
नेपालगन्ज, ५ अषाढ – चित्रगुप्त सेवा समाज बाँकेले भेरी अस्पतालमा सञ्चालित अञ्जनी माता रसोइका लागि शनिबार सहयोग स्वरुप एघारा हजार बढी रकम हस्तान्तरण गरेको छ ।
कोभिड बिरामी तथा कुरुवालाई लक्ष्यित गरि श्री सुन्दरकाण्ड मित्र मण्डलद्वारा विगत ९ महिनादेखि सञ्चालित खाना खुवाउने अभियान व्यवस्थापनमा थप सहयोगका लागि उक्त रकम हस्तान्तरण गरिएको हो । अञ्जनी रसोइले बीस रुपैयाँमा पेट भर खाना खुवाउदै आएकोछ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँके अध्यक्ष अजयकुमार श्रीवास्तव, मिसन टु करोड अभियानका राष्ट्रिय सल्लाहकार राकेशबहादुर श्रीवास्तव, केन्द्रीय सदस्य मनोजराजा श्रीवास्तव, चित्रगुप्त समाज बाँके संरक्षकद्वय केवलकृष्ण दास, अनन्तकुमार कर्ण, अध्यक्ष संजय पंकज कर्ण, हिरेन्द्र कर्ण लगायतको उपस्थिति रहेको थियो ।
समापन सम्बोधन गर्दै चित्रगुप्त सेवा समाज बाँके अध्यक्ष संजय पंकजले सुन्दर काण्ड मित्र मण्डलको यो अभियान मानवताको अभियान भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । चित्रगुप्त समाज, कायस्थ जातिको सामुहिक संगठित संस्था हो ।
