शिक्षक महासंघद्वारा ज्ञापन-पत्र
नेपालगन्ज, १६ अषाढ - शिक्षकहरुलाई पनि कोरोना विरुद्धको खोप अविलम्ब लगाइनु पर्ने माग गर्दै नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिले ज्ञापन पत्र बुझाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शमसेर राणा समक्ष मंगलबार नगर क्षेत्र भित्रका शिक्षक तथा उमेर पुगेका विद्यार्थीहरुलाई पनि कोरोना विरुद्धको खोपको व्यवस्था गराउन मागसहित उक्त ज्ञापन पत्र बुझाएको हो । कोरोनाको बढ्दो जोखिममा शिक्षक लगातार रहदै आएकोले पेशागत दायित्व निर्वहनमा खोपले थप बल पुग्ने बताउँदै शिक्षकहरुलाई अविलम्ब खोपको व्यवस्थाको माग गरिएको जनाइएको छ ।
नगर अध्यक्ष मनोजराजा श्रीवास्तव तथा सचिव केशवराज शर्माको संयुक्त रुपमा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझाउँदै सो अवसरमा महासंघ केन्द्रिय सदस्यद्वय द्रोण वली, गणेशा कार्की, प्रदेश सदस्य मीना चन्द, नेपाल शिक्षक परिषद बाँके अध्यक्ष बृजेशबहादुर सिंह, नगरसमितिका पदाधिकारी तथा सद...









