कृत्रिम घटना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार सेवा
प्रहलाद विश्वकर्मा,नेपालगन्ज, ११ अषाण - जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा राप्तीनदीमा भएको बाढी कृत्रिम घटना अभ्यासका क्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबाट प्राथमिक उपचार सेवा प्रदान गरिएको छ ।
डुडुवा गा.पा. वडा ४ काम्दीका १० जना व्यक्ति घाँस दाउरा लिन राप्तीनदी पारी गएको र बाढीको सतह बढेपछि घरफर्कन नसके पछि आपत्कालीन कार्यसंचालन केन्द्रमा प्राप्त सूचनाका आधारमा सुरक्षा निकायका उद्धारकर्मीहरुले उद्धार गरेको परिदृष्य देखाइएको थियो यसैगरी हराएका मध्ये १ जनाको मृत्यु भएको दृष्य समावेश गरिएको थियो ।
सुरक्षा निकायका उद्धारकर्मीहरुले उद्धार गरेका सबैजनालाई रेडक्रसका प्राथमिक उपचारक स्वयंसेवकले प्राथमिक उपचार गरी अस्पताल पठाएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक रथि हरेन्द्र पाठक, प्रमुख...









