Friday, December 19सत्यम खबर
Shadow

नरैनापुरमा शिक्षाको बेतिथी बिरुद्ध युवाहरु आन्दोलित

नरैनापुर, १७ मंसिर – नरैनापुरका सामुदायिक बिद्यालयहरुमा भईरहेको लापरवाही, बेथिती बिरुद्ध नरैनापुरका युवाहरु आन्दोलित भएका छन् । आन्दोलनमा उत्रिएका युवाहरु नरैनापुर शिक्षा र स्वास्थय बाहेक सम्पुर्ण सेवा र यातायात अवरुद्ध गरेको बताएका छन ।

आन्दोलनकारीहरुले आज पहिलो दिन नरैनापुर–नेपालगन्ज सडकखण्डको कोहला नजिक ३ घण्टा सम्म सवारी साधन रोकेर बाटो अवरुद्घ गरेको आन्दोलनमा सहभागी नरैनापुर–६ का युवा नेता हेमकुमार यादवले बताए । यादवका अनुसार ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको अनुरोधमा ३ घण्टा पश्चात् अवरुद्ध बाटो खोलेको र आज सांझ बैठक बसेर भोली देखिको योजना सार्वजनिक गर्ने बताए ।

आन्दोलनकारीहरुले युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण कुमार चौधरीको शरुवा गर्नु पर्ने, गाउँ शिक्षा समिति खारेज गर्नु पर्ने, बिद्यालयहरुमा कक्षा १ देखि ८ सम्म लागू हुने स्थानिय पाठ्यक्रमको किताब यथासिघ्र बिद्यार्थी हरुलाई उपलब्ध गराउनु पर्ने, स्थानिय पाठ्यक्रम निर्माणमा भएको खर्च सार्वजनिक गर्नु पर्ने, कक्षा १–५ सम्म मापदण्ड अनुसार को दिवाखाजा दिनुपर्ने, हरेक बिद्यालयमा खानेपानी, सौचालय, फर्निचरको उचित ब्यवस्थापन गर्नु पर्ने मांग राखेका छन ।

यस्तै गरि हरेक आधारभुत बिद्यालय र माध्यामिक बिद्यालयहरुमा बिषयगत शिक्षकको पुर्ति गर्नु पर्ने, खेलकुद प्रशिक्षक र खेलकुद सामानको प्रबन्ध गर्नु पर्ने, कार्यअवधि सकिएका बिद्यालय ब्यवस्थापन समितिहरुको तत्काल निर्वाचन तोकिनु पर्ने, एउटै पदमा कार्यरत रहेर फरक तलब सुबिधा लिईरहेकाहरुको खोजतलास गरि समान पद समान ज्याला निर्धारण गर्नुपर्ने लगायत मांग रहेको आन्दोलनमा सहभागी अर्का स्थानीय बिनय दिक्षितले बताए ।

दिक्षितका अनुसार माध्यामिक बिद्यालयमा कार्यरत एउटै पद लेखापालको तलब बिद्यालय अनुसार कसैको १८ हजार कसैको २५ हजार त कसैको ५१ हजारसम्म समेत रहेकोले एउटै पोष्ट, तहका कर्मचारीहरु बिच मनमुटाव सृजना भई अदालतमा मुद्दा समेत दर्ता भएको छ । जसका कारण कर्मचारीहरुमा निरासा, बितृष्णा उत्पन्न भई विद्यालयको कामकाजमा समेत असर परिरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *