
नेपालगन्ज, ८ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा गाउँमा रहेको कालीमैइया थानमा अषाढ १० गते बिहिबार दिनदेखि नगर महापुजैइया गर्ने तैयारी पुरा भएको जनाईएको छ ।
कोभिड–१९ कोरोना भाईरसको मारबाट आक्रान्त भएको बाँके लगायत देशभरका मानव समाज रोगबाट मुक्ती दिलाउन उक्त पुजाको आयोजना गर्न लागेको श्री महाकाली पुजैया समितिका अध्यक्ष शिव भारतीले बताउनुभयो ।
वर्षौ पहिले उक्त गाउँमा बसोबास गर्ने बुर्जुगहरुले गाउँका व्यक्तिलगायत देश मै शुख, शान्ति, स्मृति, निरोगितालगायतको प्राप्ती होस भनी श्री महाकाली पुजा गर्दै आईरहेको तर कोभिड–१९ कोरोना भाईरसको कारणले केही समयदेखि उक्त स्थानमा पुजैया नभएकोले अब बाँकेमा कोरोना संक्रमितहरुको अवस्था पहिलाभन्दा हाल कम भएको तथा थप निर्मुल पार्न उक्त पुजैयाको आयोजना गर्न लागेको कोषाध्यक्ष मदनराज शर्माले बताउनुभयो ।
फुल्टेक्रा गाउँमा रहेका बुढापाखाका अनुसार पहिला–पहिला जिल्ला वा देशमा हैजा, कालरा, बिफार र प्लेग जस्ता महामारी रोग लाग्दा हजारौ हजार व्यक्तिको यसबाट मृत्यु हुने गरेको हुन्थ्यो । अतः यस्ता महामारी रोगबाट व्यक्तिलाई छुटकारा मिलोस भनी वार्ड–वार्डका टोलहरुमा काली मैइयाको नगर पुजैया गर्ने परम्पराको थालनी गरिएको स्मरण गराउँदै सचिव बृजेश त्रिपाठीले भन्नुभयो– ‘सोही परम्परालाई आउने पिढिले कायम राख्दै फुल्टेक्रामा श्री महाकाली पुजा (पुजैया) कार्यक्रम सम्पन्न गराउन तयारी पुरा भईसकेको बताउनुभयो ।’
उक्त पुजैया कार्यक्रमको तयारीमा हितेश भारतीको संयोजकत्वमा युवा समिति गठन गरी सम्पूर्ण तयारी पुरा गरिएको कोषाध्यक्ष मदनराज शर्माले जानकारी गराउनुभयो । पुजैया कार्यक्रम सम्पन्न गर्न २१ सदस्यीय मूल समिति गठन गरिएको समितिका उपाध्यक्ष भरतबहादुर बर्माले बताउनुभयो । सोही समिति मार्फत विभिन्न उपसमितिहरु गठन गरी सम्पूर्ण तयारी पुरा गरिएको तथा अषाढ १० गते विहिबारका दिन बिहानबाट श्री महाकाली पुजाको विधिवत शुभारम्भ हुने युवा सदस्य हितेश भारतीले बताउनुभयो ।


