Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

रेडपाण्डाको छालासहित एक पक्राउ

रेडपाण्डाको छालासहित एक पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २३ असाेज - दुर्लभ वन्यजन्तुको छालासहित बाँकेमा एक जना पक्राउ परेका छन् । जाजरकोट भेरी नगरपालिका वडा नं. १ का २८ वर्षीय मनिराम सुनार रेडपाण्डाको छालासहित पक्राउ परेका हुन् । दुर्लभ वन्यजन्तुको छालाको कारोबार भईरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई शनिवार बिहान ५ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बुद्ध मन्दिर नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
चिनियाँ सामग्रीको भन्सार परिक्षणमा तिब्रता

चिनियाँ सामग्रीको भन्सार परिक्षणमा तिब्रता

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
रसुवागढी, २३ असोज – नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्र रूपमा अगाडि बढाइएको हो ।दैनिक रूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवं धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।चीनबाट आयात भएका सामग्री कन्टेनरबाट पूरै बाहिर निकाली परीक्षण गर्ने गरेको र नीति, नियमले परिभाषित गरेबमोजिम नियमानुसार शुल्कवापतको राजस्व असुली हुँदै आएको छ । व्यापारीले बडादसैँलाई के...
चीनको नाका कडाईले दशैंमा भेडा च्याङ्ग्राको मूल्य आकाशियो

चीनको नाका कडाईले दशैंमा भेडा च्याङ्ग्राको मूल्य आकाशियो

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
बेनी, २३ असोज – दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडा च्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडा च्याङ्ग्रा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडा च्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा भेडा च्याङ्ग्रा निकासी हुँदै आएका थिए ।निकासी भएका सबै भेडा च्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले संख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडा च्याङ्ग्रा निकासी भएका छन्,’ उनले भने । पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मा...
डा. श्रेष्ठ दम्पत्तिद्वारा एम्बुलेन्सका लागि ५१,१११ सहयोग

डा. श्रेष्ठ दम्पत्तिद्वारा एम्बुलेन्सका लागि ५१,१११ सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ असोज – नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरीद अभियानमा विभिन्न व्यक्तिगत तथा संस्थागत दाताहरुबाट सहयोग संकलन कार्य जारी छ । सोही क्रममा नेपाल पत्रकार महासंघ, बाँकेको पत्रकारहरुका लागि एम्बुलेन्स कार्यक्रमका लागि हाल बेलायतका बस्ने नेपालगन्ज निवासी चिकित्सक दम्पत्तिले सहयोग गरेका छन् ।महासंघले आज आयोजना गरेको एक कार्यक्रम बीच वरिष्ठ सर्जन डा. रामकुमार श्रेष्ठ र स्त्री रोग विशेषज्ञ डा. निर्मला श्रेष्ठले वरिष्ठ पत्रकार पूर्णलाल चुके मार्फत् रु.५१ हजार एक सय एकको चेक एम्बुलेन्स खरीद गर्नका लागि सहयोग स्वरुप महासंघका अध्यक्ष दामोदर भण्डारीलाई हस्तान्तरण गर्नु भएको छ । सो अवसरमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, महासंघका अन्य पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति थियो ।महासंघका शाखा सचिव कमल डाँगीले दिनु भएको जानकारी कोरोना...
भारतीय रेल काठमाडौंसम्म आउने, दिल्लीमा भयो सम्झौता, द्रूत गतिमा अघि बढ्यो काम

भारतीय रेल काठमाडौंसम्म आउने, दिल्लीमा भयो सम्झौता, द्रूत गतिमा अघि बढ्यो काम

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ असोज – प्रस्तावित रक्सौल–काठमाण्डौ ब्रोड गज रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ गर्ने सम्बन्धमा नेपाल र भारतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।असोज २० देखि २१ गतेसम्म नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त कार्यदलको पाँचौ बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकमा उक्त सम्झौता पत्रमा दुई देशका पदाधिकारीले हस्ताक्षर गरेका हुन् । बैठकमा जगनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीडर्स’मा समेत हस्ताक्षर भएको छ ।काठमाण्डौस्थित भारतीय दूताबासले प्रस्तावित रक्सौल–काठमाण्डौ ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने जनाएको छ । (नेपालपाना)...
चीनले नाकामा लत्ताकपडा रोकेकोले दशैंमा महँगियो भाउ

चीनले नाकामा लत्ताकपडा रोकेकोले दशैंमा महँगियो भाउ

CoVid19, आर्थिक, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ असोज – विजयादशमीको बेलामा बाँकेको नेपालगन्जमा हाल जुन गतिले चहलपहल हुनुपर्ने हो त्यस अनुसार नभएको नेपालगन्जबासीहरुको भनाई रहेको छ ।नेपालगन्जबासीका अनुसार यसपटक विजयदशमीमा कपडा खरिद बिक्रीमा समेत ग्रहकहरुको अभाव खट्किएको पाईन्छ । गत वर्ष यस बेला दशैंमा ग्रहकको भिडलाई थेक्ने नसक्ने अवस्था भएपनि यस पटक त्यस्तो नभएको बताएका छन् । यसैगरी, दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा राम्रो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ । तर मूल्यचाहिँ गत बर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको उनीहरुले बताए ।खासगरी नेपालगन्जको त्रिभुवन चौक, घरवारीटोल, न्यूरोड क्षेत्रमा भिडभाड हुने गरेको थियो भने काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायतका क्षेत्रमा आउने ग्राहकहरुले पनि लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो ...
प्रथम बागेश्वरी कपकाे उपाधी रोयललाई

प्रथम बागेश्वरी कपकाे उपाधी रोयललाई

CoVid19, आर्थिक, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २१ असाेज - प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक रोयल नेपालगन्ज फुटबल क्लवले जितेको छ । न्यू डाँफे स्पोर्टस क्लवलाई २–० गोलले पराजित गर्दै रोयलले उपाधी जितेको हो । प्रतिस्पर्धात्मक खेलमा रोयलले ५८ मिनेटमा विभुषण केसीको गोलबाट अग्रता लिएको थियो । डीएरिया बाहिरबाट हानेको फ्रिकिक बललाई न्यू डाँफेका किपर प्रकाश बुढाले समात्न नसकेर फुस्काएपछि केसीले गोल गरेका थिए । एक गोल लागेपछि न्यू डाँफेले रणनीति परिवर्तन गरेको थियो । मेन डिफेन्स खेलिरहेका कृष्ण रानाभाट अगाडि बढेका थिए । त्यसको फाइदा रोयलले उठायो । रोयलले १० मिनेटपछि नै अर्को गोल थप्यो । रोयलका यमबहादुर बुढाथोकीले ६८ मिनेटमा गोल गरे । प्रतियोगिताका अन्य खेलमा आक्रमक खेल खेलेको न्यू डाँफेले फाइनलमा त्यस्तो प्रदर्शन गर्न सकेन । उसले पोष्ट चार्ज गर्न नै सकेन । फाइनल खेलको म्यान अफ द म्याच विभुषण केसी भए । उनलाई ...
जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्यय र मदिरा नष्ट

जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्यय र मदिरा नष्ट

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
जानकी, २१ असाेज - बाँकेको जानकी गाउँपालिकाले चाडपर्वको समयमा हुन सक्ने मूल्य वृद्धि तथा कालो बजारीलाई मध्यनजर गरी बजार अनुगमन गरेको छ । बिहीवार गाउँपालिकाको वडा नं. ६ स्थित पिप्रहवा बजारमा अनुगमन गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका उपभोग्य वस्तु, अखाद्यय तेल, दर्ता नगरेरै मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गरेको पाईएको उहाँले बताउनुभयो । पिप्रहवास्थित खुद्रा किराना एण्ड खाद्य स्टोर, प्रमोद गुप्ता स्टोर एण्ड सप्लायर्स, सुवोध स्टोर र रौनक जनरल स्टोरमा अनुगमन गर्दा १४ हजार २ सय ११ बराबरको म्याद गुज्रेको खाद्यय पदार्थ र अनुमति नलिईकिन बिक्री वितरणको लागि राखिएको ४ हजार बराबरको मदिरा र सुर्तीजन्य पदार्थ जफत गरेर नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्या...
पाकिस्तानीको आतंक नेपालमा : एकको अपहरण, २ पक्राउ

पाकिस्तानीको आतंक नेपालमा : एकको अपहरण, २ पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २१ असोज – पाकिस्तानी नागरिकले क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर ललितपुरले जेसन मोहम्मद र ताज रजवाजलाई पक्राउ गरेको हो । यी दुवै जना पनि पाकिस्तानी नागरिक हुन् । प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् । उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।...
गन्दर्भ, गाईन र बादी समुदायका २०० महिलालाई फ्रिडम किड ब्याग वितरण

गन्दर्भ, गाईन र बादी समुदायका २०० महिलालाई फ्रिडम किड ब्याग वितरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ असोज - बाँकेको कोहलपुर नगरपालिकाको गन्दर्भ समुदाय र बैजनाथ गाँउपालिकाका गाईन र बादी समुदायका २०० जना महिलालाई फ्रिडम किड ब्याग वितरण गरिएको छ । बास नेपाल नेपालगन्ज र फ्रिडम किड ब्याग्सको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित गन्दर्भ समुदाय र बैजनाथ गाउँपालिका वडा नम्बर १ र २ मा रहेका गाईन र बादी समुदायका महिलाहरुलाई उक्त किड ब्याग बितरण गरिएको हो । अल्पसंख्यक तथा लोपोन्मुख उक्त समुदायका महिलाहरुलाई महिनावारी र प्याडको प्रयोगका बिषयमा जानकारी गराउने र सामाग्री बितरण गर्ने उद्धेष्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महिनावारी र प्याड प्रयोगका बिषयमा किड ब्याग्स काठमाण्डौंकी निर्मला श्रेष्ठले महिलाहरुलाई अभिमुखिकरण गरेकी थिईन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा भएको कार्यक्रममा गन्दर्भ समुदायका अध्यक्ष सुशीलकुमार बैगार, वडा नम्बर ११ का अध्यक्ष कर्णबहाद...