Monday, May 4सत्यम खबर
Shadow

युवा मञ्चद्वारा खाद्यान्न वितरण

नेपालगन्ज, ३ जेष्ठ – कसौधन वैश्य समाज युवा मञ्चद्वारा खाद्यान्न वितरण कार्यक्रम आजबाट शुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संकटको बेला सहयोगी मनहरुबाट गरिएको यस्तो खाले खाद्यान्न वितरण कार्यक्रममार्फत नेपालगन्जका मजदुर, गरीब वर्गहरुलाई सहयोग पुगेको बताउनुभयो ।


कोभिड–१९ कोरोना भाईरसको चैन ब्रेक गर्न स्थापना प्रशासनबाट पटक–पटक गरी गरिएको निषेधाज्ञालाई ध्यानमा राखी कोही गरिब मजदुर घरपरिवारहरुलाई भोकै रहन नपरोस भनी १ सय १ जनालाई १ हजारका दरले खाद्यान्न वितरण गर्न शुरु गरिएको युवा मञ्चका अध्यक्ष आदित्य गुप्ताले बताउनुभयो ।


कोभिड–१९ को पूर्ण पालना गर्दै स्थानीय सम्बन्धित निकायका जिल्ला प्रमुख शिवराम गेलाल, जिल्ला प्रहरी प्रमुख ओमबहादुर राना, कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष घनश्याम वैश्य तथा कसौधन वैश्य समाज युवा मञ्चका पदाधिकारीहरुको रोहबरमा आज सोमबार खाद्यान्न वितरण कार्यक्रमको शुभारम्भ गरिएको युवा मञ्चका अध्यक्ष गुप्ताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *