Monday, April 20सत्यम खबर
Shadow

नेपालगन्ज मुस्लिम समाज जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता

मनोज कुमार कौशल
नेपालगन्ज, ३ श्रावण – नेपालगन्जमा विगत सात वर्षदेखि सामाजिक सेवा कार्य गर्दै आएको नेपालगन्ज मुस्लिम समाज जिल्ला प्रशासन कार्यालय, बाँकेमा विधिवत दर्ता भएको छ ।
गत हप्ता समाजका अध्यक्ष मो. हकीम हलवाई लगायतका नेपालगन्ज मुस्लिम समाज, बाँकेका पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगी त्यहाँबाट संस्था दर्ता भएको प्रमाणपत्र बुझेका छन् । समाजले २०७७ चैत्र महिनामा आएको कोभिड–१९ को संक्रमण र २०७८ वैशाख महिनाबाट कोरोना संक्रमण बढेपछि त्यसले नेपालगन्जमा गरिब, असहाय, विपन्न वर्गमा खाद्यान्न लगायत राहत वितरण त्यस्तै सशस्त्र प्रहरी, जनपथ प्रहरी र बाटो हिँड्ने सर्वसाधारण बटुवालाई मास्क, सेनिटाइजर र खाजा खुवाई प्रशंसा बटुल्दै आएको छ ।
नेपालगन्ज मुस्लिम समाज विधिवत दर्ता नभएकोले यसलाई दर्ता गराउन संस्थाको विधान तयार पारी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो जसपछि अहिले भर्खरै त्यसले प्रमाणपत्र प्राप्त गरेको छ ।


यस सम्बन्धमा समाजका सचिव मेराज हलवाई हिमालयसँग यस पत्रिकाले जानकारी लिन खोज्दा उनले भने, संस्था विधिवत दर्ता नभएकोले कुनै पनि कार्य गर्न सकिएको थिएन तर अब संस्था दर्ता भएकोले आगामी समय हाम्रो संस्थाले अरु बढचढी ढंगले समाज सेवा कार्य गर्ने छ ।
त्यस्तै समाजका वरिष्ठ उपाध्यक्ष अब्दुल जलील मन्सुरी मुन्नासँग यसबारेमा जानकारी लिँदा उनले भने, हाम्रो संस्था मानवीय सोच राखी समाजसेवा कार्य गर्ने संस्था हो । सात वर्षको अवधिमा हामीले तमाम कार्यहरु गरी देखाएका छौं, यस कोरोना संक्रमणको समयमा जसरी हाम्रो संस्थाले कार्य गरेको छ यसबाट सबैतर्फबाट अपार प्रशंसा प्राप्त गरेकोमा हामीमा अझ जोश जाँगर बढेको छ । आगामी समय समाज सेवा कार्यलाई निरन्तरता दिन सकौं भनि सम्पूर्ण मुस्लिम समुदायसँग आव्हान गरेका छन् ।
प्रमाणपत्र बुझ्न जिल्ला प्रशासन कार्यालय बाँकेमा नेपालगञ्ज मुस्लिम समाजका पदाधिकारीहरु अब्दुल जलील मन्सुरी मुन्ना, हाजी अब्दुल हकीम हलवाई, मुस्ताक अन्सारी, फिरोज वारसी, लुकमान अन्सारी, मो. जियाउल हक हलवाई, मेराज अहमद हलवाई हिमालय, मो. सलीम हलवाई बाबु नेता, इरफान अहमद सिद्दीकी, मो. रहिस हलवाई, मुबारक अली राई, अब्दुल वाहिद हलवाई, मो. सगीर हलवाई, जमील अहमद जसगढ, वकील बोक्सर, शाहिदा शाह वाहिदी, हाजी अनीस अन्सारी, मो. इशहाक सिद्दीकी, शारिक अली सलमानी, नफीस अन्सारी, अब्दुल माबुद बागवान, हाजी रज्जब अली अन्सारी, हाजी शकील जसगढ, फरजन्द हलवाई, हाजी मोबिन हलवाई, करीम खान तथा सत्तार खानलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *