भ्रष्टाचार निर्मूल पार्न यादवको अध्यक्षतामा युवा संघ गठन !
CoVid19, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, श्रावण १–आज नेकपा एमाले डुडुवा गाऊँ पालिकाले वडा नं.६ मा ६ वटै वडाका युवाहरुको भेला गरी सती राम यादवको अध्यक्षतामा पालिका स्तरिय युवा संघ गठन गरेको छ ।
वडा नं.६ का नेकपा एमाले वडा कमिटी अध्यक्ष ओरीलाल मौर्यको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य मो.हारुन कादरीको प्रमुख आतिथ्य, नेकपा एमालेका नीरज गुरुङ्ग, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य डिल्ली बि.सी., नेकपा एमाले डुडुवा गाऊँ पालिका अध्यक्ष शकील खाँ, जिल्ला सदस्य जमील खाँ, सत्य नारायण बर्मा, मो.सगीर खाँ, अनेरास्वबियूका महेश बर्मा लगायतको अतिथ्यमा भएको भेलाले उपाध्यक्षमा ओम प्रकाश पुन, सचिव बुधराम जयसवाल, सह–सचिव उमेश सोनकर, कोषाध्यक्ष मनोज कुमार चौधर त्यसै गरी सदस्यमा अर्जुन बर्मा, सब्बीर खाँ, गणेश भण्डारी, शंकर क्षेत्री, रमेश जैसी, मुनव्वर शेष, राजेश खटिक, रंगीलाल यादव, इन्द्र बहादुर थापा, राम पाल गडरिया...







