Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

मंगलबारकाे हावाहुरीले १० लाख बराबर क्षति

मंगलबारकाे हावाहुरीले १० लाख बराबर क्षति

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिका जयसपुरसँगै जाेडिएकाे जानकी गाउँपालिका वडा नं. १ मा रहेकाे फार्ममा मंगलबार ११ गते करीब ४:३० बजे आएकाे हावाहुरीले लाखाै बराबरकाे नाेक्सानी भएकाे छ । जानकी गाउँपालिका वडा नं. १ पचपाेखरामा रहेकाे अलि बाख्रा पालन, अलि पाेल्ट्री फार्म, अलि माछा पालन र अलि फ्रेस हाउसमा मंगलबार आएकाे हावाहुरी पुरै फार्म तहसनहस भई १० लाख रूपियाँ बराबर नाेक्सानी भएकाे सकिल अहमद राईले जनाएका छन् । स्थानियवासी तथा सत्यमखबरका सम्वाददाता राईका अनुसार उक्त फार्ममा रहेका माजीद कबडिया उर्फ गुल्ले कबडियलाई गम्भीर चोट लागेकाे हुँदा उपचारका लागि उनलाई भारतकाे बहराईचमा लगी परिवारले उपचार गराईरहेको जनाएका छन् । उक्त फार्ममा रहेकाे १५ सय कुखुराकाे चल्ला पुर्णरूपमा नष्ट हुनुका साथै फार्म समेत हावाहुरीले पुर्ण क्षतिग्रस्त भएकाे जनाएका छन् ।...
पन्चसिलद्वारा फुड बैंक सञ्चालन

पन्चसिलद्वारा फुड बैंक सञ्चालन

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको विषम परिस्थितिबाट गुज्रिरहेको नेपालगन्जमा फुड बैंक सञ्चालन गरिएको छ ।लायन्स क्लब अफ पन्चसिल नेपालगन्जद्वारा सञ्चालन गरिएको फुड बैंकद्वारा नेपालगन्ज भित्र रहेका गरिब, मजदुर, विपन्न वर्गहरुका लागि चामल, दाल, नून, आलु र खाने तेल उपलब्ध गराउने पन्चसिलका अध्यक्ष भावना सापकोटाले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाद्वारा बागेश्वरी मन्दिर भित्र रहेको बौद्ध बिहारमा विधिवत उद्घाटन गरि आजबाट फुड बैंकको सञ्चालन गरिएको पन्चसिल क्लबका उपाध्यक्ष कृष्णादेवी पाण्डेयले बताउनुभयो । फुड बैंक उद्घाटन कार्यक्रममा बौद्ध बिहारका गुरुआमा यसोधरा, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमाल, पन्चसिलका सदस्य रमेश कुमाल, दैनिक नेपालगन्जका झलक गैरे, सत्यमखबरका चन्द्रेश्वरराज त्रिपाठी लगायतको सहभागितामा स्वास्थ्य स...
अन्जनी माता रसोईलाई भट्टराईको सहयोग

अन्जनी माता रसोईलाई भट्टराईको सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – सहयोगी मनका धनीहरुलाई पनि सहयोगको लागि विभिन्न बहाना चाहिन्दो रहेछ, कसैले जन्मदिनको नाममा, कसैले आमाबुवाको नाममा, कसैले छोराछोरीको नाममा सहयोग गर्ने गरेका छन् । यस्तो सहयोगी हातहरुलाई म सलाम गर्छु, भनी अन्जनी माता रसोई घरका सञ्चालक जितेन्द्रसिंह ठाकुरले भन्नुभयो– ‘सहयोगी हातहरुले जुन सुकै मौका भएपनि सानो वा ठूलो सहयोग गरि मानवीय सेवामा समर्पित भएको भावना दिएका छन् ।’ त्यसमा यो वा त्योभन्दा पनि उनले मानवीय सेवा गरेकोप्रति म सलाम गर्छु ।’ भनी बताउनुभयो । आज सोमबार काठमाण्डौ बस्ने सृजना भट्टराईले आफ्नो जन्मदिनको अवसरमा कसैलाई सहयोग गरौं भनी कोहलपुरमा रहेको नवजीवन केन्द्रमार्फत अन्जनी माता रसोई घरलाई भेरी अस्पताल परिसरमा रहेका बिरामी, कुरुवाहरुका लागि फलफुल तथा अण्डा सहयोग गरेका छन् । त्यसैगरी उनले पठाएको नगद ४० हजार मध्ये अन्जनी माता रसोई घरका लागि १...
दोस्रो वार्षिक उत्सवमा आर्थिक सहयोग

दोस्रो वार्षिक उत्सवमा आर्थिक सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा योग समिति नेपालेले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग गरेको छ । सोमबार बिहान भेरी अस्पताल परिसरमा योग समितिका कोषाध्यक्ष अम्बिका कोइरालाले महासंघको एम्बुलेन्स खरिदका लागि ५ हजार १ सय बराबरको चेक प्रदान गरेको हो । योग समितिका अध्यक्ष गिरिराज भट्टराई लगायत पदाधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य भिष्म लोधलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । पत्रकार महासंघको एम्बुलेन्स खरिद सामाजिक कार्य भएकाले सहयोग गरिएको अध्यक्ष भट्टराई बताउनुभयो ।यस्तै सो अवसरमा योग समितिले अस्पताल परिसरमा संचालित अन्जनी माता रसोई घरलाई ३५ पेटी पानी प्रदान गरेकोे छ । समितिका अध्यक्ष भट्टराईले रसोई घरका संचालक जितेन्द्रसिंह ठाकुरलाई पानी हस्तान्तरण गर्नुभएको थियो । सहयोग गरेकोप्रति...
२४ लाखबढिको स्वास्थ्य सामाग्री हस्तान्तरण

२४ लाखबढिको स्वास्थ्य सामाग्री हस्तान्तरण

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – बाँके जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि भेरी वातावरणीय बिशिष्टता समूह (बि–ग्रुप) बाँकेले २४ लाख बढिको स्वास्थ्य तथा सरसफाईका सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।बाँकेमा कोभिड महामारी नियन्त्रणका लागि आइतबार बि–ग्रुपले बाँकेले २४ लाख ६१ हजार ६ सय ६१ रुपैया मुल्य बराबरको स्वास्थ्य तथा सरसफाईका सामाग्री बाँकेका प्रमुख जिल्ला अधिकारी एव जिल्ला विपत ब्यवस्थापन समिति, बाँकेका अध्यक्ष शिवराम गेलाललाई हस्तान्तरण गरेको हो । युकेएडको आर्थिक सहयोगमा सेफ द चिल्डेन कन्सोर्टियम अन्तर्गत केयर नेपालमार्फत बि–गु्रपका सचिव टेकबहादुर पुन र निर्देशक डम्वर सुनार सो सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।सो स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत ब्यवस्थापन समिति, बाँकेका अध्यक्ष गेलालले विपतको बेलामा बि–ग्रुपले कोभिड शुरुवाती चरणदेखि नै बाँकेमा स्वास्थ्य...
अवधी पत्रकार संघलाई आर्थिक र स्वास्थ्य सामाग्री सहयोग

अवधी पत्रकार संघलाई आर्थिक र स्वास्थ्य सामाग्री सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ जेष्ठ – कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले पत्रकारिता क्षेत्रलाई समेत प्रभाव पारेको छ । कोभिड संक्रमित अवधी भाषी पत्रकारलाई चिकित्सकसहितको निशुल्क सेवा, तथा स्वास्थ्य परामर्श सेवा र कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गका लागि अवधी पत्रकार संघ नेपालले व्यवस्थापन गरेको छ ।यसैक्रममा कोभिड संक्रमणका बेला नेपालगन्जको त्रिभुवन चोकस्थित क्वालिटी केक एण्ड बेकरीले अवधी पत्रकार संघ नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बेकरीका प्रोप्राइटर सुरेश बर्माले आज शुक्रबार संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई नगद रु २१ हजार सहयोग हस्तान्तरण गर्नुभयो ।हस्तान्तरणका क्रममा केन्द्रीय महासचिव गुरुमुरत यादव, केन्द्रय सदस्य भरतकिशोर बैश्य र जिल्ला उपाध्यक्ष नन्दलाल शाहुको उपस्थिति रहेको थियो । प्राप्त भएको रकमलाई ...
कुर्मी वर्माद्वारा अन्जनी माता रसोईलाई खाद्यान्न सहयोग

कुर्मी वर्माद्वारा अन्जनी माता रसोईलाई खाद्यान्न सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ जेष्ठ – कोरोना भाईरस (कोभिड–१९) को संक्रमितहरुको लागि साँझा बिहान खानाको व्यवस्था गर्दै आईरहेको मित्र मण्डल सुन्दरकाण्डद्वारा सञ्चालित अन्जनी माता रसोई घरलाई मानवीय कार्यमा समर्पित सहयोगी हातहरुको सहयोगको क्रम जारी रहेको छ । “कुर्मी वर्मा सहयोगी हात बाँके” द्वारा अन्जनी माता रसोई घरलाई आज शुक्रबार खाद्यान्न सहयोग गरिएको जानकारी गराउँदै कुर्मी वर्मा समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले आजबाट अन्जनी माता रसोई घरलाई सहयोग गरी शुभारम्भ गरिएको छ । आउने दिनमा सहयोग कार्यलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।कुर्मी वर्मा सहयोगी हात बाँकेद्वारा जीरा मसिनो चामल ५ क्वीन्टल, अरहर दाल ५० किलो, पिठो ५० किलो, आलू १ क्वीन्टल, तोरीको तेल १० लिटर, आयोडिन नून २० पोका, गुड (भेली) ४० के.जी. र खानेपानी ५० पेटी (अक्षरेपी ६० हजार बराबर) भेरी अस्पताल प्राङ्गणमा सञ्चालित रहेको अन्जनी माता रस...
सहसम्पादक काफ्ले “अब्राहम कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित

सहसम्पादक काफ्ले “अब्राहम कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ जेष्ठ - विश्व वन्यजन्तु कोष (WWF) नेपालद्धारा हरेक वर्ष वन्य जन्तु तथा बाताबरण संरक्षणमा उत्कृष्ट कार्य गरेवापत व्यक्ति विशेष वा समुहलाई प्रदान गरिने "अब्राहम कन्जरभेसन अवार्ड २०२१ पचास हजार नगद रासीसहित नेपालगन्ज १९का हरित अभियानता हेमन्तराज काफलेले पाएका छ्न् ।बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने, आफ्नो हरित सोच साकार पार्न साथीभाईलाई निशुल्क रुपमा विरुवा उपहार दिने गर्छ्न हरित अभियन्ता काफ्ले ।उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे, कर्ण साक्य, बरिष्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम, जामुन, ...
नगरकोट रेडक्रसद्वारा एम्बुलेन्स चालकलाई सम्मान

नगरकोट रेडक्रसद्वारा एम्बुलेन्स चालकलाई सम्मान

CoVid19, आर्थिक, आस्था, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ४ जेष्ठ – नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले “नामलाई हैन कामलाई सम्मान” भन्ने बिचार पछ्याउँदै एम्बुलेन्स चालक रुपचन्द्र हुमागाईंलाई सम्मान गरेको छ ।बिगत आठ महिनादेखि नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको एम्बुलेन्स चालकको रुपमा कार्यरत हुमागाईंले यस्तो कोभिडको समयमा पनि दिनरात नभनी चौबीसैं घण्टा भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रेका जनतालाई सेवा प्रदान गरिरहनु भएको छ । नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्का,सचिब श्रीराम लामिछाने, कोषाध्यक्ष हरिशरण लामिछाने, सहसचिब मनोज गिरी तथा बिपद व्यवस्थापनका संयोजक बिजय लामिछानेले संयुक्त रुपमा रु.५०००।– नगद सहित हुमागाईंलाई सम्मान गर्नु भएको थियो ।कार्यक्रममा नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्काले यस्तो महामारीको समयमा हुमागाईंले गर्नुभएको कामको सम्मान र उहाँलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको...
भेरी अस्पताललाई माइती नेपालले दियाे स्वास्थ्य सामाग्री

भेरी अस्पताललाई माइती नेपालले दियाे स्वास्थ्य सामाग्री

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ जेष्ठ - माइती नेपाल नेपालगन्जले भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ । कोरोना संक्रमित जटिल अवस्थाका बिरामीहरुको उपचार केन्द्र रहेको भेरी अस्पताललाई मंगलबार अस्पताल परिसरमा उक्त स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिको नगरपालिका स्तरीय संरक्षण बिषयगत क्षेत्र समन्वय समिति मार्फत उपमेयर उमा थापा मगरले अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल, समितिका सदस्य सचिव एंव अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापालाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको थियो । माइती नेपाल नेपालगन्जका केशव कोइरालाका अनुसार कोरोना महामारी नियन्त्रण तथा बिरामीहरुको उपचारमा खटिएका अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन यो सामान प्रदान गरिएको हो । अस्पताललाई माइती नेपालले प्रदान गरेको स्वास्थ्य सामाग्री प्रयाप्त त छैन, ...