
काठमाण्डौ, २६ बैशाख – कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनर्मिलनका लागी र ‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा आज गरिएको छ । यहि बैशाख २६ गते आईतबार दक्षिणा कोरियामा छैटौं र्याली अफ अन्तर्गत भएको समारोहमा यूपीएफका सहसंस्थापक डा.हाक जा हान मुनले यस्तो घोषणा गर्नुभएको हो ।
युनिभर्सल पीस फेडरेशन (यूपीएफ) द्वारा आयोजना गरिएको छैटौं र्याली अफ होपमा नेपाल लगायत संसारभरका बिभिन्न टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत लाइभ प्रसारण गरिएको कार्यक्रममा करौडौले सहभागिता जनाएका थिए ।
युपीएफको यो शान्ति पहलकदमीले विश्व शान्तिमा केन्द्रित भई विश्वभरिका लाखौं मानिसहरूको ध्यान तान्दै आएको छ । यूपीएफका सातओटा अन्तर्राष्ट्रिय संघसँग जोडिएका “पेशागत विज्ञहरुको समूह” सम्पुर्ण क्षेत्रका विषेशज्ञहरुको विश्वव्यापी संजाल समावेश हुनेछ । यसरी तयार गरिएको विज्ञहरुको समूहले वेबिनार, तथ्य पत्ता लगाउने भ्रमण, परामर्श, आत्मविश्वास निर्माण प्रयास जस्ता कार्यक्रमहरुको श्रृंखला विकास गर्नेछन् र महत्वपूर्ण देशहरूको भ्रमण गर्न उच्चस्तरीय प्रतिनिधिमण्डलमा व्यक्तिव्यक्ति बिचमा कूटनीतिक पहल गर्ने बताईएको छ ।
यूपीएफका अन्तराष्ट्रिय अध्यक्ष डा.थोमस जि. वाल्श भन्छन् ‘थिंक ट्यांक २०२२ ले कोरियाली प्रायद्वीपमा शान्ति प्रबर्द्धनका लागि समर्पित सरकारी एजेन्सीहरू र बहुपक्षीय संगठनहरूको कामलाई समर्थन र बढावा दिने प्रयत्न गर्नेछ किनकि हाम्रा प्रत्येक प्रयासहरु दिगो शान्ति र सामाजिक विकासको लागि हुन् ।’

थिंक ट्यांक २०२२ लेस्वतन्त्रता, विश्वास, परिवार र अरूको खातिर बाँच्ने आवाजलाई बुलन्द गर्ने बताईएको छ । थिंक ट्यांक २०२२ ले रणनीति, नीति र नागरिक मतको खोजी गरि, सामूहिक बुद्धि र ज्ञानको प्रयोग गरि उत्तर कोरियालाई राष्ट्रहरु परिवारमा सामेल गराउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
समारोहमा कम्बोडियाका प्रधानमन्त्री सामदेक हुन सेन, नाईजरका राष्टूपति मोहम्मद बाजुम, संयुक्त राष्ट्र संघ, पूर्व महासचिव बान की मून, यूरोपीयन आयोग अध्यक्ष एवम् नोबेल पुरस्का बिजेता जोसे मानुएल बारोसो, युएन विश्व खाद्य कार्यक्रम कार्यकारी निर्देशक डेभिड ब्यासले, अक्सफोर्ड भ्याक्सिनका सहविकासकता प्रो. साराह गिलबर्ट, संयुक्त राज्य अमेरिका प्रतिनिधि सभा पूर्व अध्यक्ष न्युट गिनरिच लगायतका बत्ताहरुले सम्बोधन गरेका थिए ।
राजनीतिक, धार्मिक, जातीय र वैचारिक सीमाभन्दा माथी उठेर , पारस्परिक निर्भरता (पारस्परिक सम्मान, सहयोग, र हाम्रो साझा मानवताको मान्यता), आपसी समृद्धि (चरम गरिबी निवारण, र मानव जातिको बिकास) र ब्रह्माण्डिय मूल्यहरू (विश्वासमा आधारित साझा आधार जुन हामी राष्ट्रियता, धर्म, संस्कृति, र जातिको सीमाभन्दा बाहिर रहेर बाँड्दछौ) आदर्शमा आधारित रहि शान्तिमय संसार निर्माण गर्न पहल गर्नेछ ।
अगस्त २०२० देखि यता ५ वटा र्याली अफ होप भइसकेका छन्, प्रत्येकमा विश्वभरि १ करोड भन्दा बढी अनलाइन सहभागीहरू जोडिएका छन् । विश्वव्यापी रूपमा प्रसिद्ध नेताहरूले कोभिड–१९ महामारी, वातावरणीय गिरावट, गरीबी र असमानता, जातीय र जाति सम्बन्ध, र अन्तर्राष्ट्रिय सुरक्षा जस्ता विभिन्न विषयहरूलाई सम्बोधन गरेका थिए । सो समारोहमा राष्ट्रपति र प्रथम महिला, संसद, धार्मिक नेता, मिडिया, विद्वान, कलाकार, व्यवसायिक नेताहरू र स्वतन्त्रता, शान्ति र एकतालाई अँगाल्ने सम्बन्धित नागरिकहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । समारोहको एक दर्जन भन्दा बढी भाषामा अनुवाद गरिएको थियो नेपालमा पनि छैटौं र्याली अफको न्यूज २४ र प्राईम टाइम्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेका थिए ।
