Friday, November 22सत्यम खबर
Shadow

स्वास्थ्य स्वयंमसेविकाहरु स्वास्थ्य सामाग्रीसहित समुदायमा सेवा प्रवाह गर्दै

कपिलवस्तु, ९ अषाढ – सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुले ५५ सय ५८ जना महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।
युनिसेफ नेपालको सहयोगमा कपिलवस्तु सहित लुम्बिनी प्रदेशका ६ जिल्ला रुपन्देही, बाके, बर्दिया, दाङ, पश्चिम नवलपरासीका गरि ५९ स्थानिय तहमा रहेका महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको हो ।
कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारमा समुदाय स्तरमा खेलेको भूमिकालाई सम्मान गर्दै थप अझ समुदाय स्तरमा सेवा प्रबाह गर्न सहज होस भन्ने उद्देश्यले सामाग्रीहरु वितरण गरिएको हो । स्वास्थ्य सामाग्री स्वारुप मास्क ,सेनिटाईजर ,साबुन ,फेस शिल्ड र पोषण संग सम्बन्धि सचेताना सामाग्रीहरु वितरण गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले बताउनुभएको छ ।


सम्बन्धित पालिकामा रहेका स्वास्थ्य शाखा संग सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिएको जानकारी गराउनुभयो । कोरोना महामारीका बेला महिला स्वास्थ्य स्वयमसेविकाहरु निरन्तर आफ्नो भुमिका निर्वाह गरिहेका छन् ।
स्वयमसेविकाहरुको हौसला बढाउने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरेको सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले बताउनुभयो । यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा सञ्चालित कोरोना प्रतिकार्य योजना कार्यक्रम अन्तगर्त प्रदेशका बिभिन्न जिल्लामा यस्ता खालका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै गईरहेको संस्थाका कार्यक्रम अधिकृत अजय चौधरीले बताउनुभएको छ ।
यता स्वास्थ्य सामाग्री पाएपछि यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक केन्द्रलाई धन्यावद दिदै महामारीको समयमा स्वास्थ सामाग्री पाएपछि थप राहत मिलेको महिला स्वास्थ्य स्वयमसेविकाहरुले प्रतिक्रिया दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *