Monday, May 4सत्यम खबर
Shadow

सशस्त्र प्रहरीद्वारा ६० हजार बढी मास्क वितरण

नेपालगन्ज, ५ अषाढ – नेपालगन्जको जमुनाह नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ६० हजारबढी मास्क वितरण गरिएको छ । बैशाख २२ गतेदेखि असार ३ गतेसम्मको अवधिमा ६० हजार ५ सय पीस सर्जिकल मास्क वितरण गरिएको सशस्त्र प्रहरीका एसपी अशोककुमार बमले जानकारी गराउनुभयाे ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको मातहत रहेको जमुनाह बिओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले उक्त अवधिमा ६० हजारबढी मास्क, २ सय ७० लिटर सेनिटाइजर, कोभिड विरुद्धका १ हजार १ सय पिस सचेतिकरण पर्चा समेत वितरण गरिएको एसपी बलमे जानकारी गराउनुभयाे ।

स्वास्थ्य मन्त्रालय युनिसेफ, आधार विकास नेपाल र नेपाल रेडक्रसको संयुक्त सहयोग र सहकार्यमा सशस्त्र प्रहरीले ८ सय एन्टिजेट किट, १० पिस गाउन, २ सय ७२ पिस ग्लोब्स र ४९ पीस फेस माक्स समेत वितरण गरिएको बताए । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नेपाल भारत सीमा नाकालाई बन्द गरेको छ ।

नेपालगन्जको जमुनाहसहित देशभर १३ वटा नाका मात्रै खुल्ला छन् । ती नाकाबाट रोजगारको शिलशिलामा भारत पुगेकाहरु धमाधम घर फर्किरहेका छन् । उनीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले स्वास्थ्य सामाग्री वितरण गर्ने गरेको जनाइएकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डिआइजी किशोर प्रधानले नाकाबाट भित्रिने नेपालीहरुबाट भाइरस संक्रमणको जोखिम नफैलियोस भनेर स्वास्थ्य सामाग्री वितरण गर्ने गरिएको जनाउनुभयो ।

भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले नाकाबाट आउने नागरिकहरुको परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *