Monday, May 4सत्यम खबर
Shadow

अमर प्रहरी स्मारक उद्घाटन

नेपालगन्ज, ६ अषाढ – जिल्ला प्रहरी बाँकेको कार्यालय परिसरमा नव निर्मित अमर प्रहरी स्मारकको एक कार्यक्रमका बिच उद्घाटन सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका सेनानी नकुल थापा, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक असोक बम, राष्ट्रिय अनुसन्धान निर्देशक नरेन्द्र गिरि लगायत स्मारक निर्माण समितिका पदाधिकारीहरु तथा स्मारक निर्माणमा सहयोग पु¥याउनु हुनेहरु तथा पुर्व प्रहरी, अशक्त प्रहरीहरुको उपस्थित रहेको थियो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले स्मारक निर्माण समितिलाई धन्यवाद दिँदै अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक आवश्यक हुने कुरा समेत ब्यक्त गर्नु भएको थियो ।


कार्यक्रमको अन्त्यमा प्रहरी उपरीक्षक रानाले स्मारक निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यबाद दिँदै सहयोग पु¥याउने महानुभावहरुलाई खादा ओढाई प्रशंसा पत्र समेत प्रदान गरी सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *