नारायण माविका छात्रछात्राहरूले मायाकाे चिनाे प्रदान गरि स्वागत र विदाई कार्यक्रम मनाए
शुभम् शर्मा : नेपालगन्ज, २९ चैत्र - बाँके जिल्लाकाे ईतिहास बाेकेकाे नारायण उच्च माध्यमिक विधालय नेपालगन्जका कक्षा ११ र १२ का विधार्थीहरूले आज आईतबार स्वागत तथा विदाई कार्यक्रम भब्य रूपमा आयाेजना गरि मनाएका छन् ।
उक्त कार्यक्रम कक्षा ११ र १२ का १५० जना छात्रछात्राहरूले संयुक्त रूपमा विधालयका शिक्षक प्रतिनिधि तथा मुख्य अतिथि कृष्णा थापाकाे प्रमुख आतिथ्यता र कक्षा १२ का छात्रा बिष्णुमाया राेकाकाे सभापतित्वमा फरक तवरले मनाएका छन् ।
कक्षा ११ का छात्रछात्राहरूले कक्षा १२ का छात्रछात्राहरूलाई मायाकाे चिनाे प्रदान गरि विदाई गरेकाे थिए भने कक्षा १२ का छात्रछात्राहरूले कक्षा ११ का छात्रछात्राहरूलाई मायाकाे चिनाे प्रदान गरि स्वागत गरेका थिए ।
कार्यक्रममा कलाकार छात्रछात्राहरूले आ-आफ्नाे दामदार प्रस्तुतिद्वारा उपस्थित अन्य छात्रछात्राहरू तथा शिक्षक/शिक्षिकाहरूलाई मनाेरञ्जन गराएका थिए । उनीहरू...









