महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल
नेपालगन्ज, २३ अषाढ – महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगन्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगन्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख डा. धवलशम्शेर राणाले साईकल हस्तान्तरण गर्नुभयो ।यसबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगर कै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको नगर प्रमुख राणाले बताउनुभयो ।
३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु ६० वर्ष उमेर पुरा भएका कारण असारपछि अवकाश पाउने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताउनुभयो ।...









