
नेपालगन्ज, ५ श्रावण – लायन्स क्लब अफ नेपालगन्जले सोमवार नेपालगन्ज स्थित स्वास्तिक कटेजमा भव्यताका साथ पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा पी.डी.जीद्वय मधुसूधन शर्मा (रिजाल), सेम शाक्यको उपस्थिति रहेको थियो । यसैगरी अतिथिका रुपमा सम्पूर्ण लायन्स क्लब आफ नेपालगन्जका पूर्व अध्यक्ष लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सन् २०२०÷२०२१ का अध्यक्ष यज्ञप्रताप राणाले वर्षभरिमा गरेका कार्यहरुको बारेमा प्रकाश पार्दै सन् २०२१÷२०२२ का अध्यक्ष गणेश भण्डारी, कोषाध्यक्ष नर्मदा शाही तथा सचिव यज्ञबहादुर बस्नेतलाई पूर्वअध्यक्ष यज्ञप्रताप राणा, पूर्व कोषाध्यक्ष विष्णुबहादुर श्रेष्ठ तथा पूर्व सचिव यज्ञबहादुर बस्नेत अ–आफ्नो पद हस्तान्तरण गरेका थिए ।

यसैगरी शुभकामना मन्तव्य दिने क्रममा पी.डी.जी.मधूसूदन शमा (रिजाल), पी.डी.जी. सेम शाक्य लगायत अन्य वक्ताहरुले पूर्व समितिले गरेको कार्यको सराहना गर्दै अब आउने नया समितिलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।
यसैबिच पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष यज्ञप्रताप राणाले कोषाध्यक्ष विष्णुबहादुर श्रेष्ठ, सचिवमा यज्ञबहादुर बस्नेत, कार्यालय सचिव दिनेशकुमार श्रीवास्तव सहित पूर्व अध्यक्षहरुलाई सम्मान पत्र सहित खादा ओढाई टिका लगाई सम्मान गर्नुभएको थियो ।

पद हस्तान्तरण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, सदस्य सहित ३२ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव यज्ञबहादुर बस्नेतले गरेका थिए भने समापन २०२१÷२०२२ का अध्यक्ष गणेश भण्डारीले गरेका थिए ।
