Monday, May 4सत्यम खबर
Shadow

खजुरा गा.पा.का कर्मचारी पुरस्कृत

खजुरा, १० अषाढ – खजुरा गाउँपालिकाले वार्षिक रुपमा उत्कृष्ट काम गर्ने कर्मचारी पुरस्कृत र सम्मान गर्ने क्रममा यसपाली पनि विभिन्न शाखामा कार्यरत कर्मचारीलाई पुरस्कृत गरेको छ ।


लेखा अधिकृत प्रदीप सुनार, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, प्राविधिक शाखा प्रमुख सोनु शाह, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, रोजगार प्रमुख प्रतिक्षा न्यौपाने, राधापुर स्वास्थ्य चौकी इन्चार्ज दीपक ढकाल, वडा नं. २ का सचिव ताराप्रसाद अधिकारी, कर संकलन होमबहादुर घर्ती, रनियापुर स्वास्थय चौकी प्रमुख पृथ्वीनाथ योगी, अहेव जीवन यादव, स्वास्थ्य शाखाका संजीव न्यौपानेलाई पुरस्कृत गरिएको छ ।
उनीहरुलाई पालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले नगद पुरस्कारका साथै दोसल्ला ओढाएर सम्मान सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *