
काठमाण्डौ, १९ असोज –जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरण र मोरङका सनम शाक्यको हत्या मुद्दामा गोरे भनेर चिनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश भरत लम्लासको इजलासले गोरेसहित ८ जनालाई दोषी ठहर गरेको छ भने बाँकी ४८ जनाले सफाइ पाएका छन् ।
