Saturday, June 27सत्यम खबर
Shadow

खेल

सुस्ताकाे ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन, कुस्तीमा भारतकाे पहलवान प्रथम

सुस्ताकाे ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन, कुस्तीमा भारतकाे पहलवान प्रथम

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
संजय कुशवाहानवलपरासी, ११ मंसिर - नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नं.५ पक्लिहवाको ठाढी घाटमा सञ्चालन गरिएको मेला सोमबार सम्पन्न भएको छ ।मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारत केशरी रामेश्वर पहलवान विजेता बनेका थिए भने द्वितृयमा भारतको हरियाणा बस्ने राहिल पहलवान विजेता भएका थिए तथा त्रितृयमा भारतको महराजगंज जिल्लाका बृजेश पहलवानले हाथ पारेका छन् ।प्रथम हुने पहलवानलाई एक मुस्ट ३२ हजार नगद, द्वितृय हुनेलाई २० हजार नगद र त्रितृय हुनेलाई एक मुस्ट १० हजार नगद प्रदान गरिएको थियो । बिराट कुश्ती दंगल प्रतियाेगितामा २२ जोडी पहलवान प्रतिष्पर्धा गरेका थिए ।सो वडाका वडाध्यक्ष प्रभु यादवको अध्यक्षतामा भएको निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु ) को प्रमुख अथित्यता रहेको थियो ।सो अवसरमा सुस्ता गाउँपालिका प्रमुख टेकनराण पाण्डे, समा...
मुख्यमन्त्री कोहलपुर गोल्डकप: ३–१ ले पराजित गर्दै त्रिभुवन आर्मी विजयी

मुख्यमन्त्री कोहलपुर गोल्डकप: ३–१ ले पराजित गर्दै त्रिभुवन आर्मी विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, १९ कार्तिक – ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौंले (३(१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।चौथो दिनमा भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच भएको खेलमा त्रिभुवन आर्मीले (३(१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।खेल सुरु भएको १० मिनेटमा वि.एफ.सी. चितवन क्लबका खेलाडिल सुजित बुढाथोकीले १ गोल गरेका थिए त्यसको विरुद्ध त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले २७ मिनेट र मान बहादुर बुढामगरले ५६ र ६९ मिनेटमा २ गोल गरी ३ गोल हानेका थिए । त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले म्यान अफद म्याज धोषित भएका थिए । रोयल नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सुर्यमणी अधिकारी र समाजसेवी अञ्जना पाण्डेद्धारा बस्नेतलाई नगद रु ५ हजार रकम हतान्तरण गरिएको थियो ।प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफस...
१० वर्षपछि नेपाल टी-२० विश्वकपमा

१० वर्षपछि नेपाल टी-२० विश्वकपमा

आस्था, खेल, प्रदेश ५, समाचार
काठमाण्डौ, १७ कार्तिक – नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ। आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको हो। शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो। युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए। दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो। ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए। उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए। कुशलले आउट हुनुअघि २ चौका ह...
नवौं नेपालगन्ज म्याराथन मंसिर ९ गते हुने

नवौं नेपालगन्ज म्याराथन मंसिर ९ गते हुने

आर्थिक, आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – नवौं धारा नेपालगन्ज म्याराथन आउँदो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो ।नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष ९ गते शनिवार हुनेछ ।दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गते देखि खेलाडी दर्ता खुला गरिएको छ ।नेपालगन्ज म्याराथनको वेभसाइट (धधध।लभउबनिगलवmबचबतजयल...
नेपालगन्जमा लाठी खेललाई विकास र बिस्तार गरिने

नेपालगन्जमा लाठी खेललाई विकास र बिस्तार गरिने

अवधी, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ भाद्र - नेपालगन्जमा लाठी खेललाई विकास र विस्तार गर्ने उद्देश्यसहित जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ । स्पोर्ट्स क्लबको शनिवार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ । स्पोर्ट्स क्लब हिन्दु परम्परा अनुसार आत्म रक्षाका साथै विजयादशमी पर्वमा विभिन्न कला झल्काउने उद्देश्यका साथ खेलप्रेमी युवाहरूकाे उपस्थिति तथा नेपालगन्ज उप महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समीरप्रताप सिंहको प्रमुख अतिथ्यिमा जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन गरिएकाे छ । प्रमुख प्रशिक्षक अनिल वैश्यले दैनिक उपस्थित युवाहरूलाई प्रशिक्षण दिने बताउँदै उक्त कला मार्फत आत्मरक्षा गर्नुका साथै अध्यात्म ज्ञान बारे समेत जानकारी गराउनु भयाे । उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि तथा समाजसेवि माधव राम वर्मा, स्पाेर्ट क्लबका अध्यक्ष प्रवेश सिंह, सचिव अर्जुन जैसवाल सदस्यह...
नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा हुने

नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा हुने

आस्था, खेल, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगगन्ज, १६ श्रावण - नेपालगन्ज इन्डुरो टोलीले यहीँ साउन २७ गते नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा गर्ने भएको छ । टिम डि-एडजको आयोजनामा सुरु हुने क्रसराइडको यात्रा डि एड्ज फिटनेस क्लव, जङ्गल हुँदै राप्ती पुल, सन्तानेश्वर, अगैंया, कोहलपुर हुँदै पुन नेपालगन्ज आइपुग्ने टिम डिएडजका सञ्चालक तथा संस्थाका आयोजक दिनेश थापाले बताएका छन् । थापाका अनुसार श्रावण २७ गते शनिबार बिहान ६ बजे डि एड्ज फिटनेस् क्लवदेखि यात्रा गर्ने र नेपालगन्जका डर्ट मोटरसाइकल टिम एक भई बाँकेका धार्मिक तथा पर्यटकीय, कृषी क्षेत्रलाई पहिचान गराउने उदेश्यले डर्ट मोटरसाइकल यात्रा गर्ने बताएका छन । पर्यटकीय यात्रामा जान या थप जानकारीको लागि सम्पर्क ९८५१००८१९९ मा गर्न सकिने टिम इन्डोरो नेपालगन्जले बताएको छ। ।...
त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततिर

त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततिर

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ श्रावण – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गरेका थिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुक...
उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरसभाको १३औं अधिवेशनको दोस्रो वैठकबाट आज (शनिवार) बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएका हुन् । असार ९ गते बसेको नगरसभाको १३औं अधिवेशनको पहिलो वैठकमा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नु भएको थियो ।उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८÷०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नु भएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा बजेट ल्याइएको प्रमुख प्...
उपमहानगरभित्र अगामी बजेटमा शिक्षा स्वास्थ्यलाई प्राथमिकता

उपमहानगरभित्र अगामी बजेटमा शिक्षा स्वास्थ्यलाई प्राथमिकता

आर्थिक, आस्था, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ अषाढ – नेपालगन्ज उपमहानगरपालिकाको नगरसभाको १३औं अधिवेशन आज सुरु भएको छ । नगरसभाको १३ औं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नु भएको हो ।उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८÷०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको छ । यो बजेट चालू आर्थिक बर्षको भन्दा ४ करोडले बढी हो । चालू आर्थिक बर्षका लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको हो ।बजेट बक्तब्य वाचन गर्दै राईले समग्र नगर विकासका लागि वडा कार्यालयहरुसंगको सहकार्यलाई आत्मसाथ गर्दै चा...
विविध कार्यक्रम गरी ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा मनाइयो

विविध कार्यक्रम गरी ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा मनाइयो

आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ अषाढ – नेपालगन्जमा ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा एसओएस युवालय नेपालगन्जद्वारा बुधवार र शुक्रवार रक्तदान, युवालयका बालबालिका वीच विभिन्न खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको हो ।एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासको अध्यक्षतामा शुक्रवार रोचक साँस्कृतिक कार्यक्रम सहित नेपालगन्ज उपमहानगपालिका वार्ड नं. १२ बेलासपुर स्थित एसओएस परिसरमा सम्पन्न समापन समारोहमा खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रममा सहभागीहरुलाई पुरस्कार वितरण गरियो भने एसओएस अभियानमा साथ दिने सहयोगीहरुलाई र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा विशिष्ठ अतिथिहरु नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरेन्द्र यादव र य...