नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्साको नियमन गर्दै
नेपालगन्ज, २९ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाले अवैध रुपमा सञ्चालन भएका अटोलाई नियमन गर्दै नियन्त्रणमा लिन शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको संयुक्त आयोजनमा नेपालगंज बजारको गणेशमान चोकदेखि अटो रिक्सा नियन्त्रणमा लिन शुरु गरेको हो ।
यातायत व्यवस्था कार्यालयमा दर्ता नभएका र नेपालगन्ज उपमहानगरपालिकामा सुचिकृत नभएका अटोहरुलाई नियन्त्रणमा लिन शुरु गरेको नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्ट विष्टले बताए । नेपालगन्ज बजार क्षेत्रमा अवश्यकता भन्दा धेरै अटो भएको र जथाभवी सञ्चालन हुँदै आएकोले नियन्त्रणमा लिन शुरु गरेको मेयर विष्टले बताए । बजारभरी अवैध रुपमा सञ्चालन भएकोले बजार क्षेत्रमा दुर्घट्ना बढ्दै गएको कारणले अटोलाई नियन्त्रित गर्ने प्रयास गरेको उनको भनाई छ ।
‘हामीले कारवाही गरेका होइनौं, नियमन गर्ने प्रयास गरेको हौं, व्यवस्थापन गर्ने हो क...









