प्रशासकीय अधिकृत रेग्मीलाई उपमहानगरपालिकामा स्वागत
नेपालगन्ज, ३ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सहसचिव हिरालाल रेग्मी सरुवा भई आउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई शुक्रबार नेपालगन्ज उपमहानगरपालिाकामा स्वागत गरिएको छ ।सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काको विदाई गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगरलगायतले रेग्मीको स्वागत र खड्काको विदाई गर्नुभयो ।
२०५७ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी लामो समयसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा काम गरेको अनुभव छ । रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गर्नुभयो भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभयो ।२०६६ सालमा उपसचिव हुनुभएका रेग...









