Sunday, May 31सत्यम खबर
Shadow

आस्था

अवधी भाषी पत्रकारलाई लोगो अंकित प्रेस जाकेट वितरण

अवधी भाषी पत्रकारलाई लोगो अंकित प्रेस जाकेट वितरण

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १ अषाढ – अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बँकेद्वारा आज मंगलबार अवधी भाषी पत्रकारहरुलाई लोगो अंकित प्रेस जाकेट वितरण गरिएको छ ।अवधी पत्रकार संघ नेपाल केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र र संस्थापक अध्यक्ष सूर्यलाल यादवको विशेष उपस्थितिमा अवधी पत्रकार संघ नेपाल जिल्ला कार्यालय फुल्टेक्राबाट अवधी भाषी पत्रकारहरुलाई प्रेस जाकेट वितरण गरिएको जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले जनाउनुभयो । अवधी भाषी पत्रकारहरुलाई समाचार संकलन गर्दा कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ प्रथम चरणमा २० जनालाई विभिन्न सञ्चारमा आबद्ध अवधी भाषी पत्रकारहरुलाई जाकेट वितरण गरिएको केन्द्रिय अध्यक्ष मिश्रले बताउनुभयो । कोभिड–१९ को पूर्ण मापदण्डको पालना गर्ने गरी कार्यालय भित्र सानो कार्यक्रमको आयोजना गरी अवधी भाषी पत्रकारहरुलाई जाकेट वितरण गरिएको अवधी भाषी वरिष्ठ पत्रकार तथा आजको सामन...
बाढी डुबानका लागि पूर्व तयारी गर्दै खजुरा

बाढी डुबानका लागि पूर्व तयारी गर्दै खजुरा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १ अषाढ – खजुरा गाउँपालिका विपत्ति व्यवस्थापन समितिले बाढी र डुबान लक्षित पूर्व तयारी थालेको छ ।किरण, पेडारी, जेठीनाला, र मानखोलाबाट विभिन्न वडामा हुने सक्ने क्षती र प्रभाव बारे अनुमान गर्दै पूर्व तयारी थालेको हो । सूचना प्रणालीको विकास, सरोकारवालाको समन्वयबाट तत्काल उद्दार, राहत, खाना, बस्न र औसधि उपचार लगायतका व्यवस्थापन गर्ने तयारी गरिएको छ ।विपत व्यवस्थापन समितिका संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा मंगलबार समितिको वैठक बसेर सम्बद्ध सदस्यहरुबाट सुझाव लिएको छ । खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्यहरु, योगमाया खनाल, फत्तेकुमारी जैसी, सीता गुरुङ, झुमा योगी, निशार अलि दर्जी, भागीरथ सुनार, खजुरा गाउँपालिका योजना अधिकृत दिल बहादुर पौडेल, खजुरा रेडक्रस अध्यक्ष जीवनाथ सापकोटा, इलाका प्रहरी ध...
युवा संघको एम्वुलेन्सबाट ११३ जनाले लिए सेवा

युवा संघको एम्वुलेन्सबाट ११३ जनाले लिए सेवा

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ अषाढ – युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले सेवा लिएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि सञ्चालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले सेवा लिएकाल हुन् ।युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले सोमबार जानकारी गराउँदै हालका दिनमा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा रहेकाले हाललाई उक्त निशुल्क एम्बुलेन्स सेवा स्थगन गरिएको बताएका छन् । युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले समाजिक संजालमा उक्त कुराको जानकारी गराउँदै लेखेका छन्, युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बैशाख २८ गतेबाट सञ्चालित निशुल्क एम्बुलेन्स सेवाबाट आजको दिनसम्म ११३ जना कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग गरेको जानकारी गराउदछौ ।बाँके ल...
सामाजिक सेवा गर्न विपन्न परिवारको पीडाले उर्जा दिएको छ

सामाजिक सेवा गर्न विपन्न परिवारको पीडाले उर्जा दिएको छ

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जयपती ढकालनेपालगन्ज, १ अषाढ – नेपालमा दोस्रो लहरको कोरोना भाइरस भित्रीय संगै मानव जिवनकष्टकर बन्दै गयो अझै विपन्न परिवार, मजदुरको अवस्था के कस्तो भयो होला सोच्नै सक्दैन अब नेपालगन्जमा भएका काम गरेर खान नसक्ने शारीरिक रुपमा अशक्त घरवार नभएका एक छाक टार्न ध्यौं ध्यौ भएकालाई नेपालगन्जमा उनीहरुको लागि लाल माया शाही महंगो मलम बन्न लाग्नु भएको छ ।नेपालमा व्यक्तिगत वा समूहगत रूपमा सेवा र कल्याणका कार्यहरू परापूर्व कालदेखि नै हुँदै आएको थियो । हुनेले नहुनेलाई, सक्नेले असक्तलाई आवश्यक सहयोग गर्ने, दान दातव्य दिने, पाटी पौवा, पँधेरो, बाटो, घाटो, पुल, चौतारा बनाउने, गुठी राख्ने, धर्म भकारी राख्ने लगायतका कार्य गरी परोपकार गर्ने र परलोक समेत सुधार्ने ध्येय राखिन्थ्यो । लामो समय नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्ज नर्सिङहोममा कार्यरत नर्स लाल माया शाही अहिले सामाजिक सेवामा निरन्तर लागि रहेकी छ्न ...
जनमत त्रैमासिक रक्तदानमा १० जना महिला सहित ४१ जनाले रक्तदान गरे

जनमत त्रैमासिक रक्तदानमा १० जना महिला सहित ४१ जनाले रक्तदान गरे

CoVid19, आस्था, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – जनमत अद्र्ध साप्ताहिकले एस.ओ.एस. युवालय नेपालगन्जको सहकार्यमा विश्व रक्तदाता दिवस–२०२१ तथा ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस र एसओएसका संस्थापक डा. हर्मन माइनरको १०२ औं जन्मजयन्तिको अवसरमा आयोजना गरेको जनमत त्रैमासिक रक्तदान कार्यक्रममा १० जना महिला सहित ४१ जनाले रक्तदान गरेकाछन् । कार्यक्रममा पत्रकार, समाजसेवी, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गर्नु भएको हो ।नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्राविधिक होमराज गिरिलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो । फाईल फोटो जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम” को ४९ औं श्रृङ्खलासम्म करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको जानकारी जनमत सम्पादक पूर्ण ला...
बर्दियामा कोभिड १९ को व्यवस्थापनमा सरकारको भुमिकाप्रति जोड

बर्दियामा कोभिड १९ को व्यवस्थापनमा सरकारको भुमिकाप्रति जोड

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – बर्दिया जिल्लामा कोभिड–१९ को संक्रमणलाई व्यवस्थापन गर्न सरोकारवाला निकायविच भर्चुअल सम्वाद गरिएको छ ।सम्वादका सहभागिहरुले बर्दिया अस्पतालमा विशेषज्ञसहितको चिकित्सक तथा पुर्ण दरबन्दी र प्रविधिसहितको व्यवस्था गरि स्वास्थ्य उपचारको सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै तेस्रो लहरको पुर्व तयारी गनुपर्ने बताएका थिए । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज सोमबार गरेको भर्चुअल सम्वादका सहभागिहरुले कोरोना नियन्त्रणका लागि विभिन्न व्यक्ती तथा संस्थाहरुले प्रचार प्रसारका लागि स्वास्थ्य सामाग्री वितरण गरिएकाले वास्तविक चाहिने गरिब तथा अतिविपन्न नागरिकलाई वेवास्ता गरिएको बताएका थिए ।अहिलेको अवस्थामा बजारमा खाद्यान्न लगायत सामाग्रीमा मुल्यबृद्धि, घरेलु हिंसा जस्ता विभिन्न घटना बढेको र दैनिक मजदुरी गर्ने नागरिकको मानवअधि...
विश्व रक्तदाता दिवसको अवसरमा साप्ताहिक रक्तदान

विश्व रक्तदाता दिवसको अवसरमा साप्ताहिक रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
प्रहलाद विश्वकर्मानेपालगंज ३१ जेष्ठ, ‘रक्तदान गरौं, विश्वलाई चलायमान राखौं’ भन्ने मुलनाराका साथ विश्व रक्तदाता दिवस आज नेपालगंजमा मनाइएको छ ।दिवसका अवसरमा नियमित त्रैमासिक संस्थागत रक्तदाता जनमत अर्धसाप्ताहिक, नेरेसो कोहलपुर उपशाखा, कोहलपुर जेसिस, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर, कोभिड खाद्य बैंक कोहलपुर, कोहलपुर सृजनशिल रक्तदान समूह, र नेपाल भारत मैत्री संघ कोहलपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यसैगरी दिवसको सन्र्दभ परेर साप्ताहिक रुपमा रक्तदान कार्यक्रम भैरहेको छ । साप्ताहिक रुपमा रक्तदान गर्ने निकायहरुमा कसौंधन वैश्य समाज बाँके, साहु समाज समिति बाँके र योङ्ग कम्निष्ट लिग बाँके रहेको छ । उक्त कार्यक्रममा ११ महिला र २ सय ३८ जना पुरुषले रक्तदान गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्र्धन सिंह सम्झनाले रगतको अभावमा कसैक...
कोरोनाबाट त्रस्त नागरिकको हार–गुहार, लकडाउन खुकुलो पारी देउ सरकार

कोरोनाबाट त्रस्त नागरिकको हार–गुहार, लकडाउन खुकुलो पारी देउ सरकार

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
– रमेश चन्द्र कुमालनेपालगन्ज, ३१ जेष्ठ – नोभल कोरोना भाइरस कोभिड–१९ को संक्रमणको कारण २ महिनादेखि निषेधाज्ञा र लकडाउन छ । यस निषेधाज्ञा र लकडाउनको कारण जनताको आर्थिक अवस्था कमजोर बनेको छ । अहिले जनतालाई २ छाक टार्न गाह्रो परी रहेको समय सामाजिक संस्थाहरु गरीब, निरीह र विपन्न वर्गको ज्यान जोगाउन सक्रिय भएका छन् । फाईल फोटो नेपालगञ्ज मुस्लिम समाज, बाँके र गुरुद्वारा कमिटी लगायतले त्यस्ता वर्गलाई खाना उपलब्ध गराउनतर्फ लागेका छन् । सरकारी निकायले यस्ता वर्गलाई राहत दिन कुनै चासो राखेको छैनन् । विगत वर्ष नेपालगञ्ज उमनपाका विभिन्न वडा समितिबा केही खाद्यान्न राहत स्वरुप बाँडिएको थियो यस पटक त्यस्तो कार्य नगरिएकोले नागरिक घरभित्रै भोकभोकै बस्न बाध्य छन् यस कारण अब उनीहरुले हार गुहार गर्न थालेका छन् धेरै भयो सरकार अब निषेधाज्ञा लकडाउन खुकुलो पारी देउ सरकार ।अहिले यही स्थिति छ अधिकांशहरुको कारो...
विभिन्न जनावरको पिसाबबाट उपचार गर्ने परम्परा

विभिन्न जनावरको पिसाबबाट उपचार गर्ने परम्परा

CoVid19, अवधी, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति : २०७८ जेष्ठ ३१ गते– विद्रोही विद्रोही मानव जातिको लागि जनावर धेरै नै उपयोगी छन् यसै कारण मानव शताब्दियौंदेखि जनावरको पालन गर्दै आएको छ । जनावरको मासु मानव शरीरको लागि त्यति फाइदाजनक छैन तर त्यसको दूध र पिसाब धेरै नै फाईदा दिने गर्छ । गाई, ऊंट, बाख्री, गधी, भेडा, चउरी लगायतको दूध अमृत सरह छ । यस कारण दुग्धजन्य पदार्थ पाउन व्यक्ति यी जनावरहरु पालन गर्दै आएका छन् । यी जनावरको मासु त्यति फाइदा नदिएपनि पिसाब धेरै नै लाभकारी छ । रेगिस्तान भएको देशमा ऊँट पाल्ने परम्परा छ ऊंटको दूध धेरै नै राम्रो मानिन्छ यसलाई रेगिस्तानको जहाज पनि भनिन्छ । एक पटकमा यसले सैयौं लिटर पानी आफ्नो शरीरको कुप्रोमा संग्रह गर्छ र पछि यही पानीको सहायताले त्यो महिनौंसम्म रेगिस्तानमा हिँड्छ रेगिस्तान अर्थात बालुवै बालुवा भएको स्थानमा रहने व्यक्ति ऊंटबाट नै एक अर्काे स्थानसम्म पुग्छन् । यसरी यो ऊंट यातायातको प्रमुख...
कोरोना संक्रमणमा स्कूलका छात्र–छात्राको भविष्य अन्यौलमा

कोरोना संक्रमणमा स्कूलका छात्र–छात्राको भविष्य अन्यौलमा

CoVid19, आस्था, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ जेष्ठ ३१ गते– मनोज कुमार कौशल मनोज कुमार कौशल यति बेला सम्पूर्ण विश्व कोरोनाको त्रासदी झेली रहेको छ यस समय विशेषकर स्कूल पढ्ने छात्रछात्राहरुको भविष्य अन्यौलमा पुगेको छ । अहिले मलेशिया जस्तो देशले आफ्नो यहाँ संचालनमा रहेको स्कूल विद्यालय भन्द गरेको छ यस्तै प्रकारको स्थिति भारतमा पनि रहेको छ । छात्र–छात्रामा कोरोनाको संक्रमण नफैलियोस् यसको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष बैठक बोलाई १२ कक्षाको बोर्ड परीक्षा स्थगित गर्न भनेका छन् । जसपछि गुजरात, महाराष्ट, दिल्ली उत्तर प्रदेश लगायतमा त्यस्तो परीक्षा रोकिएको छ । यस्तै स्थिति नेपालमा पनि छ यहाँ २ महिनादेखि लकडाउन छ यसमा स्कूल विद्यालयमा हुने पठन पाठन बन्द गरिएको छ । केही स्कूल विद्यालय मात्र छन् जसले अनलाईनबाट बच्चाहरुलाई पठन पाठन गराई रहेको छ । भर्खरै केही स्कूल विद्यालयले अनलाईनबाट परीक्षा सम्पन्न गरी जेठ २९...