Saturday, June 27सत्यम खबर
Shadow

खेल

भेरी रकर्स र कोहलपुरको सहज जित

भेरी रकर्स र कोहलपुरको सहज जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ फागुन – नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भेरी रकर्स र कोहलपुर स्पोर्टस एकेडेमीले जित हासिल गरेका छन् ।कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भेरी रकर्सले रनियापुर युवा क्लबलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको रनियापुरले १७.६ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ६ रन बनाएको थियो । रनियापुरका लागि नफिज खानले अविजित ३४ रन र इरफान खानले ३४ रनको योगदान गरे । भेरी रकर्सका सहिब अन्सारीले ४ विकेट, सुरज दासले ३ विकेट र रकिन राना मगरले २ विकेट लिए । जवाफमा भेरी रकर्सले १४.१ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । भेरीका लागि साहिद अन्सारीले ६३ रन, समसुद्धिन अन्सारीले २४ रन र सद्धाव अन्सारीले अविजित १७ रन बनाए । रनियापुरका समसुद्धिन खानले १ विकेट लिएका थिए । खेलमा भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द म्याच घोषित भए ।अर्को खेलमा कोहलपुर क...
न्यु दर्पण र रनियापुर युवा क्लब विजयी

न्यु दर्पण र रनियापुर युवा क्लब विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ माघ – न्यु दर्पन र रनियापुर युवा क्लबले नेपालगन्ज मेयर तथा उपमेयर कपक्रिकेट प्रतियोगितामा आईतबार सफलता हासिल गरेका छन् ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा न्यु दर्पणले सेन्ट थोमस स्कुललाई ३२ रनले हरायो । अर्को खेलमा रनियापुर युवा क्लबले ज्यागवार क्रिकेट क्लबलाई ३९ रनले पराजित गरेको छ । मंगल प्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको न्यु दर्पणले १५ओभरमा ४ विकेटको नोक्सानीमा १ सय २२ रन बनाएको थियो ।न्यु दपर्णका विशाल गुबाजुले ५१ रन, अनिषपुन मगरले १५ रन, रिशम सिंह ठकुरीले १३ रन र विशाल पौडेलले अविजित १२ रन जोडे । सेन्ट थोमसका उत्सव बस्नेतले ३ विकेट लिए ।जवाफमा सेन्ट थोमस १३.४ ओभरमा ९० रन बनाएर अलआउट भयो । सेन्ट थोमसका कृष्ण आचार्यले ३८ रन र सुदिप श्रेष्ठले १३ रन बनाए । दर्पणका विशाल पौडेलले ४ विकेट र रमेश भण्डारीले ३ विकेट लिए । खेलमा ४ विकेट लिने दर्पणका विशाल प्ले...
आयोजक जय किसान स्पोर्टस क्लब च्याम्पियन

आयोजक जय किसान स्पोर्टस क्लब च्याम्पियन

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ माघ – आयोजक जय किसान स्पोर्टस क्लबले दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आईतबार जय किसान स्पोर्टस क्लबले बागमति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ ।जय किसानले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको पहिलो संस्करणमा जय किसानले कैलाली मसुरिया फुटबल क्लबलाई हराउँदै उपाधि जितेको थियो ।आईतबार जय किसानलाई लगातार दोस्रो पटक उपाधि दिलाउन निशान डाँगीले २ गोल गरे । खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा भएको फाइनल खेलमा डाँगीले खेलको २५ औं र ८० औं मिनेटमा गोल गरेका थिए ।प्रतियोगितामा जय किसानका प्रविणकुमार सुनार सर्वोत्कृष्ट खेलाडी, जय किसान कै कृष्ण क्षेत्री सर्वाधिक गोलकर्ता र बागमतिका करण शाही उत्कृष्ट गोल किपरको रुपमा पुरस्कृत भए ।प्रतियोगिताको विजेता टिम जय किसान स्पोर्टस क्लबले नगद रु १ ल...
नेपालगन्ज मोडेल, मंगल र मंगोलिनको जित

नेपालगन्ज मोडेल, मंगल र मंगोलिनको जित

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ माघ – नेपालगन्ज मोडेल एकेडेमी, मंगल स्कुल र धारा मंगोलियन स्पोर्टस क्लबको पुरुष टिमले शनिबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा शनिबार नेपालगन्ज मोडेल एकेडेमीले थ्रीस्टारलाई १ सय ६१ रनको फराकिलो अन्तरले हरायो । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभरमा ५ विकेटको नोक्सानीमा २ सय १५ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि सद्धाम खानले अविजित ५६ रन, अफाक शेखले ४९ रन, कप्तान सुबेन्दु पाण्डेले ४७ रनको योगदान गरेपछि टोलीले राम्रो स्कोर जोडन सफल भएको थियो । यता थ्रीस्टारका लागि रईस शेखले २ विकेट लिए ।जवाफमा थ्रीस्टार १३.३ ओभरमा ५४ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि सद्धाम शेख र विजय गुप्ताले १३/१३ रन बाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन् । नेपालगन्ज मोडेलका वलर हिजामुद्धिन हलवाईले सर्वाधिक ४ विकेट ...
ज्योति स्पोर्टस क्लब(ए) र भेरी रकर्सको सहज जित

ज्योति स्पोर्टस क्लब(ए) र भेरी रकर्सको सहज जित

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ माघ – ज्योति स्पोर्टस एकेडेमी(ए) र भेरी रकर्सको पुरुषको टिमले शुक्रबार नेपालगन्ज मेयर तथा उपमेयर कपक्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा ज्योति स्पोर्टसले फाल्कोन स्पोर्टस क्लबलाई सहजै १० विकेटले हरायो । अर्को खेलमा भेरी रकर्सले श्रीचन्द्र मेवालाल स्कुललाई ७ विकेट पराजित गरेको छ ।ज्योति विरुद्धको खेलमा टस जितेर ब्याटिङ गरेको फाल्कोन खराब सुरुआत गरेको थियो । फाल्कोनले १२.१ ओभरमा ३० रन जोड्दा अलआउट हुन पुगेको थियो । फाल्कोनका शारुख खानले ११ रन बाहेक अन्यले दोहोरो रन जोडन सकेनन् ।ज्योतिका सिद्धान्त राजशाहीले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच घोषित सिद्धान्तले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । सुनिल सुनार र रबिस बर्माले २÷२ विकेट लिए । प्लेयर अफ द म्याच सिद्धान्तलाई लुम्बिनीप्रदेश सभा सदस्य मा...
जय किसान स्पोर्टस फाइनलमा प्रवेश

जय किसान स्पोर्टस फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ माघ – कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याटिूक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बिहिबार खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविमा भैरहेको प्रतियोगितामा जय किसानले खजुरा युनाइटेडलाई ३/० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा कृष्णले खेलको ५९औं मिनेट, ६९औं मिनेट र ८०औं मिनेटमा गोल गर्दै टोलीलाई फाइनलमा पुग्न योगदान गरेका छन् ।यसअघि कृष्णले ह्याट्रिक गरेपछि बुधबार भएको क्वाटरफाइनलमा जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४/० ले सहजै पराजित गरेको थियो । अब माघको २९ गते हुने प्रतियोगिताको फाइनलमा जय किसान स्पोर्टस क्लबले सहारा क्लब इन्डिया र बागमती स्पोर्टस क्लब बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनलमा सहारा र बागमत...
नरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २६ माघ - बाँकेको नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सञ्चालन हुने छन् ।प्रतियोगिताको बिहिबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनु भएको थियो ।खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने अध्यक्ष शाहको भनाइ थियो ।अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाले आफ्नो जिम्मेवारीलाई जनताका पक्षमा दृढ रुपमा काम गरेको महसुस गरेको र जिल्लाका अन्य स्थानीय तह...
कर्मचारी संघकाे अध्यक्षमा भुपेन्द्र पुनमगर निर्वाचित

कर्मचारी संघकाे अध्यक्षमा भुपेन्द्र पुनमगर निर्वाचित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ माघ - कर्मचारी संघ मध्यपश्चिम क्षेत्रिय कार्यसमितीको अध्यक्षमा भुपेन्द्र पुन मगर निर्वाचित भएका छन् ।राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य विभिन्न जिल्ला तथा क्षेत्रिय कर्मचारी संघ गठनको प्रक्रिया अन्तर्गत आज नेपालगन्जको रंगशालामा सम्पन्न भेलाले मगरलाई क्षेत्रिय अध्यक्षमा निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा मान बहादुर चौधरी, सचिवमा मान बहादुर लामिछाने मगर, कोषाध्यक्षमा जग बहादुर नेपाली र सदस्यमा सुरेश बहादुर बम , भिम बहादुर थापा र मोहन बहादुर पाण्डे निर्विरोध निर्वाचित भएका थिए भने अध्यक्षमा भुपेन्द्र पुन मगर र सन्तोष कुमार श्रेष्ठको चुनावमा ६ मतान्तरमा भुपेन्द्र पुन मगर निर्वाचित भएका छन । यसै गरि उक्त भेलाले मध्य- पश्चिमाञ्चल क्षेत्रिय कर्मचारी संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गराइदिनु भएकोमा निर्वाचन अधिकृत अधिवक्ता विक...
फाल्कोन स्पोर्टस क्लब विजयी

फाल्कोन स्पोर्टस क्लब विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ माघ – नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बुधबार फाल्कोन स्पोर्टस क्लबले जित हासिल गरेको छ ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा फाल्कोन स्पोर्टस क्लबले नेपालगन्ज थन्डर ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज थन्डरले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १९ रन बनाएको थियो । नेपालगन्ज थन्डरका लागि फिरोज हास्मीले सर्वाधिक ३४ रन बनाए । ओपनर राहुल कनोजियाले १५ रन तथा गुडु केवटले १२ रनको योगदान गरे ।वलिङ तर्फ फाल्कोनका लागि सुनिल चौहानले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच सुनिलले ४ ओभरमा १२ रन दिएका थिए । यसैगरी फाल्कोनका सुमन गुरुङले २ विकेट लिन सफल भएका थिए ।जवाफमा फाल्कोनले १७.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । फाल्कोनका लागि नितेश विष्टले अविजित ३७ रनको योगदान गरे । उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरेकाथिए । इमरान ह...
मोडेल र न्यु डाँफे क्लब क्वाटर फाइनलमा प्रवेश

मोडेल र न्यु डाँफे क्लब क्वाटर फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ माघ – दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यु डाँफे क्लबले जित हासिल गरेका छन् ।जितसँगै मोडेल क्लब र न्यु डाँफे क्लब प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी–११ बर्दियालाई २/१ ले पराजित गरेको छ ।मोडेलका लागि मनु थापाले दुबै गोल गरेका थिए । उनले १७औं मिनेट र २३ औं मिनेटमा गोल गरेकाथिए । एफसी–११का लागि मोहन विकले ४०औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा न्यु डाँफे क्लबले रारा जनचेतना युवा क्लबलाई ४/२ गोल अन्तरले पराजित गरेको छ ।न्यु डाँफेका लागि सुदिप विकले २ गोल गरेका थिए । उनले खेलको ३६औं र ४६औं मिनेटमा गोल गरेकाथिए । डाँफेका लागि मनिष थापा र सुनिल खड्काले १/१ गोल गरे । मनिषले ५८औं र सुनिलले ७०औं मिनेटमा गोल गर्न सफल भएका थिए । यता रारा जनचेतनाका लागि लल...