Saturday, May 30सत्यम खबर
Shadow

कला/साहित्य

कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटक मञ्चन नहुने

कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटक मञ्चन नहुने

CoVid19, अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
- रमेश चन्द्र कुमालनेपालगन्ज, १८ असोज – कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटकको मञ्चन नहुने कुरा जानकारीमा आएको छ ।नेपालगन्जमा एक शताब्दीभन्दा बढीदेखि बडादशैंमा रामलीला नाटकको मञ्चन हुने गरेको छ । बडादशैं तथा विजया दशमीमा केही वर्षदेखि १३ नं. वडा बाँकी बगिया मैदानमा निर्माण भएको नाट्य मञ्चमा रामलीला नाटक कार्यक्रमको आयोजन हुँदै आएको छ । यसअघि ८ न. वडाको सेतु बाबुको हातामा लामो समयसम्म कार्यक्रमको आयोजना भयो सो पछि केही वर्षसम्म नाकाटोलको टण्डन राइस मिलमा आयोजन हुँदै आएको थियो । सबै भन्दा पहिले नेपालगन्ज टाँगास्टैण्ड नजिक सो रामलीला नाटकको मञ्चन गर्ने शुरुवात स्व. विशेश्वरनाथ सरजुप्रसाद टण्डनबाट आयोजन हुने गरेको इतिहास छ ।यसरी नेपालगन्जमा १५२ वर्षदेखि रामलीला नाटकको मञ्चन हुने गरेको पाइन्छ । २०७५ चैत्र ११ गतेमा कोरोना संक्रमणको कारण लकडाउन गरिएको थियो जसको कारण २०७७ मा १...
नेपालगन्जमा अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

नेपालगन्जमा अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ असाेज - विश्व अहिंसा दिवसको उपलक्ष्यमा अखिल भारतीय अदव परिषद एवं परिवर्तन फाउंडेशन नेपालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय कवि सम्मेलन भव्यताका साथ नेपालगन्जमा सम्पन्न भएकाे छ । कार्यक्रमको मुख्य अतिथि संघीय सांसद पूर्णकुमारी सुवेदी, विशिष्ट अतिथि कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सफीक बेहना, वरिष्ठ साहित्यकार सनत रेग्मी, सच्चिदानंद चौबे, बिष्णुलाल कुमाल, किरन आचार्य, कल्पना खरेल, गनेसा कार्की, मघई सिंह, सागर नेपाली, खुमा ओली, भारतबाट आएका सायर मुरादावादी, सरफराज हुसैन, शुभम कश्यप, पीके प्रचण्ड, देसराज सिंह, रश्मी प्रभाकर, रईस सिद्धकी लगायत दर्जनों बढी कविहरूले नेपाली र हिन्दी भाषामा आ-आफ्नाे गीत, गजल, कविता, सायर आदि प्रस्तुत गरी सभालाई मन्त्रमुग्द गराएकाे थिए । परिवर्तन फाउंडेशन नेपालका अध्यक्ष कृष्णादेवी पाण्...
श्यानन्द कला तथा संस्कृति प्रतिष्ठानको पहिलो साधारण सभा सम्पन्न

श्यानन्द कला तथा संस्कृति प्रतिष्ठानको पहिलो साधारण सभा सम्पन्न

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ असोज – श्याामनन्द कला तथा संस्कृति प्रतिष्ठान नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ । वरिष्ठ कलाकार शयामानन्दसिंह ठकुरी मूख्य संरक्षक रहेको प्रतिष्ठानका अध्यक्ष सागरसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले सर्वसम्मतबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।साधारण सभाले अध्यक्षमा पुनः सागरसिंह ठकुरी, भिमबहादुर सिंह उपाध्यक्ष, सन्तोष राढ सचिव, निरज देवकोटा सह सचिव, सागर क्षेत्री कोषाध्यक्ष र सदस्यहरु सुन्दर गुरुङ, सबितासिंह ठकुरी, सन्दीप अधिकारी, डिबि भण्डारी, टेकराज जैसी, शोभा गुरुङलाई चयन गरेको छ ।यसैगरि सल्लाहकार समितिमा डा. बिजय प्रधान, आर.के. देवकोटा, ससिराम कार्की र प्रेस सल्लाहकारमा खम्व पुनलाई चयन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका ९ बाँकेमा हाल रहेको प्रतिष्ठानको कला संग्राहलयले हाम्रो मौलिक कलाकृतिको संरक्षण, प्रवद्र्धन र कलाको बिकासमा टेवा पु¥याउ...
वरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन

वरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन

अपराध, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असोज – वरिष्ठ साहित्यकार सनत रेग्मीलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ । रेग्मीको ७५ औँ जन्मदिनका अवसरमा बाँकेका आठ वटा साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा नेपालगन्जमा आयोजित ‘सनत रेग्मीः अमृतोत्सव’ कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो । बाँकेका सबै साहित्यिक संस्थाहरु मिलेर कार्यक्रम आयोजना गरिएको यो पहिलो पटक हो । रेग्मीलाई त्रिभुवन विश्व विद्यालयका नेपाली भाषाका प्रा. डा. खगेन्द्र लुईंटेलले सबै साहित्यिक संस्थाहरुका तर्फबाट संयुक्त अभिनन्दन पत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रा. डा. लुईंटेलले रेग्मीको कृतित्व र व्यक्तित्वको कारणले नै व्यस्त कार्यतालिकाका बिच आफू नेपालगन्ज आएको बताए । रेग्मीले नेपाली कथा लेखनका माध्यमबाट नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको र प्रज्ञा प्रतिष्ठानमा रहँदा नेपाली भाषाको संरक्षण अभियानलाई पनि सहयोग गरेको...
नेपाल प्रहरीले चिनियाँ एप टिकटक चलाउनमाथि लगायो प्रतिबन्ध

नेपाल प्रहरीले चिनियाँ एप टिकटक चलाउनमाथि लगायो प्रतिबन्ध

CoVid19, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ४ असोज – नेपाल प्रहरीले डिउटी आवरमा चिनियाँ एप टिकटक चलाउनमाथि प्रतिबन्ध लगाएको छ । ओखलढुङ्गामा नेपाल प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने गरी कडा नियम लगाएको छ। सामाजिकरुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका हुन्। जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना...
प्रहरीको अगुवाईमा सर–सफाई कार्यक्रम सम्पन्न !

प्रहरीको अगुवाईमा सर–सफाई कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र २६–सहयोगी युवाहरुको संजालको सहयोगमा डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत रहेको खडैचा इलाका प्रहरी कार्यालयको आयोजनामा सर–सफाई कार्यक्रम सम्पन्न भएको छ । डुडुवा १ का वडा अध्यक्ष पटेश्वरी प्रसाद बर्माको सभापतित्व र सशस्त्र प्रहरी निरिक्षक हिमाल के.सी.को प्रमुख आतिथ्यमा शुरु भएको सर–सफाई कार्यक्रममा अतिथीहरु वडा सदस्य राम सागर लोनिय, शान्ति पुर्नस्थापना गृहकी अंजली शर्मा, बुद्धिजीवि कृष्ण गोपाल यादव, समाज सेवी बृजलाल यादव, वारिस शेष, कनिक तारा पासी, शुष्मा यादव, बृजु बर्मा लगायतको उपस्थितीमा इलाका प्रहरी कार्यालय खडैचा देखी शुरु भएको सर–सफाई कार्यक्रम पिपरहवा गाऊँ, पिपरहवा चौक, खडैचा गाऊँ, कधैपुर्वा हुंदै १ नं.वडा कार्यालयको परिसरको सर–सफाई गरी कार्यक्रम समापन भएको हो । इलाका प्रहरी कार्यालय खडैचाका इंचार्ज खिम बहादुर डांगीले अतिथीहरुको स्वागत गर्दै सबैला...
एक गौरवमय संस्कृति : अवधी संस्कृति

एक गौरवमय संस्कृति : अवधी संस्कृति

CoVid19, अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
मितिः २०७८ भाद्र २५ गतेभगवान यादवअवधी समाज प्राचिन सनातन समाज होय । वैदिक कालसे अवधी समाज कै आपन ऐतिहासिक सांस्कृतिक महत्व कै बर्णन बेद पुराणन मे मिलत है । हिन्दु समाज कै धार्मिक औ बैदिक भाषा संस्कृत के परिस्कृत देहाती भाषाके रुपमे भारोपेली भाषा परिवार अन्तरगत अवधी भाषा कै विकास भवा माना जात है । जहाँ परोसी देश भारत मे संबिधानतः अवधी का हिन्दी भाषा के एक भाषिका के रुपमे मान्यता है वहीँ नेपाल सरकार अवधी भाषा कैँहा संबैधानिक रुप मे राष्ट्रिय भाषा कै मान्यता दिहे है । नेपाल के लुम्बिीनी प्रदेश कै सब तराई मधेश जिल्ला नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाँग, बाँके तथा बर्दिया मे अवधी भाषा पहिला दुशरा या तिसरा मुख्य भाषा के रुप मे अस्तित्व मे है । वइसय भारत के उत्तर प्रदेश राज्य, मरिसस, लगायत के देश मे करीब ५ करोड के हाराहारी मे अवधी भाषी रहे तथ्याँक है । नेपाल मैंहा भवा २०६८ साल के जनगणना मुताबिक ...
नरैनापुरमा तीज साँस्कृतिक तथा नृत्य प्रतियोगिता सम्पन्न

नरैनापुरमा तीज साँस्कृतिक तथा नृत्य प्रतियोगिता सम्पन्न

CoVid19, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २४ भाद्र - नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ कोहलामा आज विहिबार हरितालिकाको अवसरमा बृहत तीज साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मुक्तिनाथ महिला समूहको आयोजना तथा नरैनापुर गाउँपालिकाको आर्थिक सहयोग सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसूद अहमद शाहको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष बीरेन्द्रपाल सिंह, जय राप्तीसोनारी गाउँपालिका वडा नंं ७ का वडा अध्यक्ष रामलखन थारु, किसान माध्यामिक बिद्यालयका अध्यक्ष बृजेन्द्र यादव, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग,नरैनापुर गाउँपालिका वडा नं.६ का वडा सचिव जिवनलाल यादव लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा प्रतियोगिताको एकल नृत्यतर्फ करिना भण्डारी प्रथम, शिक्षा शिरिष मगर दोस्रो, निशा भट्टराई तृती...
तिज विशेष कार्यक्रममा कलाकारहरुलाई सम्मान

तिज विशेष कार्यक्रममा कलाकारहरुलाई सम्मान

CoVid19, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ भाद्र – नेपाली नारीहरुको महान साँस्कृतिक पर्व हरितालिका “तिज” को अवसरमा भेरी साहित्य समाजका केन्द्रीय समिति र ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको संयुक्त आयोजनामा यहाँ बुधवार सम्पन्न तिज विशेष कार्यक्रममा नाचगान र दर खाने कार्यक्रमका साथ कलाकारहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।सो अवसरमा शिक्षाविद् तथा अग्रज साहित्यकार किरण आचार्यले तिजलाई साँस्कृतिक पर्वका रुपमा मात्र होइन महिलाहरुको हक र अधिकारको लागि आवाज उठाउँदै मनाइँदै आएको चर्चा गर्दै तिजको दिन निराहार व्रत बसेर अविवाहिता महिलाले राम्रो पति पाउन र विवाहिता महिलाले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तिज पर्व मनाउने परम्परा छ भन्नुभयो । उहाँले तर, व्रत बस्नु धार्मिक पाटो भए पनि व्रत बस्दा स्वास्थ्यका लागि पनि उपयोगी हुने र क्यान्सर रोग लाग्न नदिने सम्भावना न्यून हुने वैज्ञानिक तथ्य पनि प्...
कला क्षेत्रमा नयाँपन देखाउन मन पराउँछु : कलाकार सन्दिप बिसी

कला क्षेत्रमा नयाँपन देखाउन मन पराउँछु : कलाकार सन्दिप बिसी

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २३ भाद्र – खजुरा गाउँपालिका वडा नं. ४ का सन्दिप बिसीको नृत्य मोह उत्कृष्ट बन्दै गएको छ । सानै उमेरदेखि कलाकारिता क्षेत्रमा रुची राख्ने बिसीले अहिले सपना सकार हुँदैछ । थारु भाषाको गितबाट म्युजिक भिडियोमा जमेका कलाकार बिसी अहिले धमाधम भोजपुरी र नागपुरी म्युजिक भिडियोमा खेल्ने अवसर पाउँदै हुनुहुन्छ । पारिवारिक समस्या रहेका बिसीले कलाकारिता क्षेत्रमा जमेर केही गरेर देखाउने बताउनुहुन्छ । आफ्नो पहिलेदेखिको रुची भएको हुनाले अरु काम छोडेर पनि अवसर पाएको ठाउँमा मेहनतका साथ लगनसिल भएर काम गर्ने बताउनुहुन्छ । अग्रज गुरुहरुको सल्लाह बमोजिम अगाडी बढिरहेका बिसी घरायसी समस्याले केही बर्षको लागि विदेशमा पनि गएको बताउनुहुन्छ । आफु इमान्दार भए जहाँ पनि अवसर पाउने भएको हुनाले सोही अनुसार काम गरिरहेको उहाँले बताउनुहुन्छ । थारु जगतमा केही नयाँपन ल्याउने सोचका साथ अगाडी बढेको छु सबैको साथ सहयोग अति आ...