अवधी भाषीको पहिचानको मुद्दालाई उठान गर्दै समाज जागरण तथा सत्यमखबरको वार्षिकोत्सव भब्यरुपमा सम्पन्न
नेपालगन्ज २९ भाद्र – समाज जागरण साप्ताहिक तथा सत्यमखबर डटकमले आफ्नो वार्षिकोत्सव भब्य रुपमा मनाएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थित आफ्नै कार्यालयमा भब्यता साथ समाज जागरण साप्ताहिकले आप्mनो १५ वार्षिकोत्सव नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।प्रमुख अतिथि चौलागाईले समाज जागरण साप्ताहिकलाई साँस्कृतिक पहिचान दिन तथा अवधी भाषामा पत्रिकालाई रुपान्तरण गर्न सकेको अवस्थामा अझ राम्रो हुने बताउँदै अवधी भाषाको संरक्षण गर्न तर्फ कुनै संघ संस्था अगाडी बढेको देखिदैन । अवधी भाषाको संरक्षण गर्नतर्फ कोही अगाडी आए महासंघ मार्फत सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा विशिष्ट अतिथि राकेशकुमार मिश्राले अवध क्षेत्र भएको हुँदा हाम्रो दायित्व उसलाई संरक्षण गर्ने भएको हुँदा हामी त्यसतर्फ १...









