Friday, March 14सत्यम खबर
Shadow

नरैनापुरमा तीज साँस्कृतिक तथा नृत्य प्रतियोगिता सम्पन्न

नरैनापुर, २४ भाद्र – नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ कोहलामा आज विहिबार हरितालिकाको अवसरमा बृहत तीज साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मुक्तिनाथ महिला समूहको आयोजना तथा नरैनापुर गाउँपालिकाको आर्थिक सहयोग सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसूद अहमद शाहको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष बीरेन्द्रपाल सिंह, जय राप्तीसोनारी गाउँपालिका वडा नंं ७ का वडा अध्यक्ष रामलखन थारु, किसान माध्यामिक बिद्यालयका अध्यक्ष बृजेन्द्र यादव, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग,नरैनापुर गाउँपालिका वडा नं.६ का वडा सचिव जिवनलाल यादव लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा प्रतियोगिताको एकल नृत्यतर्फ करिना भण्डारी प्रथम, शिक्षा शिरिष मगर दोस्रो, निशा भट्टराई तृतीय र निरन्जना गिरी सान्तावना भएका छन् । विजयी प्रतियोगीहरुलाई क्रमशः २०००, १५००, १००० र ५०० नगद प्रदान गरिएको छ ।

त्यसैगरी सामुहिक नृत्य प्रतियोगितातर्फ जय किसान माध्यामिक बिद्यालयको सृजनशिल किशोरी क्लब प्रथम भएको छ । सो क्लबले नगद ४ हजार प्राप्त गर्न सफल भएको छ ।

उक्त समुहमा दुर्गा चौधरी, टीका रोकाय, करुना बि.क. र रिता पुनले नृत्य प्रस्तुत गरेका थिए । सो नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा सूर्यलाल यादव, भिष्म लोध र धनु भट्टराई रहेका थिए । सो कार्यक्रमको सन्चालन अरुण यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *