Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

सुन तस्करी प्रकरण : गोरेलाई जन्मकैद, ४८ जनाले सफाइ पाए

सुन तस्करी प्रकरण : गोरेलाई जन्मकैद, ४८ जनाले सफाइ पाए

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १९ असोज –जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरण र मोरङका सनम शाक्यको हत्या मुद्दामा गोरे भनेर चिनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश भरत लम्लासको इजलासले गोरेसहित ८ जनालाई दोषी ठहर गरेको छ भने बाँकी ४८ जनाले सफाइ पाएका छन् ।
हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि अन्तिम संस्कार गर्न कठिनाई

हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि अन्तिम संस्कार गर्न कठिनाई

CoVid19, अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, १८ असोज – नेपालगन्ज उमनपा ८ नं. वडा बुलबुलिया गाउँ नजीक रहेको हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि त्यहाँ दिवंगतहरुको अन्तिम संस्कार गर्न कठिनाई परेको छ । नेगउमनपा ८ वडा समिति कार्यालयले हिन्दु शम्शान भूमिमा अन्तिम संस्कार कार्य गराउन आवश्यक रहेको काठ सर्वसुलभ ढंगले उपलब्ध गराउन शैलेन्द्र जोशी पण्डालाई नियुक्त गरेको थियो । अहिलेसम्म शम्शान भूमिमा काठ न्यूनतम मूल्यमा उपलब्ध गराउने कार्य भई रहेको थियो । तर भाद्र महिनादेखि त्यहाँ काठको अभाव भएको छ जसको कारण दिवंगत भएका परिवार सदस्य मृतकको अन्तिम संस्कार गर्न बाहिरबाट चर्काे मूल्यमा काठ खरीद गर्न बाध्य बनेका छन् । शम्शान भूमिमा अहिलेसम्म रु. १ हजारमा ५ क्विन्टल काठ उपलब्ध गराउने कार्य भइ रहेको थियो तर अब काठको अभाव भएपछि बाहिरबाट खरीद गर्दा १२ सय रु. प्रति क्विन्टलमा काठ खरीद गर्नु पर्ने बाध्यता छ । काठ अभावक...
मुस्लिम कब्रिस्तानको विवाद चरममा

मुस्लिम कब्रिस्तानको विवाद चरममा

CoVid19, अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ असोज – नेगउमनपा ४ नं. वडा सल्यानीबाग नजीक रहेको मुस्लिम कब्रिस्तानको विवाद अहिले चरममा पुगेको छ । केही दिन अगाडी देखि यो विवाद बाहिर आएको हो, केही महिनाअघि मुस्लिम कब्रिस्तानको उत्तरतर्फको पर्खाल अग्लो पारी त्यस कब्रिस्तानको पछाडि रहेको जमिन प्लटिंग गरिएको थियो । कब्रिस्तान पछाडि रहेको जमिन प्लटिंग गर्ने क्रममा कब्रिस्तानको पर्खाल जुन कि एक प्रकारले एल आकारको थियो त्यसलाई भत्काई नयाँ पर्खाल खडा गर्दा ३ मीटर जति कब्रिस्तानको जमिन हराएको थियो । यसै कारणले यहाँ अहिले मुस्लिम कब्रिस्तानको विवाद चरममा पुगेको छ ।कब्रिस्तानको दक्षिणतर्फ राप्ती पथ जाने मूल सडकको उत्तरपट्टी विगत समय करीब ५४ वटा पसल निर्माण गरिएको थियो । यो पसल निर्माण गराउने उद्देश्य एउटा मात्र थियो कि पसलबाट उठेको भाडा रकम गरीब निर्धन मुस्लिमलाई सहयोग गर्दै कुनै गरीब परिवारको मुस्लिमको छोरा छोरीको बिहे हुँदा त्यसमा र...
चीनमा नियन्त्रण र सन्तुलनको संयन्त्रको अभाव

चीनमा नियन्त्रण र सन्तुलनको संयन्त्रको अभाव

आर्थिक, बिचार, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य
मिति २०७८/०६/१७ गतेचिनियाँ सरकारको पछिल्लो अभियानको मुख्य समस्या घोषित उद्देश्यमा होइन, बरु तिनलाई सञ्चालन गर्ने प्रणालीमा छ । किनकि, चीनमा नियन्त्रण र सन्तुलनको संयन्त्रको अभाव छ ।चिनियाँ सरकारले देशका ठूला कर्पोरेसनहरू विरुद्ध कारबाही चलाइरहेको छ । यो कारबाही पछाडि के बृहत्तर उद्देश्य हुन सक्छ ? वा, यो शुद्धीकरण अभियानले चीनको आर्थिक रणनीतिलाई सघाउँछ ? चीनले कम्तीमा पनि १५ वर्षदेखि उसको निर्यात तथा स्थिर–सम्पत्ति लगानी आधारित अर्थिक वृद्धिलाई घरेलु उपभोग वृद्धिमार्फत पुनर्सन्तुलित गर्ने प्रयास गरिरहेको छ । अमेरिका र अन्य मुलुकसँग सम्बन्ध बिग्रँदै गएदेखि चीनलाई घरेलु उपभोग वृद्धिको आवश्यकता झन् टड्कारो बनेको छ ।चीनले घरेलु बजार वृद्धि गर्न सक्यो भने एकातर्फ उसको निर्यातमाथिको निर्भरता घट्छ । अर्कोतपर्फ, विदेशी फर्मका लागि चिनियाँ थप आकर्षक बन्न सक्छन्, जसले चीनको रणनीतिक क्षमता वृद्धि गर्...
चिनियाँ ऋणको पासोमा बर्बाद हुँदै कैयौं देश

चिनियाँ ऋणको पासोमा बर्बाद हुँदै कैयौं देश

CoVid19, आर्थिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डाै, १५ असोज - चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का कारण न्यून तथा मध्यम आय भएका मुलुकहरू अर्बौं डलर बराबर ‘अदृश्य ऋण’को भार बोक्न बाध्य भएका छन् ।हालै गरिएको एक अनुसन्धानले बीआरआईका कारण कैयौं मुलुकहरू झण्डै ३८५ अर्ब अमेरिकी डलर बराबरको ‘अदृश्य ऋण’ बोक्न बाध्य भएको देखाउँछ ।उक्त अनुसन्धानले केही वर्षदेखि राष्ट्रपति सी जिङ फिङको विदेश नीतिसँग सम्बन्धित कैयौं मुलुकको वित्तीय दायित्वबारे सुनियोजित रुपमै अपूर्ण विवरण पेश गरिएको देखाउँछ । यसले गर्दा ‘अदृश्य ऋण’ बढ्न पुगेको वा सरकारहरूले पछि तिर्न बाध्य हुने तर लुकेको वित्तीय दायित्व बढ्न गएको छ ।भर्जिनियास्थित कलेज अफ विलियम एण्ड म्यारीको अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र एडडाटाद्वारा प्रकाशित नयाँ रिपोर्टमा उक्त निष्कर्ष निकालिएको हो ।अध्ययनका क्रममा सन् १९९९ देखि २०१७ को अन्त्यसम्म १६५ मुलुकमा सञ्चालित ८...
नेपाल र भारतीय अधिकारी बैठकमा पुनर्निर्माण परियोजनाहरूको समीक्षा

नेपाल र भारतीय अधिकारी बैठकमा पुनर्निर्माण परियोजनाहरूको समीक्षा

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डाै, १५ असाेज - भूकम्पपछिको पुनर्निर्माण परियोजना सम्बन्धी नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपिएमसी) मा पुनर्निर्माण परियोजनाहरूको समीक्षा भएको छ । भारतीय विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा काठमाडौंमा बिहीबार बैठक सम्पन्न भएको हो ।बैठकमा भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको बृहत् समीक्षा भएको छ । आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाह...
भारत नपसे चुलो नबल्ने अवस्था

भारत नपसे चुलो नबल्ने अवस्था

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
धनगढी, १४ असोज – ‘गाई चर्ने बनेली पाखा, भैंसी चर्ने लेकम कोपिला घरै छाडी, कसरी जाऊँ देश’ मुगलान पस्नेहरूको लाममा बसी डोटेली भाकाको यही गीत गुनगुनाइरहेका थिए २६ वर्षीय भरत ताम्राकार। यो गीतले बाध्यतामा परी परदेश जानेहरूको पीडा व्यक्त गरेको छ। यसमा कोपिला अर्थात् स–साना छोराछोरी छाडेर कसरी पर्देसिने भन्ने आशय पाइन्छ।यो पीडा भरत मात्रै होइन, थुप्रै युवाको हो। जो दसैंलगायत चाडबाड आउने बेला मुगलान जान बाध्य छन्। अहिले सोह्र श्राद्ध चलिरहेको छ। यो सकिनेबित्तिकै दसैंको रमझम सुरु हुन्छ। घटस्थापना अर्थात् नवरात्र असोज २१ गते आरम्भ हुँदैछ। राजधानीतिर पढ्न गएका र परदेश गएकाहरू दसैं मनाउन घर फर्किन थालेका छन्। नेपाल–भारत सीमा नाका गौरीफन्टामा एकाबिहानै भारतबाट फर्किनेको लर्को देख्न सकिन्छ। तर, साँझको समयमा त्यत्ति नै संख्यामा भरतजस्ता नेपाली भारत पसिरहेका छन्। भरतको घर कैलालीको गोदावरी नगरपा...
चिनमा व्यापक भ्रष्टाचारका कारण, परिवर्तन सरकार नीति

चिनमा व्यापक भ्रष्टाचारका कारण, परिवर्तन सरकार नीति

CoVid19, आर्थिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १४ असोज – चीनमा अहिले विश्वकै धेरै अर्बपति त छन् तर अझै करोडौं चिनियाँ मासिक रूपमा मुस्किलले १ हजार युआनको कमाइमा निर्भर रहेको अवस्था पनि छ ।चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकको आर्थिक उपलब्धिलाई थप समतामूलक बनाउन भन्दै ‘साझा समृद्धिको नीति’ प्रस्तुत गरेपछि चीनभित्र र बाहिर विभिन्न बहस, टिप्पणी एवं चासो व्यक्त भएका छन् ।यो नीतिका समर्थकहरूले साझा समृद्धिको मार्गले चिनियाँ समाजलाई आर्थिक, सामाजिक एवं न्यायिक किसिमबाट उत्तम बनाउने तर्क गर्छन् भने यसका आलोचकहरूचाहिँ चिनियाँ पुँजीपति एवं धनाढ्य व्यवसायीहरूलाई निरुत्साही गर्ने हुँदा चिनियाँ अर्थतन्त्रका लागि पश्चगामी कदम हुने दाबी गर्छन् । चीनको राजनीतिक इतिहासमा नेतृत्वद्वारा प्रस्तुत साझा समृद्धिको नीति नयाँ त पक्कै होइन, तर विश्व अर्थतन्त्रले यतिखेर अप्ठ्यारो अवस्थाको सामना गरिरहेकै बेला चीनले किन साझा समृद्धिको नीति प्रस्तुत ग¥य...
भारत सरकारले पाँच करोड अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता

भारत सरकारले पाँच करोड अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काभ्रे, १४ असोज – भारतीय सहयोगमा काभ्रेका विभिन्न ठाउँमा निर्माणसम्पन्न भएका ६ वटा विद्यालयको बुधबार उद्घाटन भएको छ । पूर्वसूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा, भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–१ का सांसद गंगाबहादुर तामाङ तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले विद्यालयहरूको संयुक्त उद्घाटन गरेका हुन् ।भारत सरकारको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत ६ वटा विद्यालयहरू १९ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण भएका हुन् । उद्घाटन कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा सरोकारवालाहरू सहभागी थिए । नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्डअन...
भारत सरकारको आर्थिक सहयोगमा ५ स्थानिय तहमा राहत बितरण

भारत सरकारको आर्थिक सहयोगमा ५ स्थानिय तहमा राहत बितरण

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
महोत्तरी, १२ असोज – नेपाल भारत महिला मैत्री समाजले महोत्तरी जिल्लाको विभिन्न ५ स्थानीय तहमा राहत बितरण गरेको छ । भारत सरकारबाट प्राप्त सहयोग नेपाल भारत महिला मैत्री समाजले एक कार्यक्रमकोबीच उक्त स्थानीय तहका करिव एक सय बाढीपहिरो पीडित घर परिवारलाई राहत बितरण गरिएको हो । मटिहानी, बलबा, जलेश्वर, एकदाढा र लोहपट्टि लगायत स्थानीय तहका पीडितहरुलाई स्थानीय प्रतिनिधिको उपस्थितिमा राहत बितरण गरिएको थियो । त्यस्तै बिपद ब्यबस्थापनमा खटिने सुरक्षा निकायका लागि २० थान टेन्ट जिल्ला प्रशासन प्रमुखलाई हस्तान्तरण गरेका थिए । करिव ५० लाख मुल्य बराबरको अस्थायी बसोबासका लागि सामग्री रहेको सांसद चौधरीले बताइन । राहत पीडित परिवारसम्म पुग्ने उनले बिश्वास ब्यक्त गरिन । नेपाली जनताको दुखमा जहिले पनि भारत सरकार सहयोग गर्दै आइरहेको स्मरण गर्दै अहिले पनि सहयोग गरेको बताउदै उनले धन्यवाद ब्यक्त गरिन । महोत...