Sunday, May 31सत्यम खबर
Shadow

आस्था

खजुराका किसानलाई मोटर प्रदान

खजुराका किसानलाई मोटर प्रदान

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
खजुरा, ७ अषाढ - खजुरा गाउँपालिकाले लघु उद्यम कार्यक्रम अन्तर्गत १८ जना किसानहरूलाई मोटर वितरण गरेको छ । गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा मोटर प्रदान गरिएको हो ।करीब १७ हजार लागत रहेको १ दशमलव ५ हर्ष पावर मोटर २ इन्च पानी फाल्ने बताइएको छ । मोटर हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले कृषिमार्फत रोजगारी श्रृजना गर्ने उद्देश्यले किसानलाई कृषि सामाग्री वितरण गर्दै आएको बताए ।कार्यक्रममा उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्य भागीरथ सुनार, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, मन्जु खनाल लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो ।...
अमर प्रहरी स्मारक उद्घाटन

अमर प्रहरी स्मारक उद्घाटन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ अषाढ – जिल्ला प्रहरी बाँकेको कार्यालय परिसरमा नव निर्मित अमर प्रहरी स्मारकको एक कार्यक्रमका बिच उद्घाटन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका सेनानी नकुल थापा, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक असोक बम, राष्ट्रिय अनुसन्धान निर्देशक नरेन्द्र गिरि लगायत स्मारक निर्माण समितिका पदाधिकारीहरु तथा स्मारक निर्माणमा सहयोग पु¥याउनु हुनेहरु तथा पुर्व प्रहरी, अशक्त प्रहरीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले स्मारक निर्माण समितिलाई धन्यवाद दिँदै अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक आवश्यक हुने कुरा समेत ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रहरी उपरीक्षक रानाले स्मारक निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहर...
सशस्त्र प्रहरीद्वारा ६० हजार बढी मास्क वितरण

सशस्त्र प्रहरीद्वारा ६० हजार बढी मास्क वितरण

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ अषाढ - नेपालगन्जको जमुनाह नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ६० हजारबढी मास्क वितरण गरिएको छ । बैशाख २२ गतेदेखि असार ३ गतेसम्मको अवधिमा ६० हजार ५ सय पीस सर्जिकल मास्क वितरण गरिएको सशस्त्र प्रहरीका एसपी अशोककुमार बमले जानकारी गराउनुभयाे । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको मातहत रहेको जमुनाह बिओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले उक्त अवधिमा ६० हजारबढी मास्क, २ सय ७० लिटर सेनिटाइजर, कोभिड विरुद्धका १ हजार १ सय पिस सचेतिकरण पर्चा समेत वितरण गरिएको एसपी बलमे जानकारी गराउनुभयाे । स्वास्थ्य मन्त्रालय युनिसेफ, आधार विकास नेपाल र नेपाल रेडक्रसको संयुक्त सहयोग र सहकार्यमा सशस्त्र प्रहरीले ८ सय एन्टिजेट किट, १० पिस गाउन, २ सय ७२ पिस ग्लोब्स र ४९ पीस फेस माक्स समेत वितरण गरिएको बताए । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नेपाल भारत सीमा नाकालाई ब...
वडा सदस्य बर्माकाे पहलमा मन्दिर निर्माण

वडा सदस्य बर्माकाे पहलमा मन्दिर निर्माण

CoVid19, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ अषाढ - बाँकेको जानकी गाउँपालिका वडा नंं.–३ का वडा सदस्य उमेश वर्माको नेतृत्वमा अफ्नो वडा र टोलहरुमा जनताको मन जित्न सफल भएका युवा नेता उमेश वर्माको विशेष पहलमा करमोहना गाउँ स्थित श्री कालीमाई माताको मन्दिर निर्माण गरिएको छ । करमोहना गाउँदेखि ढोढेगाउँ र परसपुर जाने सडकमा जोडिएको छ, वर्माको विशेष सहयोगमा सडक निर्माण भएको छ । कोरोनो महामारीमा पनि रात दिन नभनी जनताको सेवामा निरन्तरता दिएकाेले वडाबासीहरुमा खुशी छाएको छ । बर्मा वडा सदस्य भएतापनि विकास कार्यमा हर समय आफनो पाइला अगाडी बढाउँदै आई रहेका छन् । त्यसकारण जनताहरुले पनि उहाँको माथि विश्वास पनि गरी रहेका छन् ।...
अन्जनी माता रसाेईलाई चित्रगुप्त समाजकाे सहयाेग

अन्जनी माता रसाेईलाई चित्रगुप्त समाजकाे सहयाेग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ अषाढ - चित्रगुप्त सेवा समाज बाँकेले भेरी अस्पतालमा सञ्चालित अञ्जनी माता रसोइका लागि शनिबार सहयोग स्वरुप एघारा हजार बढी रकम हस्तान्तरण गरेको छ । कोभिड बिरामी तथा कुरुवालाई लक्ष्यित गरि श्री सुन्दरकाण्ड मित्र मण्डलद्वारा विगत ९ महिनादेखि सञ्चालित खाना खुवाउने अभियान व्यवस्थापनमा थप सहयोगका लागि उक्त रकम हस्तान्तरण गरिएको हो । अञ्जनी रसोइले बीस रुपैयाँमा पेट भर खाना खुवाउदै आएकोछ। कार्यक्रममा जिल्ला समन्वय समिति बाँके अध्यक्ष अजयकुमार श्रीवास्तव, मिसन टु करोड अभियानका राष्ट्रिय सल्लाहकार राकेशबहादुर श्रीवास्तव, केन्द्रीय सदस्य मनोजराजा श्रीवास्तव, चित्रगुप्त समाज बाँके संरक्षकद्वय केवलकृष्ण दास, अनन्तकुमार कर्ण, अध्यक्ष संजय पंकज कर्ण, हिरेन्द्र कर्ण लगायतको उपस्थिति रहेको थियो । समापन सम्बोधन गर्दै चित्रगुप्त सेवा समाज बाँके अध्यक्ष संजय पंकजले सुन्दर काण्ड मित्र मण्डलक...
आयुर्वेद स्वास्थ्य केन्दमा भण्डारी र पोखरेल मनोनित

आयुर्वेद स्वास्थ्य केन्दमा भण्डारी र पोखरेल मनोनित

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ अषाढ - बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा जनकराम भण्डारी र सदस्यमा अछरी पोखरेलाई लुम्बिनी प्रदेश स्तरीय मन्त्रि परिषदको निर्णय अनुसार मनोनित गरिएको छ । विगतमा प्रमुख जिल्ला अधिकारी, स्थानिय निकायका प्रमुख र अस्पताल प्रमुख गरी ३ जना मात्र रहेकोमा २ जना थप गरी कार्यसमितिले पुर्णता पाएको हो ।आयुर्वेद स्वास्थ्य केन्द्रले आज विहिबार मनोनित सदस्यहरुलाई सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । परिचयात्मक कार्यक्रम पश्चात बसेको समितिको पहिलो बैठकले आयुर्वेद अस्पताल भवन निर्माण सम्बन्धमा, कार्यक्रमको जानकारी तथा सञ्चालन सम्बन्धमा नियमित बैठक सम्बन्धमा निर्णय गरेको छ ।समितिको नियमित बैठक प्रत्येक महिनाको ७ गते बस्ने र भवन निर्माण कार्यलाई बहुबर्षीय योजना अन्तर्गत राखी दिनको निम्ति प्रदेश योजना आयोगमा सिफारिस गरिदिन अनुरोध गर्ने निर्णय गरेको छ । आयुर्वेद स...
बेलहरीका छात्राहरुलाई साईकल वितरण

बेलहरीका छात्राहरुलाई साईकल वितरण

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ अषाढ – जानकी गाउँपालिका वडा नं. ५ बेलहरीमा रहेका छात्राहरुलाई विद्यालय जान आउन सजिलो होस् भनी वडाको बजेटमार्फत साईकल वितरण गरिएको छ ।साईकल वितरण कार्यक्रमको आज विहिबार लोकतान्त्रिक विद्यालय प्रा·णमा आयोजना गरी गाउँपालिका प्रमुख रामनिवास यादवमार्फत छात्राहरुलाई हस्तान्तरण गरिएको थियो । साईकल वितरण कार्यक्रममार्फत वडा नं. ५ को बजेटबाट वडामा रहेका विद्यालयहरुबाट छनौट गरी २० जनालाई छात्राहरुलाई साईकल वितरण गरिएको वडा अध्यक्ष रमेशकुमार बर्माले जानकारी गराउनुका साथै कोही छात्राहरु छुटेको अवस्थामा विद्यालयमार्फत सिफारिस साथ वडामा आए थप साईकल उपलब्ध गराउने बताउनुभयो । साईकल पाउने छात्राहरुमा जानकी गाउँपालिका वडा नं. ५ की गायत्री यादव, विजय लक्ष्मी बढही, मालाकुमारी धोबी, रेणुकुमारी काँदु, मोशामी बानो मनिहार, ईश्वरीदेवी कुर्मी, अनुराधा कुर्मी, एलिना खान, सपना बर्मा, आरुसी ...
बाँके रेडक्रसको ५४औं स्थापना दिवस मनाइयो

बाँके रेडक्रसको ५४औं स्थापना दिवस मनाइयो

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ अषाढ – नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५४औ स्थापना दिवस आज विहिबार नेपालगन्जमा मनाएको छ ।दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बाँके शाखाका संस्थापक रेडक्रसकर्मीहरुलाई सम्झदै संकटको घडीमा दिनरात खटि काम गर्ने रेडक्रस स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संस्थागत विकासका लागि जिल्ला कार्यसमिति हरसम्भव प्रयासरत रहेको बताउनुभयो । शाखा कार्यालयमा आयोजित कार्यक्रममा सभापति गोवर्धन सिंह सम्झना, पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा र उपसभापति सुरेन्द्रनाथ सापकोटाले संयुक्तहरुमा केक काटी एकअर्कालाई केक ख्वाएर ५४औ स्थापना दिवस मनाउनु भएको छ । कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायत जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, उपशाखाका प्रतिनिधि र कर्मचारीहरुको सहभागिता ...
“खजुरामा एकल महिलाहरुको लागि वर्षमा २ पटक सम्पूर्ण स्वास्थ्य चेकजाँच”

“खजुरामा एकल महिलाहरुको लागि वर्षमा २ पटक सम्पूर्ण स्वास्थ्य चेकजाँच”

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ३ अषाढ – विकासको गतिमा फड्को मार्दै गरेको खजुरा गाउँपालिकामा हाल ६ सय २१ जना ज्येष्ठ नागरिक तथा एकल महिलाहरु रहेका छन् । प्रत्येक ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई ८ वटै वडाबाट बैकिङ्ग सेवामार्फत नेपाल सरकारद्वारा दिने भत्ता उपलब्ध गराउँदै आईरहेको पालिकाले जनाईएको छ ।खजुरा गाउँपालिका वडा नं. २ मा बसोबास गर्ने ६६ वर्षिय ज्येष्ठ नागरिक र एकल महिला चित्रलेखा दाहालका अनुसार नेपाल सरकारद्वारा उपलब्ध हुने सेवा हामीले समयमा पाईरहेकोले केही हदसम्म भएपनि हाम्रो समस्या समाधान हुने गरेको छ । तर गाउँपालिकाले हामी जस्तो बृद्ध, ज्येष्ठ नागरिकका लागि घर मै व्यवस्था गर्नुपर्ने देखिन्छ । कोभिड–१९ को बन्दाबन्दामा हामीले दिनभरी लाईनमा बस्नु पर्ने बाध्यता रहेको छ । यस्तो अवस्थामा सम्बन्धित बैंकले वा गाउँपालिकाको पहलमा घरमै सेवा उपलब्ध गराउन सके अति राम्रो हुने बताउनुभयो । फाईल फोटो यसैगरी, खजुरा ग...
साउदी सरकारले हजयात्राप्रति लिएको निर्णयको स्वागत गर्दै आग्रीम शुभकामना राष्ट्रीय मदरसा संघ

साउदी सरकारले हजयात्राप्रति लिएको निर्णयको स्वागत गर्दै आग्रीम शुभकामना राष्ट्रीय मदरसा संघ

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, २ अषाढ - मुस्लिम धर्मावलंम्बीहरुकाे महान तिर्थ यात्रा हज गर्नको लागि विश्व भरका मुस्लिमहरु प्रत्येक बर्ष साउदी अरबमा पुगी आफ्नो रीति रिवाज अनुसार हज यात्रा सम्पन्न गर्दै आउने गर्दछन् । तर गत बर्ष विश्वभरमा कोरोना भाइरस महामारीको रुपमा फैलिएको कारण साउदी सरकारले विश्व स्वास्थ्य संगठनले दिएको सुझाव सल्लाहको सम्मान गर्दै गतबर्षमा दस हजार जनालाई मात्रै हज गर्न दिएको थियो । तर यो बर्षमा साउदी अरेबियाले घोषणा गरेको छ कि यस वर्ष विदेशबाट आएका तीर्थयात्रीहरूले हजमा भाग लिन सक्ने छैनन्। यद्यपि यस देशमा रहेका विभिन्न देशका साठी हजार तीर्थयात्रीहरूले हजको अनुष्ठान गर्ने अवसर पाउने छन् । यसभन्दा पहिले, जब कोरोना भाइरसको मुद्दा केही हदसम्म नियन्त्रणमा थियो र विश्वका अधिकांश देशहरूमा पीडितहरूको संख्या द्रुत रूपमा घट्दै गइरहेको थियो, तब साउदी सरकारले घोषणा गर्याे कि यस वर्ष विदेशबाट सीमित स...