नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा गठन
नेपालगन्ज, ८ चैत्र – डोल्पा जिल्लाको दुनैमा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा शनिवार गठन गरिएको छ ।
ठूलिभेरी नगरपालिका वार्ड नं.–३ दुनैमा स्थानीय ब्लू सीप होटलको सभाकक्षमा डोल्पा जिल्ला अस्पतालका मे.सु. डा.सिजन रावलको अध्यक्षता र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता, जिल्ला प्रशासनका कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको बिशेष आतिथ्य४५ औं जिल्ला शाखा गठन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको यो ४५ औं जिल्ला शाखाको नव गठित सो भेलाले स्वास्थ्यकर्मी समेत रहनुभएका सामाजिक अभियन्ता राजन कुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । उपाध्यक्ष पदमा दिलमाया के.सी.,सचिव पदमा कर्ण वि.क., कोषाध्यक्ष पदमा मिनराज बुढा-बिबश) चयन भएका छ...









