Monday, May 4सत्यम खबर
Shadow

कृत्रिम घटना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार सेवा

प्रहलाद विश्वकर्मा,
नेपालगन्ज, ११ अषाण – जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा राप्तीनदीमा भएको बाढी कृत्रिम घटना अभ्यासका क्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबाट प्राथमिक उपचार सेवा प्रदान गरिएको छ ।

डुडुवा गा.पा. वडा ४ काम्दीका १० जना व्यक्ति घाँस दाउरा लिन राप्तीनदी पारी गएको र बाढीको सतह बढेपछि घरफर्कन नसके पछि आपत्कालीन कार्यसंचालन केन्द्रमा प्राप्त सूचनाका आधारमा सुरक्षा निकायका उद्धारकर्मीहरुले उद्धार गरेको परिदृष्य देखाइएको थियो यसैगरी हराएका मध्ये १ जनाको मृत्यु भएको दृष्य समावेश गरिएको थियो ।

सुरक्षा निकायका उद्धारकर्मीहरुले उद्धार गरेका सबैजनालाई रेडक्रसका प्राथमिक उपचारक स्वयंसेवकले प्राथमिक उपचार गरी अस्पताल पठाएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक रथि हरेन्द्र पाठक, प्रमुख सेनानी नकुल थापा, शसस्त्र प्रहरी उपरिक्षक अशोक बम, उपअनुसंधान निर्देशक नरेन्द्र गिरी, नेरेसोका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी जल तथा मौसम विभाग कोहलपुरका प्रमुख विनोेद पराजुली, विषयगत क्षेत्र अगुवा निकायका प्रमुख र पत्रकार लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *