Wednesday, July 29सत्यम खबर
Shadow

कला/साहित्य

बाँके र कैलालीका स्रष्टालाई सम्मान

बाँके र कैलालीका स्रष्टालाई सम्मान

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक - मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिको आयोजनामा मानव अधिकार तथा शान्ति समाज नेपाल बाँकेको प्रायोजनमा आज सोमवार बाँके र कैलालीका दुई जना स्रष्टालाई सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मीको प्रमुख आतिथ्यमा मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिले मानव अधिकार तथा शान्ति समाज नेपाल बाँकेका सल्लाकार बिष्णुलाल कुम्हार तथा पवित्रा देबी चौलागाईलाई श्रष्टा सम्मानबाट र कैलाली जिल्लाका रबिना चौधरी, नारायण दाहाललाई श्रष्टा सौगात –२०७८ बाट, नगद राशी रु. २०/२० हजार रुपैया सम्मान– पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । मानव अधिकार तथा शान्ति समाज नेपाल बाँकेका अध्यक्ष प्रभाकर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष सुशील ब...
तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ कार्तिक - मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज शनिबार साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानव अधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्य मार्फत् उजिल्याएको टिप्पणी गरे । उनले भने, ‘अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै यस उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यङ्ग्य गरेको छ ।’ अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा यसको महत्व अझ बढ्ने उनले बताए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर...
भोलिदेखि सुखद सत्सङ्ग कार्यक्रम शुरु

भोलिदेखि सुखद सत्सङ्ग कार्यक्रम शुरु

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, १३ कार्तिक - सुखद सत्सङ्ग कार्यक्रम आयोजना हुने एवं भव्य रुपले मनाउने तयारी गरिएको छ । स्थानीय जानकी गाउँपालिका वडा नम्बर ५ गुरूवागाउँमा हुन गइरहेको सत्संग कार्यक्रम कार्तिक १४ गते आईतबारदेखि १६ गते मंगलबारसम्म सुखद सत्संग कार्यक्रमको आयोजना हुने कार्यक्रमका संयोजक जगतराम कुर्मीले बताउनुभयो । सत्संग कार्यक्रम साँझ ६ बजेदेखि ९ बजेसम्म हुने सत्संग प्रचार प्रसार समितिका सदस्य मनमोहन वर्माले बताउनु भयाे । पारिवारिक तथा सामाजिक सौहार्द आत्मिक शान्ति एवं अध्यात्मिक ज्ञानको माध्यमबाट समाज विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको सुखद सत्संग कार्यक्रममा सहभागी भई सत्सङ्गको लाभ उठाउनु समिति सदस्य बिमलकुमार बर्माले सबैमा अनुराेध गरेका छन् । कार्य समितिका पदाधिकारीहरुले यस आयोजनालाई भब्य र सभ्य” तरिकाले आयोजना गर्नुहोस, कामना छ। हामी सबै नगरवासीहरुको हुन सक्ने सबै सहयोग ह...
हडियाबाबा आश्रममा “भण्डारा एवम् मेला” काे तयारीमा वडा समिति

हडियाबाबा आश्रममा “भण्डारा एवम् मेला” काे तयारीमा वडा समिति

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक - श्री श्री १००८ हडिया बाबा आश्रममा हरेक वर्ष आयोजन हुने "भण्डारा एवम् मेला" यस वर्ष पनि भब्य रूपले मनाउने तयारी गरिएकाे छ । स्थानिय पर्यटकीय तथा धार्मिक आश्रममा मसिंर ५ गते आईतवारदेखि १० गते शुक्रवारसम्म "भण्डारा एवम् मेला" काे आयोजना हुने हडिया बाबा आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले बताउनु भयाे । काेराेना संक्रमणपछि हुने यस पटककाे मेलालाई नेपालगन्ज उपमहानगरपालिका ६ नं. वडाका आम सर्वसाधारण वर्गका साथै नेपालगन्जका सम्पुर्ण नगरबासीहरुले बडो चाँसोका साथ लिइँ रहेका छन् । "भण्डारा एवम् मेला" मा आयोजना हुने साँस्कृतिक एवम एतिहासिक वार्षिक आयोजनहरु, पर्वहरुमा कोभिड एवम् विभिन्न बहाना देखाइ कार्यक्रम आयोजन नगर्ने र कार्यक्रम आयोजनबाट पन्छिने कार्य यस अगावै भएकाे सर्व-विधितै छ। जसबाट श्रद्धालुहरू दु:खी र निराशाजनक भएकाे थिए छ। साेही विगतकाे कार्यशैल...
धार्मिक आस्थाकाे प्रतिक करवाचौथ नेपालगन्जमा मनाईयाे

धार्मिक आस्थाकाे प्रतिक करवाचौथ नेपालगन्जमा मनाईयाे

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम शर्मानेपालगन्ज, ५ कार्तिक - विशेष गरि अवधी भाषी महिलाहरूले धार्मिक र सामाजिक आस्थाकाे रूपमा मनाउने करवाचाैथ पर्व आजभाेलि नेपालगन्जमा सबै भाषी र वर्गका महिलाहरू मिलि भब्य रूपमा मनाउन शुरू गरेका छन् । कार्यक्रमकाे नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य तथा राष्ट्रिय प्रजातान्त्रिक मधेस महिला संघका अध्यक्ष कृष्णादेवि पाण्डेले संयुक्त रूपमा दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरेका थिए । उपमेयर थापाले "यो मधेसी महिलाहरुले मात्र नभई सम्पूर्ण हिन्दु नारीहरुले मनाउनु पर्ने बताउनु भएको थियो ।" कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक मधेसी महिला संगठन अध्यक्ष पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे । पुर्खौबाट चल्दै आएको पर्व मनाएको देखेर आफुलाई अझै भब्य र ब्यवस्थित हुने रहर जागेको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँल...
चुनरी रे चुनरी म्युजिक भिडियोको छायाङ्कन सम्पन्न

चुनरी रे चुनरी म्युजिक भिडियोको छायाङ्कन सम्पन्न

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ कार्तिक - चुनरी रे चुनरी उरगिल बा तोहार हावासे बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । थारु जगतका चर्चित गायक उमेश मुस्कान र चर्चित गायीका अनु चौधरीको स्वरमा रहेको चुनरी रे चुनरी उरगिल बा तोहार हावासे बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । गितमा चर्चित मोडल कृष्णराज अधिकारी र चर्चित मोडेल दुर्गाराना मगरको मुख्य भुमिका रहेको छ । मोडल कृष्णराज अधिकारीले ४ वटा फिल्ममा मुख्य भुमिका निभाईसक्नु भएको छ भने करिव ६० वटा म्युजिक भिडियोमा मोडलिङ्ग गरिसक्नु भएको छ । यस्तै मोडेल दुर्गा रानामगर भने २ वटा चर्चित चर्चित म्युजिक भिडियोमा मुख्य भुमिका निभाई सक्नुभएको डान्स डाइरेक्टर सुबेदीले बताउनुभयो । गितको छायाङ्कन बाँकेको रमणिय स्थान गाभर भ्याली र कोहलपुर नगरपालिका भित्र भएको डान्स डाइरेक्टर नवराज सुबेदीले जानकारी गराउनुभयो । गितको प्रोडुसर उदयलाल रानामगरको रहेको ...
‘थारुकै कोखबाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिए’ : गायक परियार

‘थारुकै कोखबाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिए’ : गायक परियार

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ कार्तिक – बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ३ बैजापुरका थारु गायक विश्वसागर परियारलाई थारु गीत गायनबाट चर्चा कमाउन सफल भएका छन् ।बाँकेको विकट क्षेत्र सुगम जिल्लाको दुर्गम बस्तिमा जन्मेका चर्चित थारु गायक परियारले थारु गायनलाई आफुले चर्चामा ल्याएको दावी गर्नुहुन्छ । पछिल्लो समय जताततै विश्वसागर कै गीत गुन्जनुले आफुलाई थारु संस्कृतिलाई जगेर्ना गर्ने झन हौसला थपेको बताउनुहुन्छ ।थारु गीत संगितबाटै यस क्षेत्रमा हजारौ दर्शकको मन जित्न सफल भएको पाउँदा आफुलाई खुसी भएको महसुस हुनेगरेको गायक परियारले बताउनुभयो । थारु गाउँमा जन्मेहुर्केका गायक परियार थारु गीतलाई निरन्तरता दिने र थारु कला संस्कृतिलाई बचाउने हरसम्भव प्रयत्नरत रहने बताउनुहुन्छ । पछिल्लो समय थारु गितमा थारु भाषाको अपमान हुँदैछ उहाँले भन्नुभयो, थारु गितमा पनि अचेल अन्य भाषा शब्दहरु मिसाएका हुन्छन यसमा मेरो सहमत नरह...
“बिहे भाछैन” सार्बजनिक

“बिहे भाछैन” सार्बजनिक

CoVid19, कला/साहित्य, प्रदेश ५, समाचार
नेपालगन्ज, २२ असाेज - नेपाली लोकगीत संगीत क्षेत्रमा प्रिय बन्दै गएकी गायिका तथा मोडल सिर्जू अधिकारी र अर्जुन सुनामको स्वरमा “बिहे भाछैन” भर्खरै मात्र सार्बजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा “पूआ जोडी” अर्थात् पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड रहेको छ । “बिहे भाछैन” बोलको गीतको भिडियोमा पूआ जोडीको आकर्षक नृत्य समेत देख्न सकिन्छ । हरी लम्सालको संगीत रहेको “बिहे भाछैन” बोलको गीत दर्जनौं सफल गितका गितकार एस.पी सापकोटाको र स्वर भने अर्जुन सुनाम र सिर्जु अधिकारीको रहेको छ । एस.पी सापकोटाको भिडियो निर्माण रहेको गीतको म्युजिक भिडियोलाई सुदिप बरालको छायांकन रहेको छ भने सम्पादन अर्जुन जि.सी ले गरेका छन् । “बिहे भाछैन” बोलको गीतलाई बिहिबार राजधानीमा प्रेसमिट गर्दै भिडियो सार्वजनिक गरिएको थियो ।...
भोलि  “द रोयल युनिसेक्स सलुन” उद्घाटन हुँदै

भोलि “द रोयल युनिसेक्स सलुन” उद्घाटन हुँदै

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० असाेज - बाँके नेपालगन्जको न्युरोडमा भोलि `द रोयल युनिसेक्स सलुन´ काे शुभारम्भ हुँदै उद्घाटन गरिने तयारी पूरा भएकाे छ ।ब्युटिसियन मन्जु चन्दले आफ्नो ब्युटिपार्लरलाई नयाँ ढङ्गबाट सुरुवात गर्ने भएकी छिन् । बाँके नेपालगन्जको न्युरोडमा ‘द रोयल युनिसेक्स सलुन’ भोलिदेखि नयाँ स्वरुपमा सञ्चालनमा ल्याउन लागेकी छिन् । असोज २१ गते अथवा घटस्थापना दिवसको अवसर पारेर भोलि बुधबार दिउँसो ११ सो व्युटिपार्लर तथा सलुनको उद्घाटन गरिने भएको छ। `द रोयल युनिसेक्स सलुन’ मा ब्युटिपार्लर सम्बन्धि सम्पूर्ण सुविधा, जेन्स, लेडिज सैलुन तथा ट्रेनीङ सेन्टर समेत उपलब्ध भएको उक्त पसल अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय सिस्टममा व्युटिपार्लर नेपालगन्जमा भित्र्याईएकाे जनाईएकाे छ । ब्युटिपार्लरमा लेडिज सम्बन्धि विभिन्न ब्रान्डका ब्युटिसियन सामान पाउनुका साथै भित्रि बस्त्रहरु समेत बिक्री वितरण गरिने सञ्चालकले बताए...
‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

आस्था, कला/साहित्य, धार्मिक, विदेश, समाचार
काठमाडौं, २० असोज - पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको गए राति निधन भएको छ ।सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको लोकप्रिय धारावहिक ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राती निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित ८३ वर्षीय त्रिवेदीको आफ्नै घरमा निधन भएको हो । ‘रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल’ मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए ।यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । त्यस समय ‘रामायण’ मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताएका थिए ।...