गाउँपालिकामा निर्वाचित वडा नं.५ र ६ का वडा अध्यक्षले आफ्नो माँग पूरा नहुनजेल हामी सहमतिमा नजाने भनी गरेको निर्णयले आर्थिक बर्ष २०७९/०८० मा गाऊँ परिषद गर्न पनि अत्यन्तै कठिनाई भई पालिका अध्यक्षले हाम्रो माँग सम्बोधन गरेपछि हामी सहमतिमा गई गाऊँ ...
योंग प्रोफेसनल फेलोसिपको छैठो संस्करण नेपालमा आयोजना हुने

योंग प्रोफेसनल फेलोसिपको छैठो संस्करण नेपालमा आयोजना हुने

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ जेठ – अन्तर्राष्ट्रिय संस्था ग्लोबल पिस चेनले “योंग प्रोफेसनल फेलोसिप” कार्यक्रमको छैठो संस्करण नेपालमा आयोजना गर्ने भएको छ । अमेरिका, फ्रान्स, युरोप लगायत ४० भन्दा बढी देशका १०० जना युवाहरुको उपस्थितिमा ३ दिवसीय कार्यक्रम काठमाण्डौमा जुलाई २७ देखि ३० सम्म आयोजना हुने ग्लोबल पिस चेनका नेपाल प्रमुख शिवांग दत्तले जानकारी दिएका छन् ।सो कार्यक्रम नेपाल युवा परिषदको सहकार्यमा हुने दत्तले जनाएका छन् । काठमाण्डौमा आयोजित एक विशेष समारोह बीच ग्लोबल पिस चेन का तर्फ बाट नेपाल प्रमुख शिवांग दत्त तथा नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया ले “सो कार्यक्रमलाई दुवै संस्थाले साझा रुपमा सहकार्य गरी आयोजना गर्ने” समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।सो कार्यक्रममा विश्वको विकासको लागि युवाको भूमिका, स्थानीय खानाको महत्व, पर्यटन प्रबर्धन जस्ता विषयमा केन्द्रित रही ३ दिन छलफल हुने दत्तले बताएका ...
भारतीय महिला लिग खेल्ने पहिलो खेलाडी

भारतीय महिला लिग खेल्ने पहिलो खेलाडी

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २६ जेठ – २०१९ मा, नेपालका दुई फुटबलरहरू आफ्नो देशबाट भारत आएर सेतु एफसीका लागि भारतीय महिला लिग खेल्ने पहिलो खेलाडी बनेका छन् ।जसले युवाहरूका लागि उदाहरण खडा गरे । जसमध्ये एक थिइन् सावित्रा भण्डारी, अर्की अनिता बस्नेत । “नेपालबाट सावित्रा भण्डारी र म पहिलो पटक भारत आएर आइडब्लुएलमा खेलेका थियौं । कसैले मलाई खेलेको हेरेर त्यसै गर्न प्रेरणा मिलोस् भन्ने सोचेर म यहाँ आएको हुँ । यो मेरो लागि अनुभव कमाउने कुरा पनि थियो ।” अनिताले भर्खरै सम्पन्न IWL २०२३ सिजनमा खेलेको बताइन् ।नेपालको राजधानी काठमाण्डौबाट १४ घण्टाको दूरीमा तेह्रथुम जिल्लामा आएकी अनिताले खेलकुदका लागि कुनै सुविधा नभएको बताइन् । यद्यपि, फुटबल सधैं उनको पहिलो प्राथमिकता थियो ।“फुटबल सधैं मेरो मनपर्ने खेल हो । मेरो गाउँमा परिस्थिति कमजोर थियो र कुनै खेलकुदका लागि कुनै सुविधा थिएन । परिस्थितिमा सुधार भए पनि नेपालमा फुटबलको ख...
निर्णायक खेलमा विजयी भएपछि नेपालले जित्यो मलेसियाविरूद्धको सिरिज

निर्णायक खेलमा विजयी भएपछि नेपालले जित्यो मलेसियाविरूद्धको सिरिज

आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ जेठ – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ। आइतबार भएको पाँचौ तथा निर्णायक खेलमा घरेलु टिम मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो। नेपालले सिरिजमा यसअघि दोस्रो र तेस्रो खेल जितेको थियो। पहिलो खेलमा पराजित नेपालले शनिबार भएको चौथो खेल पनि हारे पछि पाँचौ खेल निर्णायक बनेको थियो। आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्‍यो। नेपालका लागि ‌ओपनिङ ब्याटर सीता रानामगरले ३४ रन जोडिन् भने कप्तान रूबिना क्षेत्रले २३ रनको योगदान गरिन्। अप्सरी बेगमले १३ बलमा नटआउट १५ रन जोडे पनि नेपालको जित सम्भव भयो। ज्योती पाण्डेले नटआउट ११ रन जोड्दा नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा मलेसियाकी एइना हसिमले २ विकेट लिइन्। ...
अङ्गप्रत्यारोपण गरेका खेलाडीहरुको शानदार जित

अङ्गप्रत्यारोपण गरेका खेलाडीहरुको शानदार जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० बैशाख – विभिन्न अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा अङ्गदान गरेका व्यक्तिहरु पनि समाजमा अन्य व्यक्ति सरह स्वस्थ र सक्रिय जिवन जिउन सक्छन भन्ने सन्देश फैलाउन सन् २०१० देखि विभिन्न अंगदान तथा प्रत्यारोपण गरेका व्यक्तिहरु मिलेर अन्य विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग र सहकार्यमा नेपालमा हरेक वर्ष प्रत्यारोपण खेलकुद तथा अङ्गदान सचेतना सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गरिदै आएको जनाईएको छ ।आरोग्य फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खेलकुद कार्यक्रम तथा अङ्गदानको क्षेत्रमा काम गर्ने संस्था वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेसनको आधिकारिक सदस्यता प्राप्त गरि नेपालको तर्फबाट प्रतिनिधि संस्थाको मान्यता समेत पाएको छ । र फेडरेसनको लागि नेपालको तर्फबाट आधिकारिक प्रतिनिधि आरोग्य फाउन्डेसनकी अध्यक्ष, आनी छोइंग डोल्मा मोक्तान लामा र टिम मेनेजरको रुपमा मिर्गौला प्रत्यारो...
हिमालले जोडेको साइनो : संघर्षपछिको सफलता, कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत

हिमालले जोडेको साइनो : संघर्षपछिको सफलता, कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ चैत – कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले विश्वव्यापी सद्भावना दूत नियुक्त गरेको छ । वि विल राइज फाउण्डेशनद्वारा शनिबार आयोजित एक समारोहबीच ‘ग्रान सासो एण्ड मोन्टी देल्ला लागा नेशनल पार्क’का अध्यक्ष तमासो नभारोले आरोही शेर्पालाई सो सम्बन्धी पत्र हस्तान्तरण गरेका हुन् । शेर्पा फाउण्डेशनका समेत सदभावना दूत तथा सदस्य हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, के.पी. शर्मा ओली पत्नी राधिका शाक्य तथा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामालगायतको उपस्थितिमा शेर्पालाई पत्र हस्तान्तरण गरिएको हो । दोलखास्थित रोल्वालिङ गाउँमा जन्मेका शेर्पाको आरोहण क्षेत्रमा उपलब्धि, योगदान र हिमालप्रतिको मायाको उच्च सम्मान स्वरूप उनलाई सद्भावना दूत नियुक्त गरिएको हो ।‘युरोपको ६०–७० प्रतिशत जैविक विविधताको खानीका रूपमा प्रसिद्ध ग्रान सासो ए...
दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगितामा बेलभार विजय

दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगितामा बेलभार विजय

अवधी, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, २६ फागुन - बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारमा सञ्चालन हुने दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगितामा बेलभारमा टाईगर टीम विजय तथा बेलभार फाइटर टीम उप विजय भएको थियो ।हाम्रो अभियान वडा भित्रको खेलाडी पहिचान भन्ने मुल नारासहित यही फागुन २४ गतेदेखि सञ्चालित दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न भएको आयोजकले जनाइएको छ ।खेलकुद विकासको विस्तार, खेल तथा खेलाडी दुबैको पहिचानको विकास गर्ने उद्देश्यका साथ एकता शिक्षा समाज कल्याण संस्था बाँकेको आयोजना र जानकी गाउँपालिका वडा नम्बर २ वडा कार्यालयको सहकार्य तथा जानकी गाउँपालिका बाँकेको समन्वयमा वडा स्तरीय क्रिकेट प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष सकिल अहमद राईले जानकारी दिनुभयो थियो ।प्रतियोगितामा बेलभारबाट सहभागी दुई ओटा टिम र बकोटियाबाट सहभागी एक ओटा टिम गरि ३ ओटा टिमले दर्ता गरेका थिए । भने प्रत्येक टिममा १४ जना खेला...
भेरी रकर्स मेयर कप क्रिकेटको फाईनलमा प्रवेश

भेरी रकर्स मेयर कप क्रिकेटको फाईनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ फागुन – भेरी रकर्स नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा मंगलबार भएको खेलमा भेरी रकर्सले कोहलपुर स्पोर्टस एकेडेमीलाई ५ विकेटले हराउँदै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । अब फाइनलमा भेरी रकर्सले शनिबार न्यु दर्पण युवाक्लब र ज्योति स्पोर्टस एकेडेमी (ए) बिचको विजेतासँग खेल्नेछ । शुक्रबार प्रतियोगिताको दोस्रो सेमिफाइनल न्यु दर्पण युवा क्लब र ज्योति स्पोर्टस एकेडेमीले प्रतिस्पर्धा गर्दैछन् । यसैगरी शनिबार नै मंगल प्रसाद उच्च माविको मैदानमा नेपालगन्ज उपमेयर कप महिला क्रिकेटको फाईनलमा नेपालगन्ज मोडेल एकेडेमी र होलि ल्यान्ड स्कुल बिच प्रतिस्पर्धा हुनेछ ।मंगलबार मंगल प्रसाद उच्च मावि खेल मैदानमा टस जितेर ब्याटिङ गरेको कोहलपुर स्पोर्टस एकेडेमीले १७.५ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ४ रन बनायो । कोहलपुरका दिपेन्द्र रावतले ३७ र...
खजुरामा खुल्ला जुनियर जुडो प्रतियोगिता सुरु

खजुरामा खुल्ला जुनियर जुडो प्रतियोगिता सुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ फागुन – शुक्रबारदेखि बाँकेको खजुरा गाउँपालिकामा राष्ट्रियस्तरको जुडो प्रतियोगिता सुरु भएको छ । खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा पालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।प्रतियोगिताका खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले बेल्ट हस्तान्तरण गरेर सुरु गरिन् । उनले खजुरालाई चिनाउन जुडा प्रतियोगिताले सहयोग गरेको बताइन् । उनले खजुरा जुडोको हब बन्दै गए पनि जुडोको लागि कुनै पनि भवन नभएकोले पालिकाले भवन निर्माणका लागि आगामी वर्षदेखि काम गर्ने बताइन् ।कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीले खजुराको वडा ३ ले खेलकुदमा फड्को मार्दै गएको बताए । उनले वडामा हुने खेलकुदका गतिविधिका लागि वडाले सधैं सहयोग र सहकार्य गर्ने बताए ।त्यस्तै कार्यक्रममा ज्ञानोदय नमुना ...