Tuesday, February 3सत्यम खबर
Shadow

कृष्णानगरमा बहादुरगंज आँखा अस्पतालको नयाँ सेवा सञ्चालन, मंसिर २६ सम्म निःशुल्क आँखा परीक्षण

कपिलवस्तु, १९ मंसिर – नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगरपालिका–१, कृष्णनगर बजारमा नयाँ व्यवस्थापन सहित ‘आँखा उपचार तथा सर्जिकल सेवा केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ ।

स्थानीय तहमा सहज, गुणस्तरीय र सर्वसुलभ आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यही मंसिर २० गतेदेखि केन्द्रको नियमित सेवा प्रारम्भ हुने छन्द (काले बाबू) नारायणी आँखा अस्पताल, बहादुरगञ्जका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।


सेवा प्रारम्भसम्बन्धी नेपाल नेत्रज्योति संघका आजीवन सदस्य नसरुल्लाह खान, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, अस्पताल प्रशासन प्रमुख डा.शमशेर थापा, वरिष्ठ प्रशासक जसराज विश्वकर्मा तथा सूचना अधिकृत बन्तुराम खड्काद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।

नवसञ्चालित सेवा केन्द्रमार्फत आँखा उपचार, परामर्श सेवा, नियमित परीक्षण तथा आवश्यक सर्जिकल सेवा उपलब्ध हुने छ । विशेषतः मोतीबिन्दु लगायतका जटिल आँखाका रोगहरूको प्रारम्भिक परीक्षण पूर्णरूपमा निशुल्क हुने नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए ।

मंसिर २० देखि मंसिर २६ गतेसम्म निःशुल्क आँखा परीक्षण तथा मोतीबिन्दु रोगी सूचीकृत अभियान सञ्चालन गरिनेछ । आवश्यकता अनुसार रोगीलाई बहादुरगञ्ज आँखा अस्पतालमा रेफर गरी सर्जिकल उपचार उपलब्ध गराइने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा.शमशेर थापाले बताएका छन् ।

सेवा तथा कार्यक्रमसम्बन्धी थप विवरणका लागि छन्द (काले बाबू) नारायणी आँखा अस्पताल, बहादुरगञ्जमा सम्पर्क गर्न सकिने अस्पतालका सूचना अधिकारी बालाराम खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *