Wednesday, February 4सत्यम खबर
Shadow

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १८ मसिंर – कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक कार्यक्रममा बताइएको छ । कार्यालयमा पुरुषहरुले अपशब्दको प्रयोग, अवाञ्छित, अश्लील, अपमानजनक, यौनिक टिप्पणी, हेराइ, मजाक गर्ने जस्ता क्रियाकलापले महिलाहरु अपमानजनक र असुरक्षित भएको कुरा औलाइएको छ ।

महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीसंग बुधबार गरेको छलफल कार्यक्रमका सहभागिहरुले सचेत महिलाले मात्र अवसर पाउने गरेको बताएका थिए । उनीहरुले नगर कार्यपालिकामा सहभागी महिलाहरु बैठकमा निर्धक्कका साथ बोल्न नसकेको अवस्था रहेकोले महिलाहरुलाई अवसर र सचेतनाको आवश्यकता रहेको बताएका थिए । उनीहरुले स्थानीय तहमा महिला जनप्रतिनिधीहरु नाम र कोटाका लागि मात्र सहभागिता गराउने गरिएकोले महिलालाई सक्षम र सबल बनाउनुपर्नेमा जोड दिइका थिए ।

आर्थिक अवस्था कमजोरले महिलाहरु बढी हिंसामा पर्ने भएकाले उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइएको थियो । सहभागीहले उपमहानगरपालिका कार्यालयमा लैङ्गिक हिंसाका घटना सम्बोधन गर्न जेसी फोकल पर्सनमार्फत हेल्प डेक्सको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य बसन्त कुमार कनोजिया, संगिता रेग्मी, कोशलकुमार धोबी, वरिष्ठ महिला विकास अधिकृत पवित्रा पुरी, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, संस्थाका अध्यक्ष विश्वजित तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, रविन्द्रकुमार ज्ञवाली लगायतले महिलाका विभिन्न सवाल समस्या र समाधानको उपायबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

संस्थाले नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने लैङ्गिक तथा यौैनजन्य दुव्र्यवहार निवारण आचारसंहिता निमार्ण गर्न लागेको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार यो नीति निमार्णका लागि विभिन्न लक्षित समुह तथा अन्य सरोकारवालासंग समेत छलफल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *