
नेपालगन्ज, ३ अषाढ – जानकी गाउँपालिका वडा नं. ५ बेलहरीमा रहेका छात्राहरुलाई विद्यालय जान आउन सजिलो होस् भनी वडाको बजेटमार्फत साईकल वितरण गरिएको छ ।
साईकल वितरण कार्यक्रमको आज विहिबार लोकतान्त्रिक विद्यालय प्रा·णमा आयोजना गरी गाउँपालिका प्रमुख रामनिवास यादवमार्फत छात्राहरुलाई हस्तान्तरण गरिएको थियो ।
साईकल वितरण कार्यक्रममार्फत वडा नं. ५ को बजेटबाट वडामा रहेका विद्यालयहरुबाट छनौट गरी २० जनालाई छात्राहरुलाई साईकल वितरण गरिएको वडा अध्यक्ष रमेशकुमार बर्माले जानकारी गराउनुका साथै कोही छात्राहरु छुटेको अवस्थामा विद्यालयमार्फत सिफारिस साथ वडामा आए थप साईकल उपलब्ध गराउने बताउनुभयो ।
साईकल पाउने छात्राहरुमा जानकी गाउँपालिका वडा नं. ५ की गायत्री यादव, विजय लक्ष्मी बढही, मालाकुमारी धोबी, रेणुकुमारी काँदु, मोशामी बानो मनिहार, ईश्वरीदेवी कुर्मी, अनुराधा कुर्मी, एलिना खान, सपना बर्मा, आरुसी बर्मा, असिया बानो इद्रिसी, अर्चना बर्मा, शान्ति बढ्ही, सहाना बानो दर्जी, सुनिताकुमारी सुनार, रितुकुमारी नाऊ, अन्नु बर्मा, निताकुमारी बर्मा, प्रगति बर्मा रहेकी छन् ।
यसैगरी, जानकी गाउँपालिका वडा नं. ५ बेलहरीमा रहेका विद्यालय, मदरसा, संस्थाहरुलाई जानकी गाउँपालिका वडा नं. ५ को सिफारिसमा प्राप्त आर्थिक सहयोगबाट खेलकुद साम्रागी प्रगतिशिल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बिमलकुमार बर्माबाट समेत वितरण गरिएको थियो ।
खेलकुद सामाग्री पाउनेहरुमा जानकी गाउँपालिका वडा नं. ५ आधारभूत निम्न माध्यमिक विद्यालय गुरुवागाउँका प्रधानाध्यापक सन्ध्या शर्मा, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बनियागाउँका प्रधानाध्यापक रामचन्द्रप्रसाद यादव, नेपाल प्राथमिक विद्यालय बक्सपूर्वा विद्यालय व्यवस्थापन समितिका जाबिर अली मनिहार, मदरसा गुलसने मुस्तफा गुरुवागाउँ, मदरसा मुसुदिया मझहरुउलुम बनियागाउँका बिना भण्डारी, लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँका प्रधानाध्यापक र प्रगतिशिल सामुदायिक सिकाई केन्द्र गुरुवागाउँ रहेका छन् ।
सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामनिवास यादव रहेका थिए भने अन्य अतिथिहरुमा वडाअध्यक्ष रमेशकुमार बर्मा, जुभलकेकार मनिहार, चित्रसेन कुर्मी, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवम् जानकी अध्यक्ष पदम धिताल, रजितराम अहिर, संघीय समाजवादी पार्टीका तिरथराम कुर्मी, नेकपा एमाले माधव पक्षका जगदीशप्रसाद बर्मा, ईलाका प्रहरी कार्यालय प्रमुख जनक बुढा, जनजागरण बहुउद्देश्यीय सहकारीका अध्यक्ष होमराज बर्मालगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन चित्रकुमार तिवारीले गरेका थिए ।





