
नेपालगन्ज, १६ असाेज – विश्व अहिंसा दिवसको उपलक्ष्यमा अखिल भारतीय अदव परिषद एवं परिवर्तन फाउंडेशन नेपालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय कवि सम्मेलन भव्यताका साथ नेपालगन्जमा सम्पन्न भएकाे छ ।
कार्यक्रमको मुख्य अतिथि संघीय सांसद पूर्णकुमारी सुवेदी, विशिष्ट अतिथि कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सफीक बेहना, वरिष्ठ साहित्यकार सनत रेग्मी, सच्चिदानंद चौबे, बिष्णुलाल कुमाल, किरन आचार्य, कल्पना खरेल, गनेसा कार्की, मघई सिंह, सागर नेपाली, खुमा ओली, भारतबाट आएका सायर मुरादावादी, सरफराज हुसैन, शुभम कश्यप, पीके प्रचण्ड, देसराज सिंह, रश्मी प्रभाकर, रईस सिद्धकी लगायत दर्जनों बढी कविहरूले नेपाली र हिन्दी भाषामा आ-आफ्नाे गीत, गजल, कविता, सायर आदि प्रस्तुत गरी सभालाई मन्त्रमुग्द गराएकाे थिए ।
परिवर्तन फाउंडेशन नेपालका अध्यक्ष कृष्णादेवी पाण्डेयकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएकाे थियाे भने साहित्कारहरूलाई सम्मान समेत गरिएकाे थियाे ।
