श्यामानन्दसिंह बहुप्रतिभासालीव्यतिmत्व । चित्रकार, हस्तकलाकार, मुर्तिकार, अभिनयकार, साहित्यकार, लेखक । बहुप्रतिभाका धनी सिंह बुवा स्वःविष्णु दत्त सिंह र आमा स्वःलक्ष्मी देवी सिंहको कोखबाट वि.स २०१२ साल आषाढ १२ गते धरतीमा जन्म लिनु भएको थियो । नेपाली कला संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकासको क्षेत्रमा सिंहको योगदान उल्लेखेनीय र प्रशंसा योग्य रहेको छ । कलाकार सिंहसंग गरिएको छोटो कुराकानी यंहा प्रस्तुत गरिको छ ।
– सर्बप्रथम तपाई प्रदेश ५ सरकारबाट बिभुसित हुनु भएकोमा धेरै धेरै बधाई ।
– धन्यवाद तपाईलाई ।
– तपाई बहुप्रतिभाशाली, सबै भन्दाबढी आफुलाई के भनेर चिनाउन चाहानु हुन्छ ?
– खासमा, म जति क्षेत्रमा संग्लग्न छु, ती सबै अलग अलग क्षेत्रको मान्छेलाई अलग अलग रुपमा चिनाउन चाहन्छु र आफु पनि त्यसरी नै चिनिन चाहन्छु ।
– यो क्षेत्रमा कहिलेबाट हात हाल्नु भयो ?
– मैले यस क्षेत्रमा गर्न लाको त ३ दशक भयो पहिले पहिले चित्रकला गर्थे बिस्तारै मेरो रुची हस्तकलासँगै अन्य विधाहरुमा पनि अघि बढ्न थाल्यो तर सबै विधाहरुलाई समान ध्यान दिंदै आएको छु ।
– समय कसरी मिलाउनु हुन्छ यति धेरै सिर्जना गर्नका लागि ?
–अहिले त हस्तकला निर्माणमा अधिकतम समय खर्ची रहेको छु र बेला बेलामा चित्रकलालाई पनि समय निकाल्छु र येसो कहिले काहिं साहित्य रचना पनि गर्छु । समय कसरी मिलिहाल्छ थाहा नै हुँदैन सबै आफै म्यानेज भैहाल्छ, अचम्म लाग्छ ।
– सबै क्षेत्रमा सफल हुनुको कारण ?
– मलाई लाग्छ मान्छेको लगनशिलता, निरन्तरता, रुचि र आत्मविश्वासले सबै क्षेत्रमा सफल हुनमा सहयोग पुर्याउँछ ।
– हाल तपाइले अफ्नै निवासमा कला संग्रहालय स्थापना गर्नु भएको छ के के हेर्न पाउँछन त्यहाँ सर्बसाधारणले ?
– हजुर मैले करिब ४÷५ बर्ष भयो नेपालगन्ज ०९ बाँके गाउँस्थित आफ्नै निवास मै संग्रहालय स्थापना गरेको छु । जहाँ आउने आगन्तुकहरुले धेरै कुराहरु हेर्न पाउने छन् । जस्तै ः बिभिन्न प्रकारका चित्रकला, हस्तकला, मुर्तिकला जसमा हाम्रो मौलिक एवम् लोपुन्मुख र इतिहासलाई चित्रण गरेको छु ।
– आफ्नै घरमा चाहि किन ? राज्यबाट केही सहयोग पाउनु भाछ ?
– बाध्यता छ, कलाकृति यति धेरै भैसके कि राख्ने ठाउँपनि छैन अब त, आर्थिक अभाव पनि छ । यदि राज्य तथा स्थानीय निकायबाट केही सहयोग मिलेको भए उचित ठाउँमा संग्राहलयको व्यवस्थापन हुन् सक्थ्यो र आम सर्बसाधारणलाई अवलोकनमा पनि सहज हुने थियो । तर विडम्बना कतैबाट सहयोग नपाएको हुनाले मैले घर मै संग्राहलय स्थापना गरी सेवा गरिरहेको छु, निशुल्क रुपमा ।
– हुन त तपाइले थुप्रै सम्मान प्राप्त गर्नु भएको छ । मुख्य कुनै ४ वटा सम्मानको जिकिर गर्नु पर्दा ?
– म एउटा कलाकार हुँ, मेरो लागि सबै सम्मान पुरस्कार समान नै लाग्छ । अब तपाइले मुख्यवटा सोध्नु भया,े त्यसमा चाहि २०७२ सालमा संस्कृति मन्त्रालयद्वारा प्रदान गरिएको छेत्रीय प्रतिभा पुरस्कार, ७२ साल मै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिएको लोककलामा बिषेश पुरस्कार, प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार जो मेरा गुरु हुनु हुन्त्यो र हालै प्रदेश ५ सरकारबाट प्रदान गरिएको पदक बिभुषण रहेको छ । यी लगायत जति पनि मैले सम्मान पुरस्कार प्राप्त गरेको छु ति सबैले मलाई थप प्रोत्साहन मिलेको छ ।
– हालसम्म कतिको हाराहारी कलाकृति निर्माण गरिसक्नु भयो ?
– मैले थुप्रै कलाकृतिहरु निर्माण गरिसको छु, जसमा चित्रकला, हस्तकला, मूर्तिकला गरी करिब ३ देखि ४ हजार कृति रहेका छन् ।
– यत्तिका धेरै कृति निर्माण गरिसक्नु भाछ, परिवारको साथ कति को रहेको छ ?
– कलाकृति निर्माणमा साथ नरहेता पनि समझदारी एवम् हेरचाहमुलक साथ सहयोग सधै रहँदै आएको छ, परिवारको जसले मलाई झनै उर्जा थपी दिन्छ ।
– तपाईका कलाकृतिहरुमा कुन धर्म, भेषभुषालाई देख्न सकिन्छ ?
– म एउटा स्वतन्त्र कलाकार हुृँ । मेरा लागी सबै जातजाती धर्म संस्कृति भेषभषा समान हुन, तसर्थ मेरा कलाकृतिहरुमा तपाईले सबैलाई समेटेको देख्न सक्नु हुनेछ ।
– हालसम्म कतिवटा कला प्रर्दशनी गरि सक्नु भाछ ?
– मैलै हालसम्म भन्नु पर्दा करिब ४०–५० पटक प्रदर्शनी गरि सकेको छु ।
– कलाकृति बिक्रि वितरण पनि गर्नु हुन्छ ?
– त्यसरी व्यापारको रुपमा मैले गरेको छैन, अब हेर्न आको बेला कसैलाई मन पर्यो र खरिदका लागि अनुरोध गर्नु हुन्छ भने कहिले काहिं दिने गर्छु । लग्नु हुन्छ धेरै व्यक्तिहरुले होटेल ब्यवासाहीहरुले पनि लाने गर्नु हुन्छ मन परेसी डेकोरेसनका लागि ।
– तपाईका साहित्य रचना पनि प्रकाशित देखि लिएर गीति अल्बम पनि रहेका छन् कुन–कुन छन् त्यसमा ?
– हजुर मेरो २ वटा सहित्य प्रकासित छन् । जसमा हिन्दि भाषामा “कबितायं श्यामानन्द कि” रहेको छ भने नेपाली भाषामा “वर्तमान दर्पण” रहेको छ र गीति अलब्मको कुरा गर्नु पर्दा मेरो अवधि भाषामा रहेको “अब तो खिड्की होइगा बन्द” रहेको छ
– तपाइको विचारमा कला साहित्यको बिकाशका निम्ति के गर्नु पर्छ ?
– त्यसका लागि सरकारी संरक्षणमा प्रशिक्षकहरुको व्यवस्था मिलाई सांगेतिक तथा कला प्रशिक्षण स्थलको रुपमा बिकाश गर्न जरुरी छ । जसबाट प्रतिभावान कलाकारहरुले आफ्नो कला प्रदर्शन गर्न पाउँथे र उनीहरुको मूल्यांकन सहि तरिकाले हुन सक्थ्यो र आउने पिडिहरुले राम्रो तरिकाले अध्ययन तथा सिक्ने अवसर प्राप्त गर्न सक्थे ।
– त्यतिका बर्षदेखि कलामा लिप्त हुनु हुन्छ, कला बिनाको जीवन कसरी लिनु हुन्छ ?
– वास्तवमा भन्नु पर्दा कला बिना मेरो जीवन पानी बिनाको माछा जस्तै लाग्छ मलाई, कला बिनामा मेरो जीवनको कल्पना नि गर्न सक्दैन, हृदय भित्र नै कलाले स्थान बनाई सकेको छ ।
– तपाइले आफ्नो संग्रहालयमा फालेतालेका बस्तुहरुको प्रयोगबाट थुप्रै आकर्षक कलाकृति निर्माण गर्नु भाछ, यो उमेरमा पनि यतिसम्मको उर्जा, लगनशीलता र सिर्जना कसरी आउँछ ?
– प्राय धेरैले यही प्रश्न राख्नु हुन्छ, मलाई लाग्छ यो मलाई माता सरस्वतिको अनुपम देन हो भने मेरो स्वःआमाबुवाको आशिर्बाद र परिवारजनको साथ सहयोग साथै मेरा प्यारा दर्शकहरुको अपार माया र हौसलाले गर्दा हो भन्ने मलाई लाग्छ ।
– तपाई बाँके निवासीपनि, यहाँका कलाकारहरुको स्तिथि कस्तो देख्नु हुन्छ ?
– यहाँ कलाकारहरुले कलालाई बचाउन संघर्स गरिरहेका छन् । गरिब तथा प्रतिभावान कलाकारहरु पैसाको अभाबमा आफ्नो कला प्रदर्शन गर्न नपाउँदा ओझेलमा छन् । आफ्नो कलालाई मर्न नदिन सबै जना एकजुट हुनुपर्ने तथा विभिन्न सरकारी गैरसरकारी संस्थाहरुले प्रतिभावान कलाकारलाई आफ्नो प्रतिभा देखाउने वातावरण बनाउन जरुरी देखिन्छ । हुन त पहिलेभन्दा केही विकास भएको मैले महसुस गरेको छु ।
– साहित्य र कला क्षेत्रमा लागेर जीवन निर्वाह गर्न सकिन्छ ?
– त्यसका लागी आर्ट ग्यालरीहरुको स्थापना, सहित्या एवम् कलाको प्रचार प्रसार कार्यक्रम स्थलको उचित व्यवस्था, विभिन्न तालिम सेमिनार, प्रतियोगिताको आयोजना, सरकारी पहलमा राष्ट्रिय अन्तर्राष्ट्रिय सहभागीता एवम् विधालय स्तरबाट नै कला साहित्यको विकाशका निम्ति प्रशिक्षक राखेको खण्डमा यस छेत्रमा लागेर पनि जीवन निर्वाह गर्न सकिन्छ जस्तो मलाई लाग्दछ ।
– अन्तयमा के भन्न चाहानु हुन्छ ?
– म अन्तयमा यो भन्न चाहान्छु कि नेपाल सरकार तथा स्थानिय निकायले हामी कलाकारहरुका लागि आफ्नो प्रतिभा देखाउने उचित स्थानको व्यवस्थापन गरिदियोस्, कलाकारहरुको मर्म बुझिदियोस् । कलाकृतिको संरक्षण र विकासको क्षेत्रमा केही गर्न चाहाने हालका एवम् भावी पुस्ताहरुका लागी सहज बाटो निर्माण हुन सकोस् ।
भगवानले एउटै व्यतिmलाई धेरै प्रतिभा कमै मात्र दिएको पाईन्छ । ६६ बर्षीय उमेरमा समेत परम्परागत, लोपोन्मुख तथा धार्मिक, सांस्कृतिक र दैनिक जीवनमा आधारित कला सामग्री निर्माण गरिरहेका श्यामानन्द सिंह ठकुरीको यो कार्य निकै प्रशंसनीय छ । उक्त कार्यको प्रशंसा गर्दै कलाकारलाई उत्प्रेरित गर्न सबै क्षेत्र लाग्न जरुरी छ, हाम्रो समाजमा रहेका यस्ता नायकको संरक्षण, प्रबद्र्धन एवम् विकास गर्नु स्थानिय सरकारले विशेष भुमिका निर्वाह गर्न आवश्यक देखिन्छ ।