Monday, May 4सत्यम खबर
Shadow

जन्मोत्सवको अवसरमा योग समितिद्वारा बृहत रक्तदान

नेपालगन्ज, १० अषाढ – योग समिति नेपाल केन्द्रिय कार्यालय नेपालगन्जले आज विहिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


योग समिति नेपाल केन्द्रिय कार्यालय नेपालगन्ज–२ बाँकेका संस्थापक अध्यक्ष तथा गुरु गिरिराज भट्टराईको शुभजन्मोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ४४ जनाले रक्तदान गर्नु भएको छ ।


भेरी अस्पताल नेपालगन्जको प्राङ्गणमा रहेको प्रादेशिक संचार सेवा केन्द्र नेपालगन्जमा सञ्चालित रक्तदान कार्यक्रम योग समिति नेपाल केन्द्रिय कार्यालय नेपालगन्ज–२ बाँकेका संस्थापक अध्यक्ष गिरिराज भट्टराई, रमेश थारु, सलीम शेष, रहिमत शेष, सुनिल भण्डारी, रञ्जितकुमार नाउँ, सुनिता काफले, निर्मला शाह, बिष्णु थापा, सविता खनाल, मन्दरा शर्मा, लोकमाया सुवेदी, अम्बिका, अरुणकुमार सिंह, आरती गौतम, भिमसिंह पटेल, मेघनाथ ढकाल, जगदीश खत्री, साधना खडका, दिपक ज्ञवाली, बिशाल चौधरी, सुनिता भण्डारी, कमला न्यौपाने, कोपिला पराजुली, सुभाषजंग शाह, सम्राट शाह, रफीक अन्सारी, सुनिता पन्थी, ज्योति प्रकाश पौडेल, शान्ति चौधरी, भैरबबहादुर अधिकारी, सन्दिप रिजाल, अमित पुन, लक्ष्मीप्रसाद थारु, कुमार पोखरेल, विवेक गौतम, मीना, श्याम रिजाल, ब्रम्हराज जोशी, अज्ञा चौधरी, केशव गिरि, विजयसिंह थारु, राजन रानामगर, सन्तोष पौडेल लगायत योग समिति नेपालका पदाधिकारीहरुले रक्तदान गर्नु भएको कार्यक्रम संयोजक शालिराम सुवेदीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *